भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
भक्तपुर, २३ भदौ । प्रत्येक वर्ष भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको खटजात्रामा यस वर्ष नयाँ खटको व्यवस्था भएको छ । प्रत्येक वर्ष भदौ शुक्ल त्रयोदशीबाट हुने सो खट जात्राको खट पुरानो एवम् जीर्ण भएपछि इन्द्रायणी इलाका सेवा समिति र इन्द्रायणी समाज सरोकार समितिको पहलमा सो नयाँ खटको निर्माण सम्पन्न भएको समाजसेवी विनोदचरण रायले बताउनुभयो । भदौ शुक्ल त्रयोदशीको दिन देवीलाई खटमा राखी इन्द्रायणी पिठ लैजाने परम्परा छ । खौमा टोलकै वयोवृद्ध बेलबहादुर कायष्ठले इन्द्रायणी देवीको नयाँ खटमा पूजा गर्नुभएको सो कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा टोलका गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो ।
सो इन्द्रायणी देवीको जात्रा खौमाटोलबाट सुरु भई नगर परिक्रमापश्चात् सिद्धपोखरीको पश्चिम दिशामा विराजमान गराइन्छ । सो साँझ सिद्धपोखरीमा दीपावली गर्ने परम्परा छ । लिच्छवी राजा आनन्ददेवले नगरको चारैतिर अष्टमातृका स्थापना गर्दा नगरको पश्चिमतर्फ इन्द्रायणी देवी स्थापना गरेको इतिहास छ । मल्लकालमा गङ्गा महारानीले इन्द्रायणीको खट जात्रा गर्ने चलन चलाएको मानिन्छ । पुरानो खटको ठाउँमा जितामित्र मल्लले नयाँ खट बनाई जात्रा चलाएकोमा पछिल्लो पटक वि.सं.१९१४ मा धिर शमशेरले नयाँ खट बनाएको र वि.सं. २०३४ सालमा टोलवासीहरूले सो खट जीर्णोद्धार गरी जात्रा चलाउँदै आएकोमा यस वर्ष पुरै नयाँ खट बनेको छ । उक्त खटको लागि रु. २ लाख ७५ हजार खर्च भएको स्रोतले जनाएको छ ।
Leave a Reply