‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
अहिलेका कथित् बुद्धिजीवी, शिक्षित र अभियन्ताहरूले अङ्ग्रेजी शब्दलाई त महत्व दिएका छन् नै । त्यसपछि थाहै नपाइकन भए पनि बरु संस्कृत शब्दलाई समेत केही महत्व दिएका होलान् । तर, नेपाली शब्दलाई भने हेय र अपमानजनकरूपमा लिने गरेको पाइन्छ । यस्तै प्रवृत्तिको हावा लागेर कतिपय विद्यालयमा राष्ट्रभाषा नेपाली बोल्नसमेत नपाइने संसारमै नभएको नियम बनाइएको छ । केही हप्ताअघि पूर्वी नेपालको एउटा विद्यालयमा एकजना विद्यार्थीले नेपाली बोलेका कारण शिक्षकले, “नेपाली बोल्छस् ?” भन्दै पिटेको कुरा समाचारमा आएको थियो । एकातिर ठूलाबडा र शिक्षितले नै नेपालीको सट्टा अङ्ग्रेजी शब्द प्रयोग गर्न रुचाउने र विद्यालयले नै नेपाली बोल्न निषेध गरेपछि सामान्य र अशिक्षित जनताले पनि त्यसको सिको घरपरिवारमा गरेर ‘सभ्य’ र ‘इज्जतिला’ बन्ने नै भए । त्यसैको परिणामस्वरूप आजकल– ड्रिङ्क गर्ने भन्यो भने इज्जतदार भइन्छ, रक्सी पिउने मान्छेचाहिँ खत्तम हुन्छ । सञ्चारमाध्यमहरूले त बरु ‘आप्रवासी’ प्रकाशन गर्छन् । तर, साहित्यकारहरूलाई ‘डायस्पोरा’ नै रुचिकर लाग्छ । हामीलाई अङ्ग्रेजीको ‘फिमेल’ वा ‘वुमन’ दुवैलाई संस्कृतका ‘नारी’, ‘स्त्री’ चाहिन्छ । तर, नेपालीमा ‘आइमाई’ भन्दा अपमानजनक शब्द बोलेको ठानिन्छ । संस्कृतको ‘पत्नी’ त स्वीकार्य नै छ । तर, नेपालीमा त यसको सट्टा ‘ममी’ नै सर्वत्र आइसक्यो ! अस्ति तीजमा मात्र ‘कुकुरनाच’ नाचे, अघिपछि ‘डान्स’ गर्छन् । कोहीकोही नृत्य पनि गर्लान् । अब त खाजाभन्दा ‘ब्रेकफास्ट’ खानेहरू बढे । रमाइलो त के छ भने काठमाडौँको रिङरोडलाई चक्रपथ भन्यो भने महाराजगञ्जमात्रै बुझ्ने गरिन्छ । अचेल खेल खेल्नै छोडियो, ‘गेम’ नै बढी खेलिन्छ ।
हामी पहिलाका पुस्ताचाहिँ पाउरोटी खाने, बुटजुत्ता, क्यापटोपी, स्यान्डिलचप्पल लगाउनेवाला प¥यौँ । अब त थालमा होइन प्लेटमा खाने, खाजा खान खाजाघर होइन ‘होटल’ वा ‘रेस्टुराँ’ जाने चलन बढेको छ । हामीलाई ‘गुरु’ भन्दा अपमान गरेजस्तो लाग्छ भने ‘सर’ भन्दा खुब सम्मान गरेजस्तो लाग्छ ।
भाषा यसरी ‘विकसित’ हुँदै छ । भाषिक शुद्धताका कुरा ग¥यो कि चिल्न आउने बारुला, अरिङ्गालहरू धेरै हुन्छन् । यही गतिमा संस्कार–संस्कृति बग्दै छ र आधुनिक र सभ्य बन्ने नाउँमा धमाधम मौलिकता फ्याँकिदै छ । यस्तो किन भइरहेछ ? भाषाप्रेमीहरूले फेरि पनि चिन्ता गरून् !
Leave a Reply