नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
आज नेका, एमाले, प्रचण्ड, माधव नेपाल, ‘मधेसवादी’ दल र राप्रपाहरू समेत एक वा अर्काे गठबन्धनमा छन् । नेपाली काङ्ग्रेस र एमाले (भाइ काङ्ग्रेस) आ–आफ्नै नेतृत्वमा सरकार बनाएर एकअर्काका सहयोगी दल बने । हुँदाहुँदा सूर्यबहादुर थापा र चन्दको नेतृत्वमा समेत काङ्ग्रेस र एमालेका नेताहरू सरकारमा गए । पञ्चायती सरकारका थिङ्कट्याङ्कले बुझेका भए ती नेताहरू त्यही समयमै ‘पञ्चायती मन्त्री’ बन्थे, किनभने तिनीहरू ‘मौका नपाएर मात्र पञ्च नबनेका हुन् ।’ नत्र पछि ती नेताहरू थापा र चन्दको नेतृत्वमा किन सरकारमा जान्थे वा राजालाई ‘दाम’ चढाएर किन प्रधानमन्त्री बन्थे ?
काङ्ग्रेस र भाइ काङ्गे्रसहरूले ‘आफ्नै छायालाई शत्रु सम्झेर पानी धमिल्याएर खाने प्राणी’ जस्तै नेमकिपाको भैरहवाको पहिलो राष्ट्रिय सम्मेलनमै ‘मित्र शक्ति’ भनी आमन्त्रित व्यक्तिले नै खुसुक्क भेटी घरभेटि पार्टीलाई टुक्र्याउने कुकर्म गरे । संसद्मा नेमकिपाका प्रतिनिधिले बोलेको एक मित्रले बताएका थिए – “भोजमा आमन्त्रित पाहुनाले उपस्थित व्यक्तिमध्ये एक जनाको जुत्ता चोरेका थिए ।”
त्यस्तै, प्रधानमन्त्री हुन अति लालायित एमालेका एक नेताले मधुरो बत्तीमा कर्णालीका साथीलाई भेटेर मित्र पार्टी फुटाउन भेटघाट मिलाएको थियो । एवम् रीतले उसले जुम्ला र कालीकोटमा गई नेमकिपालाई फुटाउन आफ्नो पुँजीवादी रूप देखाएको थियो । प्राप्त सूचनाअनुसार त्यस्तो एमालेको एक ‘बहादुर’ भ्रष्टाचारमा पक्राउ प¥यो, अर्काे एक जना मन्त्री भएर देशको अर्थतन्त्र धुजाधुजा पार्नमा जिम्मेवार छ । समय आएपछि सबैको पोल खुल्दै जानेछ ।
त्यस्तै बागमती, नारायणी र जनकपुर अञ्चलका साथीहरूलाई ‘मित्रवत’ भाँड्ने काम गरेका एमालेका नेताहरूको मुख झलझली सम्झछन्– नेमकिपाका कार्यकर्ताहरू । तिनीहरूको धर्म ‘मित्र भन्दै शत्रु (कम्युनिस्ट) सिध्याउने’ हो । तिनीहरूका मित्रहरूको लाममा दामोदार शमशेरदेखि मदन भण्डारीसम्म छन् ।
‘मधेसवादी’ नेता र दलहरूले पनि लुम्बिनीदेखि कोशीपारिसम्मै नेमकिपालाई ‘कमजोर’ पार्न सहयोग गरेका थिए ।
ती सबै मित्रघातहरूबारे नेमकिपाका प्रतिनिधिहरूले सडक र सदनमा भनेको सुनेको छु– जो आगोसँग खेल्छ, आगोमै मर्छ र जो पानीसँग खेल्छ पानीमै मर्छ ।
शेरबहादुर देउवाको सरकारले पनि सुरुमै एक जना सांसदलाई हवाइजहाजबाट विराटनगर पु¥याएको थियो । कस्तो बहादुरी नेपाली काङ्ग्रेसका नेताहरूको ¤
तर, नेमकिपालाई फोड्ने अनेक अपराध गर्ने दलहरू सबै एकएक गर्दै फुट्दै गए । तिनीहरूले एकले अर्काेलाई सहयोग नगर्ने हो भने निर्वाचनमा उम्मेदवारीको समेत निर्णय गर्न नसक्ने बताउँदै छन् । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकाको अल्पमत पक्षका कोइराला भन्छन् –‘सय सीटको बटमलाइन छाड्नुहुन्न’ (नेपाल समाचारपत्र, २७ भदौ २०७९) । ‘गठबन्धन फुटाउने रणनीतिमा एमाले’ उपशीर्षकले भन्छ – ‘भागबण्डाको किचलोले फुकेन गाँठो ।’
एक जना युवा टिप्पणीकार भन्छन्, “अरूको सांसद र कार्यकर्ता चोर्नकै निम्ति गठबन्धन बनाएको हो तर ‘गठबन्धनमा सीट बाँडफाँट मिलेन’ भन्दै शीर्ष तहमा पुग्यो, अपुरो प्रतिवेदन – माधव र उपेन्द्र असन्तुष्ट” (राजधानी, २४ भदौ २०७९) ।
सिद्धान्त, विचार र नीतिबारे छलफल नहुने ‘सीट’, ‘बटम लाइन’ ‘डोजर’ र ‘क्रसर’ जस्ता शब्दहरू के विदेशी मित्रहरूलाई जानकारी दिनमात्रै प्रयोग गरिएको हो र ? भन्ने जिज्ञासा पनि समाजमा हुने गरेको समाचारमा भनिएको थियो ।
निर्वाचन जित्ने, पैसा खर्च गर्न सक्ने तथा प्रभाव भएका व्यक्तिहरूलाई नै नेताहरूले अगाडि राख्ने गरेको सूत्र बताउँछ ।
यस्तो किन हुन्छ ? शासक पार्टीका नेता र कार्यकर्ताहरूले सिद्धान्त र नैतिकताले होइन ‘जे गरेर भएपनि निर्वाचन जित्ने’ एउटै मन्त्र जप्छन् । यसको उदाहरण स्थानीय निकायको निर्वाचन परिणामले देखाउँछ – ‘स्थानीय सरकारमा २०३ ठेकेदार’, ‘क्रसर र डोजर लिएर बस्छन् जनप्रतिनिधि, आफैले स्वीकृत गरेको योजनामा ‘आफ्नै डोजर’ बाट खन्छन् बाटो ।’ ‘५८ प्रमुख –उपप्रमुख, १२९ वडाध्यक्ष, १४ सदस्य र दुई जिसस प्रमुखमा ठेकेदार निर्वाचित’, ‘गाउँपालिका अध्यक्षमा निर्वाचित ३४ ठेकेदार’ (नयाँ पत्रिका– २७ भदौ २०७९) ।
‘शासक दलहरूको उम्मेदवार छनोटमा कानुनलाई धुजाधुजा पारियो, गुन्डा नाइकेदेखि भ्रष्टाचार, जघन्य अपराधका अरोपितसमेत सिफारिस’
(राजधानी, २५ भदौ २०७९) । शासक दलले तयार पारेका कर्मचारीहरूले निर्णय कुल्चँदै ‘विदेश ‘सयर’ मा मन्त्रीदेखि सचिवसम्मकै लर्काे, एकै दिनमा ११ टोलीलाई अनुमति, राज्यकोषमा करोडौँको व्यत्रर’ (राजधानी, २४ भदौ २०७९) ।
अब शासक दलका नेताहरूले उम्मेदवार खडा गर्ने होइन बरु त्यो काम कर्मचारी, ठेकेदार, कालाबजारिया र तस्करहरूले गर्छन् ।
Leave a Reply