भर्खरै :

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

लन्डन, २४ भदौ (एपी) । बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिँहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भयो । उहाँ ९६ वर्षकी हुनुहुन्थ्यो । बकिङ्घम दरबारका अनुसार स्कटल्यान्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उहाँको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू बिहीबार उहाँको समीप पुग्नुभएको थियो । उहाँका ७३ वर्षीय छोरा युवराज चाल्र्स राजा हुनुभएको छ । उहाँलाई राजा चाल्र्स तृतीय घोषणा गरिएको छ । दस दिनको औपचारिक शोकपछि महारानीको अन्त्येष्टि गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *