भर्खरै :

वार्षिक कार्ययोजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

वार्षिक कार्ययोजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, २४ भदौ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा वार्षिक कार्ययोजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले निरन्तर सहकारी अनुगमन जारी राखेको उल्लेअ गर्दै बहुउदेश्यीय सहकारीहरू बाह्य व्यक्ति र सीमित स्वार्थ रहेको समूहले सञ्चालन गरेकोले ब्याजको लोभमा पैसा जम्मा गर्दा होस पु¥याउनुपर्छ भन्नुभयो ।
ख्वप साकोसका सल्लाहकार कुमार लघुले संस्थाको भवन निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थामा पुस्तकालय टोलका बासिन्दालाई एकीकृत गर्न र कुनै विषयका विशेषज्ञहरूलाई समाजमा अमूल्य योगदान गरेबाट सम्मान गर्न ब्यासी टोल सम्मान समिति बनाउनुपर्छ भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अर्का सल्लाहकार तथा शिक्षासेवी बालमुकुन्द बासुकलाले सबै सदस्यहरूलाई आलोपालो गरी संस्थाको कारोबार र कार्यक्रम बचत तथा ऋण नीतिबारे जानकारी गराउँदा गहकिलो सल्लाह सुझाव पनि प्राप्त हुन्छ भन्नुभयो । उहाँले सरकारले नागरिकता विधेयक पास गरेर अर्को राष्ट्रघाती काम गर्न खोज्दै छ भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष राजकुमार लघुले संस्थाको वार्षिक कार्यक्रम र भावी नीति तथा कार्यक्रम बनाउन र आवश्यक बजेट बन्दोबस्त गर्न सल्लाह सुझाव सङ्कलन गर्ने उद्देश्यले वार्षिक कार्यक्रम निर्माण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
संस्थाका सचिव लक्ष्मीनारायण सुवाल, शिक्षा उपसमितिका संयोजक विकास ब्यान्जू, महिला उपसमितिका सदस्य बबीमैँया लघु, लेखा समितिका संयोजक लक्ष्मीदास बासुकला, कृषि उपसमितिका संदस्य राजाराम बासुकला, बचत उपसमितिका सदस्य रोजी लघु, स्वास्थ्य उपसमितिका संयोजक नीलकमल सुवाल, ऋण उप–समितिका संयोजक राजेश ब्यान्जूलगायतले आ–आफ्नो समितिबाट वार्षिकरूपमा गर्ने कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *