भर्खरै :

चीन र रुसका राष्ट्रपति आगामी साता भेट्दै

चीन र रुसका राष्ट्रपति आगामी साता भेट्दै

मस्को, २२ भदौ (एएफपी) । चीनका राष्ट्रपति सी चीनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ ।
उज्वेकिस्तानको सामरकन्दमा भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुवै नेताबीच भेटवार्ता हुन लागेको हो ।
चीनका लागि रुसका राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् । उनले रुसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोको विषयमा विचारविमर्श हुने बताए ।
कोभिड–१९ को महामारीपछि चिनियाँ नेता सीको यो पहिलो विदेश भ्रमण हुनेछ । यद्यपि, मुख्त्ूमि चीनबाट उहाँ गत असार १७ गते हङकङ पुग्नुभएको थियो । हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औद्योगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो ।
युक्रेनमा सैन्य आक्रमण सुरू गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएको बेला मस्कोले एसियाली देशहरू, विशेषगरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ । पेइचिङले युक्रेनमा मस्कोको हस्तक्षेपको निन्दा गरेको छैन । यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा पेइचिङमा शीतकालीन ओलम्पिक खेलकुदको बेला भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *