भर्खरै :

देश र जनता पनि रथझैँ तानिने वा बोकिने वस्तु हुन् र !

कुनै पनि देशको विकासका लागि हरेक क्षेत्रमा विशिष्ट ज्ञान हासिल गरेका व्यक्तिहरू चाहिन्छ । दक्ष जनशक्ति र जाँगरिला एवं बलिया कामदार पनि चाहिन्छ । आत्मनिर्भर नीति चाहिन्छ । सदाचारी राष्ट्रसेवक चाहिन्छ । सबैका लागि लागू हुने कडा कानुन चाहिन्छ ।
कर्तव्य निर्वाह गर्ने विवेकी नागरिक चाहिन्छ । तर, हामीकहाँ त विशिष्ट प्रतिभावान् र दक्ष जनशक्तिजति युरोप अमेरिकातिर जाने परम्परा बसेको छ । बलिया जनशक्तिजति खाडीतिर हानिने गरेका छन् । परनिर्भरतामा रमाउने बानी बसेको छ । राष्ट्रसेवकहरू सदाचारी छैनन् । कानुन सानातिनाका लागि मात्र लागू हुन्छ । नागरिकहरू विवेकी बन्न सकेका छैनन् । यस्तो अवस्थामा हाम्रो देशमा संविधानतः असङ्ख्य जनप्रतिनिधिहरू तोकिएका छन् ।
सहरमा जात्रा निकाल्ने क्रममा रथ बोक्न धेरै मानिस चाहिन्छ । गाउँतिर घर बनाउँदा जङ्गलदेखि निदाल बोकेर लेराउन पनि बलिया बलिया मानिस टन्नै चाहिन्छ । कुनै दैवी प्रकोप वा दुर्घटना भएको बेलामा पनि उद्धारका लागि प्रशस्त बलिया र साहसी मानिसको आवश्यकता पर्छ । तर, भौगोलिक अवस्था र नागरिकका आवश्यकता केकस्ता छन् भन्नेबारेमा सामान्य नागरिकलाई पनि थाहा भएको यो सानो देशमा यत्तिका धेरै जनप्रतिनिधि किन चाहिन्छ ? के देश र जनता पनि रथ वा निदालजसरी तानिने वा बोकिने वस्तु हुन् र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *