‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, २४ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा नपाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूबीच डेङ्गु ज्वरोसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका सभापति एवम् नगर प्रमुख सुनिल प्रजापतिले डेङ्गु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टे वृद्धि रोक्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाभित्र डेङ्गु रोगका सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको अवस्थामा नगरपालिकाले चुन, फिनेल र औषधि छर्कने काम गरिरहेको बताउँदै भक्तपुर नपाले जनचेतनामूलक कार्यक्रम र माइकिङमार्फत जनतालाई सचेत पार्दै आइरहेको बताउनुभयो ।
डेङ्गु रोग नियन्त्रणमा समुदाय नै क्रियाशील हुनुपर्ने बताउँदै प्रमुख प्रजापतिले यो रोग रोकथामको लागि स्वयम्सेविका र घरदैलो नर्सिङ परिचालन गरी आवश्यक उपाय अपनाइरहेको छ भन्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका कृष्ण मिजारले डेङ्गु रोग नियनत्रणका उपायबारे स्थानीय तह क्रियाशील भई जोखिममा परेका वर्गलाई जोगाउन विशेष किसिमका परामर्शहरु दिइनुपर्ने जानकारी गराउनुभयो ।
हेक्टर कन्ट्रोल अफिसर दीपक अछामीले डेङ्गु रोगको जोखिम र बच्ने उपायहरुबारे प्रस्तुतीकरण देखाउँदै हाल विश्वका १०० भन्दा बढी देशमा यो रोग फैलिएको र संसारको ४० प्रतिशतभन्दा बढी जनसङ्ख्या यस रोगको जोखिममा रहेको बताउनुभयो । उहाँले लामखुटेको टोकाइबाट सर्ने डेङ्गु रोगका नियन्त्रणका उपाय निकै महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।
Leave a Reply