रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, १८ भदौ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औँ वार्षिक साधारणसभाको शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्रै सीमित हुन नहुने बताउनुभयो । सहकारी संस्थाको आर्थिक कारोबारहरू पारदर्शी भएन भने सहकारीका सदस्यहरूको संस्थाप्रतिको विश्वास घट्दै जाने सम्भावना रहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थाहरू अमेरिकी साम्राज्यवादको हतियारको रूपमा अगाडि बढिरहेको छ भन्नुभयो ।
एमसीसी सम्झौता नेपाल कब्या गर्ने नीतिले आएको बताउँदै प्रमुख प्रजापतिले ठ्ूलो माछाले सानो माछालाई खान्छ भनेझैँ विदेशी लगानी भएका बैङ्क तथा संस्थाहरूले नेपालका ससाना संस्थाहरूलाई ओझेलमा पार्ने बताउनुभयो ।
सहकारी संस्थाहरू आर्थिक लेनदेनमा मात्र सीमित रहे हामी सुसंस्कृत नहुने बताउँदै उहाँले आर्थिक रूपबाट आत्मनिर्भर नभएको देश राजनीतिक रूपबाट स्वतन्त्र नहुने बताउनुभयो । नागरिकता विधेयक नेपालको हितमा नरहेको प्रस्ट पार्दै प्रमुख प्रजापतिले राष्ट्रपतिले सैनिक शासन लागू गरी देशलाई जोगाउने कदम चाल्नुपर्ने बताउनुभयो । एनआरएलाई द्वैध नागरिकता दिने प्रावधानले देश विदेशीको हातमा जाने खतरा रहेको औँल्याउँदै उहाँले भक्तपुरलाई संसारकै हेर्नलायक सहरको रूपमा विकास गर्ने उद्देश्यले भक्तपुर नपाअगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सहकारी सिद्धान्त र मूल्य मान्यतामा चलेका सहकारी दिगोरूपमा सञ्चालन हुने बताउँदै भक्तपुर नगरभित्रका अधिकांश सहकारी संस्थाहरूमा आर्थिक नियमितता र सदस्यको हितमा सञ्चालित छन् भन्नुभयो ।
त्यस्तै भनपा वडा नं. ४ का निवर्तमान वडाध्यक्ष कुमार चवालले सहकारीको आयव्यय प्रस्तुत र सहकारी आर्थिक अवस्था सदस्यहरूलाई अवगत गराउन साधारणसभाको आयोजना हुने बताउँदै संस्थाका सञ्चालक र कर्मचारीहरूबीच समन्वय र सहकार्यको आवश्यकता रहने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् लक्ष्मी साकोसका अध्यक्ष युवक राजभण्डारीले लक्ष्मी साकोसले हरेक वर्ष आफ्ना शेयर सदस्यहरूका लागि सहयोग र सेवाका कार्यहरू गर्दै आएको बताउँदै संस्थाको वृत्ति विकासमा स्थानीय तहको निर्देशन पालना, सहकारी निकायको मार्गनिर्देशनको अनुसरण, सदस्यहरूको अटुट विश्वास र कर्मचारी तथा शुभचिन्तकहरूको साथ र सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला साकोसका उपाध्यक्ष हरि बल्लले शुभकामना मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव राजाराम धौभडेलले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
सोही समारोहमा प्रमुख अतिथि प्रजापतिले संस्थाका सदस्यका छोराछोरीलाई २०७८ सालको एसईईको परीक्षाका उत्कृष्ट ३ जना विद्यार्थीलाई प्रमाणपत्र र नगद पुरस्कार र ५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुभएको थियो ।
Leave a Reply