भर्खरै :

प्रागमा किन निस्के जनता सडकमा ?

सधैँजसो व्यस्त रहने प्रागको वेनसेस चोकमा वर्षको यो समय सामान्यतः पर्यटकको ठूलो भीड लाग्ने गथ्र्यो । तर, पछिल्ला केही दिनमा भने त्यो चोक झन्डै ७० हजार आन्दोलनकारीले भरिएको छ । यी मानिसहरू नागरिक प्रजातान्त्रिक पार्टी (ओडीसी) का पेट्र फैला नेतृत्वको सरकारको राजिनामा माग्दै आन्दोलनमा उत्रेका हुन् । प्रधानमन्त्री फैलाको सरकारले युक्रेनलाई लगातार सैनिक सहायता दिएको र चेक गणराज्यका जनताले अहिले भोगिरहेको ऊर्जा सङ्कटको कमजोर व्यवस्थापनको विरोधमा उनीहरू सडकमा आएका हुन् ।
चेकका धेरै प्रमुख टिप्पणीकार र स्वयम् प्रधानमन्त्री फैलाले पनि आन्दोलनकारीलाई रुसपक्षधरको बिल्ला भिराएर यस्ता समस्यालाई उपेक्षा गर्नु अपेक्षित नै थियो । केही मानिसहरू बीसौँ शताब्दीमा चेकाली जनताका नागरिक अधिकारीमाथि पूर्व सोभियत सङ्घले दबाएको कुरा उछालेर फोहोरी राजनीतिक विमर्शमा अलग्गै कम्युनिस्टविरोधी भावनालाई बढावा दिन खोजिरहेका छन् ।
मलाई भने स्वतःस्फूर्त तरिकाबाट यो आन्दोलन सुरु हुनुले आश्चर्यचकित बनायो । प्रागको लागि आन्दोलन कुनै नयाँ विषय होइन । बितेका केही वर्षमा प्रागमा ठूल्ठूला आन्दोलन भए । सरकारी पदाधिकारी र निकायका भ्रष्टाचारका काण्डको विरोधमा दसौँ हजार मानिसका आन्दोलनहरू भएका छन् । पछिल्लो चेक सरकार अपदस्थ हुनु र नयाँ भ्रष्टाचारविरोधी ओडीसी नेतृत्वको सरकार गठन भएर पनि अझै आन्दोलनको यो राप सेलाएको छैन । तर, प्रस्टतः पश्चिमाविरोधी यति ठूलो आन्दोलन भएको थिएन ।
आन्दोलनकारीहरूले युरोपेली सङ्घ र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को चर्को विरोध गरे । यी दुवै सङ्गठन सन् १९८९ मा भएको भेलभेट क्रान्तियता चेक गणराज्यलाई पश्चिमा विश्वसँग एकाकार गर्न अहम् भूमिका खेलेका सङ्गठन हुन् । चेक गणराज्यमा भेलभेट क्रान्ति उठेको केही समयपछि नै तत्कालीन सोभियत सङ्घ विघटन भएको थियो । अधिकांश चेकाली जनता ‘पश्चिमा’ बन्न निकै मन पराउने मेरो बुझाइ थियो । तर, ‘पश्चिमा विश्व’ का दुई आधारको विरोधमा यति धेरै मानिस सडकमा उत्रेको देखेर म अचम्मित भएको हुँ ।
प्रधानमन्त्री फैला र अरू केही मानिसले आरोप लगाएजस्तै यी मानिसहरू रुसपक्षधर अथवा उस्तै कुनै समान विचारमा सङ्गठित भएको हुनुपर्दैन । यो आन्दोलनमा मुख्यतः तीन पक्षको सहभागिता छ : मध्य वामपन्थी लोकप्रिय पार्टी एएनओ (चेक भाषामा यसको अर्थ ‘हो’ अथवा ‘हुन्छ’ हो), अतिदक्षिणपन्थी स्वतन्त्र र प्रत्यक्ष प्रजातन्त्र पार्टी (एसपीडी) र अति वामपन्थी बोहेमिया र मोराभिया कम्युनिस्ट पार्टी । यीमध्ये चेकको अहिलेको संसद्मा कम्युनिस्ट पार्टीको उपस्थिति छैन ।
राजनीतिशास्त्रमा ‘हर्ससु थ्योरी’ नामको एउटा सिद्धान्त छ । यो सिद्धान्तअनुसार राजनीतिका अतिवामपन्थी र अति दक्षिणपन्थी ध्रुव विपरीत भएर पनि घोडाको खुरमा लगाइने जुत्ताको आकारजस्तै सरल राजनीतिक विकासक्रममा दुवै उस्तै जस्तो देखिन्छ । तर, प्रागको अहिलेको आन्दोलनको सन्दर्भमा यो सिद्धान्त मेल खाँदैन । बरु त्यहाँ आन्दोलनरत दलहरूले निकै असन्तुष्ट जनतालाई आन्दोलनमा आउन सरकारविरोधी भावनालाई मलजल मात्र गरिरहेका छन् । चेकमा अहिले मुद्रा स्फीति निकै उकालो लागेको छ । जुलाईमा १७.५ प्रतिशतको मुद्रास्फीति देखियो । ऊर्जाको मूल्य जनताले किन्नै नसकिने गरी महँगो भएको छ । मानिसहरू अहिलेको परिस्थितिबाट किन असन्तुष्ट छन् भन्ने कुरा बुझ्न त्यति गा¥हो छैन ।
यस्तो बेलामा फैला सरकारले ऊर्जाको आकाशिँदो मूल्यबाट चुल्हो चलाउन नै मुस्किल भएका मानिसको लागि झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको राहत घोषणा गरेको छ । कुल गार्हस्थ उत्पादनको आधारमा युरोपमा यस्तो खालको राहत कार्यक्रममध्ये यो चौथो ठूलो राहत बताइएको छ । युरोपेली सङ्घको परिषद्मा चक्रीय प्रणालीको आधारमा अध्यक्षता गर्ने प्रावधानअनुसार अहिले प्राग परिषद्को नेतृत्वमा छ । फैला सरकारले यो हैसियतको उपयोग गर्दै अहिलेको भद्रगोल अवस्थामा युरोपेली समाधान के हुन सक्छ भन्ने विषयमा विमर्श गर्न युरोपेली सङ्घीय ऊर्जा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । तर, यस्ता कुनै पनि प्रयासले जनताको दैनिक जीवनमा खास कुनै सहजता ल्याउन सकेको छैन । नेताहरूलाई आफ्ना प्रयासले जनताको विषम दैनिकीलाई किमार्थ सहज नबनाउने कुरा थाहा छ । सेप्टेम्बर ५ मा रुसले आफूमाथि थोपरिएका सबै नाकाबन्दी नहटाउञ्जेल युरोपमा ग्यास नपठाउने घोषणा ग¥यो । त्यसपछि रुसले ग्यासको आपूर्तिमा कडाइ गरेको छ । फलतः युरोपमा अहिले ऊर्जाको मूल्य छोइनसक्नुभएको छ । तत्कालै युरो मुद्राको भाउ बितेका २० वर्षमा सबभन्दा तल झरेको छ । गत आइतबार वेनसेस चोकमा आन्दोलनकारीहरूले जे जस्ता माग राखेर आन्दोलन गरेका थिए, चेक गणराज्यका नेताहरूले तिनै कारणको लागि अक्टोबर ८ मा प्रदर्शन गर्दैछन् ।
निर्विवाद रूपमा अहिलेको समाधानको एउटै बिन्दु भनेको रुससँग विवेकसङ्गत वार्ता गर्ने हो । युक्रेनलाई अझ थप सैनिक सहायता रोक्न बन्द गरेर पश्चिमा देशहरूले पनि यस्तो वार्तामा मद्दत गर्न सक्छन् । सिद्धान्तवादी उदारपन्थीहरू भयानक राष्ट्रपति पुटिनसँग वार्तामा जानुलाई आफ्ना जात फाल्नु जस्तै मानेका छन् । तर, वास्तविकतालाई विचार गर्दा त्यस्तो गर्नुको अर्को विकल्प पनि देखिँदैन ।
चेकको अर्थमन्त्रालयले रुसी ग्यास बन्दा हुँदा आफ्नो देश के कसरी प्रभावित हुने रहेछ भनी एउटा काल्पनिक विश्लेषण गरेको थियो । त्यसबाट प्राप्त नतिजामा कुनै आश्चर्यको कुरा थिएन । सो विश्लेषणअनुसार आगामी हिउँददेखि ठूलो क्षतिको सिलसिला सुरु हुनेछ । कुल गार्हस्थ उत्पादन २.९ प्रतिशतले घट्नेछ र सन् २०२४ मा फेरि १.६ प्रतिशतले घट्नेछ । यसलाई आर्थिक मन्दीको रूपमा वर्गीकरण गर्न सकिनेछ । यो मन्दी पश्चिमा देशको विदेश नीतिले निम्त्याएको कृत्रिम मन्दी हो । मन्दीसँगै बेरोजगारी र विपन्नता आउनेछ ।
प्रागमा अहिले जे भयो, चेकाली जनताले यसलाई ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अथवा सिद्धान्तवादी उदारपन्थीको रोमाञ्चक सपनाको बहानामा रोक्ने सम्भावना शून्य छ । कसैले आफ्ना आधारित हितको लागि आन्दोलन गर्नु भनेको ऊ देशद्रोही बन्नु अथवा क्रेमलिनको कठपुतली बन्नु होइन । त्यो आन्दोलनले उसलाई साँच्चैको मानिस बनाउँछ । युक्रेन सङ्कट जबरजस्ती कृत्रिम तरिकाले लम्ब्याउँदा अन्ततः जनताको जीवन चेपुवामा परेको छ । चेक सरकार, युरोपेली सङ्घ र नाटोले यो कुरा हेक्का राख्न जरुरी छ ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *