भर्खरै :

पैसो पस्यो राजनीति खस्यो

चुनाव वास्तवमा देश र जनताको निम्ति पार्टी कति खटेको छ त्यो नापो लिने राम्रो अवसर हो । अघिपछि सधैँ पार्टी जनताको निम्ति खटिएको हुन्छ तर जनताले कसरी हेरेको छ कार्यकर्तालाई त्यो थाहा पाउने नापो हुँदैन । परन्तु, निर्वाचन त्यो नापो हो जनताले कसरी मूल्याङ्कन गरेका छन् भन्ने । त्यो नै सर्वस्व भने होइन । चुनावलाई पैसाले, खर्चले यताउति पार्ने भयानक खतरा छ । यदि राजनीतिलाई सेवामा मात्र केन्द्रित गर्ने हो भने त्यो त्यति खतरा पार्ने होइन । आजको पैसामा नै सबैथोक छ भन्ने एउटा भ्रमले धेरै काम गरेको छ । धेरै मान्छेहरूको परिचालन पैसाले नै गर्छ भन्ने छ । वास्तवमा त्यो सर्वसत्य होइन । हो, एउटा समाज छ जसलाई पैसो नै सबैथोक हो भन्ने भ्रम छ । त्यो पनि सबै सत्य होइन । तर, के सत्य हो भने अरु केहीले पनि गर्न नसकेको काम पैसोले गर्छ । त्यतिमात्र बुझेकाहरू संसारमा धेरै छन् र त संसार यसरी चलेको छ । पैसा नै सबै थोक हो, छ पैसा सबै मेरा छैन पैसा सबै टेढो भन्ने हेराइ भएका मान्छे धेरै छन् वास्तवमा ¤ यो सर्व सत्य भने होइन । धेरै पैसा भएकाहरू पनि सुखी छैनन् । त्यो धेरै पैसाले दुःखी परम दुःखी बनाएका मान्छे पनि छन् । तर, जे जति जसरी व्याख्या गरे पनि पैसा सबै थोक होइन तर पैसाको सन्दर्भमा पैसा सबैथोक हो पनि होइन पनि । संसारका सबैभन्दा धनी दम्पतिले घर्कँदो उमेरमा आएर पारपाचुके गरे । के सन्देश दिन्छ यो घटनाले दुनियाँलाई ?
फेरि त्यही आउला ?
म कुरा गर्दै थिएँ आउँदो चुनावको तर कलम पैसोतिर सोझिएछ । चुनाव एउटा त्यस्तो परीक्षा हो जसमा धेरै मान्छे चिप्लन्छन् । पैसो कम खर्च गर्ने पनि विजयी हुन्छन् तर धेरै खर्च गर्ने पराजित हुन्छन् । खैर यो विषय छोडौँ । अब जनताको चेतना त्यो बिन्दुमा पु¥याउनुप¥यो जुन बिन्दुमा पुगेपछि जनताले पैसा केही होइन चेतना सबैथोक हो भन्ने ठम्याइन्छ । तसर्थ, यो राजनीतिलाई पैसामुखी होइन सेवामुखी बनाउने दिशातिर सम्पूर्णरूपमा लाग्नुप¥यो । चुनाव पैसाको तुजुक देखाउने अवसर होइन सेवा देखाउन पाउने अवसरको रूपमा केन्द्रित गर्नुप¥यो । देश र जनता नै केन्द्रबिन्दु हो । काम गरिखाने जनताको निम्ति आफूलाई समर्पित गर्न सक्यो भने जनताले पत्याउँछ । नत्र संसार कहाँ टिक्थ्यो र अहिलेसम्म । चुनाव सर्वस्व होइन । एउटा मान्यता स्थापित गर्नुपर्छ चुनावले । हिजोसम्म जनता भन्ने वस्तु थाहा नपाउनेहरू आज जनताको नजिक हुन खोजेका छन् । जनता भनेको केही हो रहेछ भन्ने भएका छन् । यो एउटा विषय हो । चुनावलाई आफ्नो हुँदाको निम्ति प्रयोग गर्न उठेको एउटा पक्ष छ । हिजो एउटा ज्यूँदो मजदुरलाई दनदनी बलिरहेको आगोको भुङ्ग्रोमा जबरजस्ती हाल्न लगाएर आफ्नो हुँदो गर्ने मान्छेको अनुहारको राक्षस पनि आज जनताको सेवा गर्छु भनी उभिन खोज्दै छ । जनता कथं त्यतातिरको लहरमा उभिएला । त्यसो भयो भने के होला ? एकपल्ट सोच्नुपर्ला ।
तात्नुको विकल्प नै छैन
हामी कतिले चुनाव हा¥यौँ जित्यौँ त्यस्तो ठूलो महिमा रहेन । तर ज्यूँदो मजदुरलाई आगोको भुङ्ग्रोमा हाली मार्नेलाई फेरि सत्ता पुग्ने परिपञ्च दोहोरियो भने अनौठो हुन्छ । त्यो चुनाव हुन्छ कि हत्याको लाइसेन्स हुन्छ । एकपल्ट गम्भीर हुनुपर्ला । एकथरी मान्छेले आउँदो निर्वाचनलाई हलुका घटनाको रुपमा लिएका छन् । तर, त्यसरी हलुकारूपमा लिँदा एकथरीका लागि त कालमात्र हुँदैन महाकाल नै पो त हुनपुग्छ । पार्टीहरूले – जो सत्ताका भोका छन् चुनावलाई जीत–हारको रुपमा मात्र लिएका छैनन् । पुरानो शोषण, दोहन, उत्पीडन र आफ्नो आधिपत्य पुनः कायम गर्ने अवसरको रूपमा लिएका छन् । त्यस्ताले धन–बल–छल–बल र करबललाई प्रयोग गरेर पुनः सत्ता कब्जा वा कायमै राख्नु जे पनि गर्न तयार छन् । तसर्थ, कामदार वर्ग निर्वाचन सके जित्नै नसके पनि नहार्ने प्रयत्न भन्ने गर्नैपर्छ । यो सन्देश काम गरिखाने विशाल जनताले बुझ्नुपर्छ । अन्यथा, भ्यागुतो कान्लामुनिको कान्लामुनि नै परिरहन्छ जति उफ्रे पनि । तसर्थ, आसन्न निर्वाचनलाई हलुका रूपमा होइन गम्भीर रूपमा लिनु जरुरी भन्ने सल्लाह हो मेरो । सायद, बुद्धिमानी पनि त्यही होला । गाउँ–गाउँ, टोल–टोलमा चनाखो हुनु परम आवश्यक भइसकेको छ । तपाईँ काम गरी खाने चूपो लागे ऊ उता हेर्नोस् त काम गराएर शोषण गर्नेहरू तातिसके । तपाईँ नचल्नु भनेको अर्ध आत्मसमर्पण हुन आउँछ । तसर्थ, तात्नुको विकल्प नै छैन ।
पैसो पस्यो अनि बिग्रियो ।
नेपालको राजनीतिमा पैसा पस्यो । राजनीतिमा पैसा पस्नु भनेको नराम्रो काम हो । पैसा भनेको सधँै राम्रो हुँदैन । पैसा भनेको नभई पनि नहुने भए पनि नहुने । तर, त्यो पैसा राजनीतिको लागि दुश्मन हो । नेपालको राजनीतिमा पैसा प्रवेश गरेपछि बेथिति पनि पस्यो । नेताहरूको जीवनशैली खर्चालु हुनलाग्यो । पुँजीवादीमात्र हो र ? सामन्तवादी पो त हुन थाल्यो । नेताहरूले हामी कार्यकर्तालाई रोक्न थाले तर आफ्नो छोराछोरी र श्रीमतीलाई भने राम्रो लाउन र मीठो खान सिकाए । यसका लागि पैसो चाहियो । पैसो हुनेहरूसँग पैसाको लोभ गरे । पैसावालाहरू के कम ? आफ्ना विशाल आलिशान, गगनचुम्बी भवनमा बस्न आग्रह गर्न लागे । नेताका परिवार लोभियो । ठूला घरमा बस्न लागे । ठूला घरको ठूलै चाला । मीठो खान मन लाग्यो । पैसा हुनेहरूले आफ्नो बिहे भएको दिन मनाउन लागे । नेताहरूलाई सपरिवार सहभागी हुने निम्तो दिए, उनीहरू आए दङ्ग हुँदै । नेता पत्नीमा र नेतृ पतिमा पनि आफ्नो विवाहको सम्झनामा त्यस्तै पार्टी गर्न मन लाग्यो । ठेकेदार घरबेटीले नेता र नेतृको बिहे उत्सव त्यस्तै घरबेटीको जस्तै बृहद् पार्टी हुन लागे । अब नेता बिग्रने मेसो सुरु भयो । नेताहरूले आफ्ना कार्यकर्तालाई बिर्सिए । पैसावाल सम्झन लागे । राम्रो लाउने मीठो खाने बानी लाग्यो । अब नेताविनाका पार्टीका कार्यकर्ता हुन लागे । लुच्चा ठेकेदार हुनलागे । पैसा पस्यो अनि बिग्रियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *