नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
विश्वले आज एक शताब्दीमा नदेखिएको नाटकीय परिवर्तनहरू अनुभव गरिरहेको समयमा आर्थिक भूमण्डलीकरण द्रुत परिमार्जन र रूपान्तरणबाट गुज्रिरहेको छ । विश्वव्यापी विकासले चुनौती र अन्तरनिहित द्वन्द्वको सामना गरिरहेको छ । विश्वव्यापी विकास अप्ठेरो अवस्थामा रहेको बेला उच्च गुणस्तरीय विकास हासिल गर्न चीनले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ को ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ लाई (जीडीआई) सुझावको रूपमा पेश ग¥यो । वैश्विक विकास र वैश्विक शासन प्रणालीमा सक्रिय सहभागिता र नेतृत्व गर्नुका साथै सबै जनताको साझा भविष्य भएको समुदाय निर्माण गर्न जिम्मेवार राष्ट्रको रूपमा चीनले खेलेको महत्वपूर्ण भूमिकालाई यसले दर्साउँछ ।
सुस्त वैश्विक विकास र सुशासनमा सङ्कट
कोभिड–१९ महामारीको प्रकोप भएदेखि विश्वको आर्थिक वृद्धि कमजोर रह्यो । धनी र गरिबको साथसाथै उत्तर र दक्षिणबीचको खाडल पनि फराकिलो भएको छ । संरक्षणवाद र एकपक्षीयता बढी व्याप्त हुँदा अस्थिरता र अनिश्चितता थपिएको छ । यसले विश्वव्यापीरूपमा सामाजिक र आर्थिक विकासलाई नकारात्मक असर पारिरहेको छ । यसका पछाडिको मुख्य कारणहरू यस प्रकारका छन् –
पहिलो, सामान्यतया वैश्विक विकास अपुग छ । एकातिर बहुसङ्ख्यक औद्योगिक राष्ट्रहरू कोभिड १९ बाट प्रतिकूलरूपमा प्रभावित भएका छन् र विश्वव्यापी विकासको ‘प्रमुख प्रेरक शक्ति’ को रूपमा रहेको विकसित मुलुकको आर्थिक वृद्धि सुस्त हुँदा विश्वव्यापी वृद्धिमा पर्याप्त योगदान दिन असफल भएको थियो । अर्कोतर्फ चीन र केही अन्य मुकुलबाहेक अधिकांश उदयीमान राष्ट्रहरूले लामो समयदेखि सुस्त वृद्धिको अनुभव गरेका छन् । कतिपयले दीर्घकालीन गिरावट र केहीले आर्थिक मन्दीको पनि अनुभव गरिरहेका छन् । दोस्रो कारण भनेको विकासका प्रतिफलहरू सबैको हितका लागि व्यापकरूपमा बाँडफाँड नभएको असमान विकास वातावरण हो । अहिले विश्वले विभिन्न क्षेत्र र राष्ट्रहरूबीच ठूलो खाडलसहित असन्तुलित विकासको अनुभव गरिरहेको छ । तेस्रो, दीर्घकालीन विश्वव्यापी विकासको लागि पर्याप्त उत्साह छैन ।
परम्परागत विकास मोडेलले अकुशल आर्थिक वृद्धि गराएको छ । हालका वर्षहरूमा नवप्रवद्र्धन र अनुसन्धानको लगानीमा ‘ज्ञानमाथि प्रभुत्व’ ले जन्म लिँदा विश्वव्यापी नवप्रवद्र्धन र विकासलाई स्थिर बनाएको छ । विश्व अर्थतन्त्रको वृद्धि आर्थिक सङ्कटपछिकै सबैभन्दा सुस्त गतिमा पुगेको छ । चौथो, अपूर्ण अन्तर्राष्ट्रिय विकास सहायता प्रणाली हो । पश्चिमी देशहरूले नेतृत्व गरेको विश्वव्यापी विकास सहायता यति अप्रभावकारी छ कि कतिपय देशहरू थप सहायताले झनै गरिब भएका छन् । पाँचौँ, असन्तुष्टी भनेको विश्वव्यापी विकास वातावरण हो । बढ्दो भूमण्डलीकरणविरोधी र लोकप्रियतावादको अतिरिक्त बिग्रँदै गएको विश्वव्यापी विकास वातावरणको कारणले देशहरूबीच र क्षेत्रीय ब्लकहरूबीच बारम्बार आर्थिक युद्ध र प्राविधिक युद्ध भइरहेको देखिन्छ । कतिपय देशहरूले घरेलु कानुनलाई अन्तर्राष्ट्रिय नियमभन्दा माथि राख्छन् जसले अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई गम्भीररूपमा कमजोर बनाउँछ र विश्वव्यापी विकासमा गम्भीर हानि पु¥याउँछ । धेरै कारणहरूको अन्तरक्रियाले वैश्विक विकास सुस्त भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी र सुस्त आर्थिक वृद्धिको पृष्ठभूमिमा विकृत विश्वव्यापीकरणविरोधी र सङ्कीर्ण राष्ट्रवादको पुनरुत्थानजस्ता नकारात्मक प्रभावहरू बढ्दै गएकाले वैश्विक विकासमा विनाशकारी प्रभाव परिरहेको छ ।
विकासमा यस्तो कमीले कुनै न कुनै राष्ट्रिय राज्य शासनको निम्ति चुनौती बन्छ र समग्रमा विश्वव्यापी शासनमा सङ्कट निम्त्याउँछ । केही औद्योगिक देशहरूमा दीर्घकालीन आर्थिक मन्दीले सामाजिक द्वन्द्व र तनावलाई बढाउँदा सामाजिक विकासको लागि उपयुक्त शासन नीतिहरू लागू गर्न असफल भएको छ । फलस्वरूप, भूमण्डलीकरणको सहमति बिथोलिएको छ भने विश्वव्यापी विकासमथि सामाजिक सहमति र राष्ट्रिय एकता पनि खलबलिएको छ । पश्चिमी विकास मोडेल स्थानीय आवश्यकताअनुरूप उपयुक्त नभएको देखिन्छ । ती राष्ट्रको आधुनिकीकरण प्रयासहरूलाई बढावा दिने विश्वभरि सिको गरिएको पश्चिमेली मोडेल असफल भयो । यसले धेरै विकासशील राष्ट्रहरूमा राजनीतिक अशान्ति र आर्थिक अस्थिरता निम्त्यायो । यसबाहेक यी उदीयमान राष्ट्रहरूमा आतङ्कवाद र चरम गरिबीजस्ता घरेलु मुद्दाहरू बाँकी विश्वमा फैलिएका छन् जसले विश्वव्यापी शासन प्रणालीमा थप सङ्कट उत्पन्न गरेको छ ।
नयाँ सम्भावनालाई आत्मसात गर्दै
विश्वव्यापी आर्थिक पुनरुत्थान र अपर्याप्त दिगो विश्वव्यापी विकासको अप्ठेरो परिस्थितिमा विश्व समुदायले चिनियाँ समाधानको उत्सुकतापूर्वक अपेक्षा गरिरहेका छन् । गहिरो दृष्टिकोण र रणनीतिक समझका साथ चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासलाई प्राथमिकता, जनकेन्द्रित दृष्टिकोण, सबैका लागि लाभ, नवप्रवर्तनद्वारा सञ्चालित विकास, मानव र प्रकृतिबीचको मेलमिलाप र नतिजामुखी पहलहरूका साथ प्रतिबद्धता कायम राख्ने ‘विश्वव्यापी विकास पहल’ (जीडीआई) को अवधारणा पेश गरेका छन् । जीडीआईमार्फत हामी विश्वव्यापी विकासलाई समन्वित, समावेशी र सन्तुलित विकासको नयाँ चरणतर्फ निर्देशित गर्नुका साथै बलियो, हरियाली र थप समतामूलक विश्वव्यापी विकास हासिल गर्न काम गर्छौँ । यो ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) चीनद्वारा प्रदान गरिएको विश्वव्यापी लाभ हो । सबै मानिसहरूको साझा भविष्य भएको समुदायको विचारको एउटा महत्वपूर्ण उदाहरण हो । यसले विश्वव्यापी शान्तिपूर्ण विकास, सहकारी विकास र साझा विकासको लागि एक व्यापक खाका तयार गरेको छ । यसले दिगो विश्वव्यापी विकासलाई अगाडि बढाउने बाटो औँल्याएको छ र राम्रो विश्व निर्माण गरेको छ । यसले राष्ट्रपति सी चिनफिङको विश्वव्यापी परिप्रेक्ष्य, फराकिलो विचार र जिम्मेवार राष्ट्रको नेताको रूपमा मानवताबारे चिन्ता जाहेर गरेको छ ।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) विकासमा प्राथमिकता दिन समर्पित छ र संयुक्त राष्ट्र सङ्घ, द्विपक्षीय र बहुपक्षीय च्यानलहरूमार्फत विकास र सहयोग नीतिहरूको समन्वयमा सुधारको महत्वलाई जोड दिन्छ । गरिबी उन्मूलन, खाद्य सुरक्षा, वित्त विकास, जलवायु परिवर्तनविरुद्ध लड्न र हरित विकासलाई अगाडि बढाउन, औद्योगिकीकरण र कनेक्टिभिटी र डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गर्न राष्ट्र, क्षेत्र र संस्थाहरूबीच बृहत् तालमेललाई प्रोत्साहन गर्ने प्रयासहरू गरिनुपर्छ । थप समतामूलक र राम्ररी विश्वव्यापी विकास साझेदारी सिर्जना गर्न, अल्पविकसित राष्ट्रहरूमा महामारीको प्रतिक्रिया, आर्थिक पुनरुत्थान र सामाजिक विकासलाई समर्थन गर्न थप अन्तर्राष्ट्रिय सहायता दिनुपर्छ । जन–केन्द्रित दृष्टिकोणमा जोड दिनु जीडीआईको लागि महत्वपूर्ण छ । जनताको हितमा सुधार, विकासका फाइदा जनतासँग बाँड्ने र जनताको सर्वाङ्गीण विकासको प्राप्ति हाम्रो प्रयासको जगको रूपमा काम गर्नुपर्दछ । सुखी अस्तित्वको चाहनालाई मौलिक लक्ष्य मानिन्छ । उच्च गुणस्तरको प्रभावकारी, निष्पक्ष, दिगो र सुरक्षित विकासतर्फ काम गर्न, विकासका अवरोधहरूलाई सम्बोधन गर्न र विकासका अवसरहरू सिर्जना गर्ने प्रयासहरू गरिन्छ । सबैलाई लाभ प्रदान गर्नु जीडीआईको प्राथमिकता हो । ‘विश्व विकास पहल’ ले विकासोन्मुख राष्ट्रहरूले सामना गरिरहेका चुनौतीहरूमा ध्यान दिन्छ र विकासशील राष्ट्रहरू विशेषगरी अति कम विकसित राष्ट्रहरूलाई सहयोग गर्न ऋण माफी र विकास सहायताजस्ता उपकरणहरू प्रयोग गर्दछ । राष्ट्रहरूबीच र राष्ट्रभित्र रहेको असमान र अपर्याप्त विकासलाई समाधान गर्ने पहलहरू गरिएका छन् ।
विश्वको सबैभन्दा ठूलो विकासोन्मुख राष्ट्र चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) को सुझावमात्र दिएन यसलाई सक्रियरूपमा पछ्यायो पनि । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत अन्तर्राष्ट्रिय समुदायलाई व्यापक परामर्श, साझा लाभ, विश्वव्यापी विकासका अनुभवहरूको आदानप्रदान र कार्यान्वयनको माध्यमबाट विश्वव्यापी विकासका बारेमा समझदारीमा आउन आग्रह गरेको छ ।
सन्तुलित विश्वव्यापी विकासलाई प्रवद्र्धन गर्न बीआरआई
एक जटिल र तनावपूर्ण वैश्विक विकासको अवस्थाबीच चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि नै चीनले मानवताको साझा भविष्य, उन्नत बीआरआईसहितको समुदाय निर्माण गर्न आक्रामकरूपमा अगाडि बढेको छ र सुस्त वैश्विक विकासलाई सम्बोधन गर्न र सन्तुलित विश्वव्यापी विकासलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिएको छ । उच्च स्तर, दिगो र जनकेन्द्रित विकास बीआरआईको उच्च गुणस्तरीय विकासका लक्ष्यहरू हुन् । बीआरआईले अन्तर्राष्ट्रिय कनेक्टिभिटी सहयोगको लागि आधारशिला सुदृढ गर्न, यसको लागि नयाँ बाटोहरू खोल्न, साधनको प्रभावकारिता बढाउन, आपूर्ति गुणस्तर बढाउन काम गर्दछ । यो विश्वव्यापी सहयोग र प्रख्यात अन्तर्राष्ट्रिय सार्वजनिक लाभको लागि सबैभन्दा ठूलो प्लेटफर्मको रूपमा विकसित भएको छ जसले सम्पूर्ण विश्वको सन्तुलित वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँछ । पहिलो, बीआरआईले विश्वव्यापी आर्थिक पुनरुत्थानलाई सफलतापूर्वक गति दिएको छ । सन् २०२२ को जनवरीको मध्यसम्ममा चीनले १४७ राष्ट्र र ३२ अन्तर्राष्ट्रिय संस्थाहरूसँग २०० भन्दा बढी बीआरआई सहयोग सम्झौताहरू हस्ताक्षर गरेको थियो । यसले सबै पक्षलाई फाइदा पुग्ने व्यावहारिक सहयोग परियोजनाहरू सुरु गरेको थियो ।
सन् २०१३ देखि सेप्टेम्बर २०२१ सम्म चीन र बेल्ट एन्ड रोडमा आबद्ध देशहरूबीच १०.४ ट्रिलियन डलरभन्दा बढीको सामानको व्यापार भएको थियो । चिनियाँ व्यवसायहरूले यी राष्ट्रहरूमा १३० अर्ब डलरभन्दा बढीको गैर–वित्तीय क्षेत्रमा प्रत्यक्ष लगानी गरेका थिए । बीआरआई विश्वभर आर्थिक विस्तार र प्रत्यक्ष विदेशी लगानी पछाडिको शक्तिशाली इन्जिन हो । बेल्ट एन्ड रोडमा सम्मिलित देशहरूले चीनसँग मिलेर यसको निरन्तर विस्तारको फाइदा उठाइरहेका छन् जसले विश्वव्यापी आर्थिक पुनरुत्थानमा महत्वपूर्ण योगदान पु¥याएको छ र विकासमा देखिएका खाडलहरू साँगुरिएका छन् । कोभिड–१९ को महामारी, विश्वव्यापीकरण विरोधी, संरक्षणवाद र एकपक्षीयताको विरोध भए पनि बीआरआईले निरन्तर प्रगति गरिरहेको छ । अक्टोबर २०२१ को अन्त्यसम्म चीन–युरोप मालवाहक रेलहरूले ७३ सञ्चालन मार्गहरू सुरु गरिसकेका छन् र ४६००० यात्राहरू पूरा गरेका छन्, २३ विभिन्न युरोपेली राष्ट्रहरूको १७५ सहरहरूमा पुगेका छन् । युरेशियामार्फत मालवाहक रेलहरू प्रमुख अन्तर्राष्ट्रिय वाणिज्य मार्गको रूपमा विकसित भएका छन् । यसका साथै चीनले बेल्ट एन्ड रोड भ्याक्सिन साझेदारी पहल सुरु गरेको छ । चीनले महामारीविरोधी आपूर्तिहरू सहज बनाउन ठूलो प्रयास गरेको छ र विश्वव्यापी भाइरसविरुद्ध सुरुक्षा सिर्जना गर्न अन्य देशहरूसँग काम गरिरहेको छ । अन्तर्राष्ट्रिय वातावरण जतिसुकै परिवर्तन भए पनि बीआरआईले विश्वव्यापी आर्थिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि नयाँ रूपरेखाहरू स्थापना गरेको छ । बीआरआईले संसारभरका राष्ट्रहरूका मानिसहरूको जीविकोपार्जन र सामाजिक कल्याण सुनिश्चित गर्न विश्वव्यापी आर्थिक सुशासनलाई कसरी सुधार गर्ने भन्ने नयाँ उदाहरणहरू उपलब्ध गराएको प्रमाणले पुष्टि गरेको छ ।
दोस्रो, बीआरआईले अन्तर्राष्ट्रिय सहयोग र खुलापनका लागि जोड दिएको छ । बीआरआईले कहिल्यै विचारधारा र राजनीतिक प्रणालीहरूबीच भेदभाव राख्दैन, कुनै पनि राजनीतिक दायित्वहरूमा बाधिँदैन, भेदभावपूर्ण मापदण्ड वा नियमहरू बनाउँदैन, व्यापार, लगानी र प्रविधिमा बाधा पु¥याउने नियम बनाउँदैन, आफ्नो इच्छा अरूमाथि थोपर्दैन र कुनै राष्ट्रलाई धम्की दिदैन । यो साझा प्रगतिको लागि एक विशाल मार्ग हो । विकास रणनीति र नीतिहरूको समन्वय गर्ने बीआरआईको मुख्य सिद्धान्त हो । बीआरआईले व्यापार र लगानी सहजीकरणलाई सक्रियतापूर्वक बढावा दिन्छ, स्वतन्त्र व्यापार व्यवस्थाको दृढतापूर्वक रक्षा गर्छ, बीआरआई सहभागी राष्ट्रहरूलाई कनेक्टिभिटीको माध्यमबाट आफ्ना फाइदाहरूलाई सुनिश्चित गर्छ र क्षेत्रीय आर्थिक विकासलाई अगाडि बढाउँछ । बीआरआईले नवप्रवर्तनको माध्यमबाट समाजलाई अगाडि बढाउन खोज्छ र यसलाई उच्च गुणस्तरीय विकासको आधारशिला मान्दछ । स्वास्थ्य सिल्क रोड, ग्रीन सिल्क रोड, डिजिटल सिल्क रोड र गरिबी न्यूनीकरण सिल्क रोडजस्ता कार्यक्रमहरूको लागि अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरू निरन्तर विकास भइरहेको छ । बीआरआई प्लेटफर्ममा राष्ट्रहरूले सम्मान, समझदारी र विश्वास बढाउँदै पारस्परिक सहयोग प्रदान गर्छन् । पारस्परिकरूपमा लाभदायक भएको बीआरआई बहुपक्षीय सहयोगको लागि वास्तविक प्लेटफर्म भएको तथ्यले पुष्टि गरेको छ ।
तेस्रो, बीआरआईले वैश्विक विकासका लागि नयाँ सम्भावनाको ढोका खोल्छ । चीनले आधुनिक युगमा बाहिरी संसारको निम्ति आफ्नो ढोका फराकिलो बनाएको छ र वैश्विक विकासको लागि प्रयास गरिरहेको छ । आकारको हिसाबले चिनियाँ बजार सबैभन्दा ठूलो, सबैभन्दा विविध र उत्तम–सुसज्जित आधुनिक उत्पादन प्रणालीको साथसाथै संसारको सबैभन्दा छिटो बढिरहेको उपभोक्ता बजार हो । उच्च गुणस्तरको बीआरआईले घरेलु र अन्तर्राष्ट्रिय बजारहरूलाई जोड्नेछ र थप प्रभावकारी आपूर्ति शृङ्खलाहरूलाई सक्षम बनाउनेछ । बेल्ट एन्ड रोडमा रहेका राष्ट्रहरूका लागि ठूलो र स्थिर उपभोक्ता बजार प्रदान गर्न विश्वव्यापी प्रतिस्पर्धाको साथ विशाल बजार निर्माण गरिनेछ । चीनले आफ्नो बाह्य लगानी बढाउने क्रममा विविध विदेशी लगानी ढाँचाको विकास गरेको छ । यसबाहेक चीनले बीआरआई सहयोग परियोजनाहरूका लागि सिल्क रोड कोष, एसियाली पूर्वाधार लगानी बैङ्क र अन्य वित्तीय मार्गहरू सिर्जना गर्न थालेको छ । न्यून आय भएका राष्ट्रहरूका लागि लगानी र आर्थिक सहायता प्रदान गर्न एक विविध वित्तीय मञ्च विकास गरिएको छ ।
छोटकरीमा भन्नुपर्दा सुस्त वैश्विक विकासलाई सम्बोधन गर्नु र साझा विकास हासिल गर्नु सबै राष्ट्रहरूको साझा दायित्व हो । फलस्वरूप, अन्तर्राष्ट्रिय समुदायले विकासका कमजोरीहरू हटाउन एकसाथ काम गर्नुपर्छ । चीनको विकासको यात्रासँगै हिँड्न जीडीआई र बीआरआईमार्फत विश्वव्यापी विकासका समस्याहरू समाधान गर्न र विश्वव्यापी विकासको प्रभावकारिता बढाउनको निम्ति सँगै काम गर्न चीनले विश्वभरका व्यक्तिहरूलाई आमन्त्रण गर्छ ।
स्रोत : कन्टेम्पोररी वल्र्ड
अनुवाद : राजन
Leave a Reply