भर्खरै :

वडा नं १० द्वारा निःशुल्क मधुमेह र दन्त शिविर

भक्तपुर, १८ भदौ । भक्तपुर नगरपालिका वडा नं १० को आयोजनामा कमलविनायक बक्सिङ हलमा शनिबार मधुमेह र दन्त शिविर सञ्चालन भयो ।
शिविरको पहिलो सत्रमा स्वास्थ्यसँग सम्बन्धित विषयको छलफल तथा जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा जननिर्वाचित पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले मधुमेह र दन्त शिविरले रोग पहिचान भई जीवन बचाउन सक्ने विचार व्यक्त गर्दै सुगरले दाँत, आँखा र कलेजोलगायत शरीर बिगार्ने बताउनुभयो ।
भक्तपुर वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य विस्तारित रूप ख्वप अस्पताल बनेको र जिल्लाका सबै जनतालाई स्वास्थ्य सेवा दिन लागिपरेको बताउनुभयो ।
उहाँले सबैले स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्नुभयो ।
ख्वप अस्पतालका दन्त विशेषज्ञ डा. त कंसाकारले सुगर र दन्त रोग एक अर्कामा परिपूरक भएको बताउँदै दाँतको दुखाइमा समेत सुगर परीक्षणको आवश्यकताबारे जानकारी दिनुभयो ।
वडा सदस्य तारा शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्यमा भक्तपुर नगरपालिकाले गरिरहेको कामबाट जनताले सहजरूपमा फाइदा पाउने भन्नुभयो ।
शिविरमा दाँत परीक्षणमा ३ वर्षदेखि ७२ वर्षसम्मका ६१ जना र सुगर परीक्षणमा २२ वर्षदेखि ७९ वर्षसम्मका ८५ जना सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *