भर्खरै :

नाक, कान, घाँटी र आँखा शिविर सम्पन्न

नाक, कान, घाँटी र आँखा शिविर सम्पन्न

भक्तपुर, १८ भदौ । भनपा वडा नं. २ को आयोजनामा नाक, कान, दाँत र आँखा शिविर सम्पन्न भयो ।
उक्त शिविरमा भनपाका उप–प्रमुख रजनी जोशीले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण एवं पुनःनिर्माण क्षेत्रमा भनपाले अग्रणी भूमिका खेल्दै आइरहेको बताउनुभयो । जनतामा स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन १०० शय्याको ख्वप अस्पतालको निर्माण भएको उल्लेख गर्दै उहाँले भक्तपुरको शैक्षिक उन्नयन र प्रगतिको लागि थप कलेजहरू स्थापना गर्दै लाने बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालयको सम्बन्धन प्राप्त नभएसम्म निरन्तर प्रयास गरिरहनु आवश्यक भएको चर्चा गर्नुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखी समयअनुकूल विविध शिविरहरू गर्दै आइरहेको जानकारी दिँदै हाल सरुवा रोगहरू डेङ्गुलगायत कोभिड–१९ फैलिरहेकोले सबै जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महिला तथा स्वास्थ्य संयोजक मन्जु लाखाजुको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा राजन जति र श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।
ख्वप अस्पताल च्याम्हासिंह र सामुदायिक आँखा केन्द्रको संयुक्त प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा आँखामा २६५ तथा नाक, कान र घाँटीमा १५३ जना गरी जम्मा ४१८ जना स्थानीय बासिन्दाहरूले सेवा प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *