नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
भक्तपुर, २७ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी सर्जन डा. अनिषा तिवारीको अर्काे काण्ड बाहिर आएको छ ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै डा. अनिषाले विभिन्न निकायमा उजुरी गर्नुभएको थियो । बिरामीको अप्रेसनको विषयमा भएको विवादको रिस फेर्न उजुरी गरेको डा. पुकारसहित अस्पतालका अन्य चिकित्सक, स्वास्थ्यकर्मीले स्पष्ट पारिसक्नुभएको छ । बिरामीको उपचारमा लापरबाही गरेकोमा उल्टै डा. अनिषा कारबाहीको भागीदार भएको उहाँहरूको आरोप छ ।
यसैबीच डा. अनिषामाथि अस्पतालकै एक स्वास्थ्यकर्मीको गाडी कोरिदिएको आरोप लागेको छ । अस्पतालको अप्रेसन थियटरमा प्राविधिकको रूपमा कार्यरत रामचन्द्र पौडेलको पार्किङमा राखेको गाडीमा डा. अनिषाले कोरिदिएको आरोप लागेको हो ।
डा. अनिषाले आफ्नो गाडीमा कोरिदिएको भन्दै प्राविधिक पौडेलले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई पत्र लेख्नुभएको छ ।
पौडेलका अनुसार भदौ २३ गते बिहीबार पार्किङमा राखेको बेला बाग्मती बी एबी ३५१८ नम्बरको निजी गाडीमा डा. अनिषाले कोरिदिनुभएको हो ।
अस्पतालको काममा आएर गाडी पार्किङ गरेको र साँझ ७ बजे घर जानका लागि गाडी लिन जाँदा कोरिएको पाइएको पौडेलले बताउनुभयो ।
गाडीको सिसाभन्दा अगाडिको भाग, दायाँ भाग र पछाडिको भागमा समेत कोरिएको पौडेलले बताउनुभयो । गाडी नराम्ररी कोरिएको पाइएपछि उहाँले भोलिपल्ट पार्किङलाई समेत कभर गर्ने नजिकैको होटलको सीसी क्यामेराबाट दृश्य नियाल्नुभयो । उक्त सीसी क्यामेरामा हेर्दा डा. अनिषा आएर जथाभावी गाडी कोरिदिएको देखिएको पौडेलले जानकारी दिनुभएको छ । यो डा. अनिषाले गाडीमा क्षति पु¥याएकोले कानुनबमोजिम कारबाहीको माग गर्दै पौडेलले प्रहरीमा शुक्रबार उजुरी दिनुभएको छ ।
उजुरी परेपछि भक्तपुर प्रहरी वृत्त दूधपाटीले आइतबार डा. अनिषालाई बोलाएको थियो । १ बजे प्रहरीकोमा उपस्थित हुनुभएकी उहाँले सुरुमा आफूले उक्त कार्य नगरेको जिकिर गर्नुभयो ।
स्रोतका अनुसार प्रहरीले सीसीटीभीको भिडियो देखाएपछि उहाँले केही जवाफ दिनुभएन । मेरो जरुरी काम छ ३ बजे आउँछु भनेर निस्कनुभयो तर आउनुभएन ।
पौडेलले डा. अनिषामाथि हदैसम्मको कारबाही गर्न कार्यकारी निर्देशक डा. पुकारसमक्ष माग गर्नुभएको छ । डा. अनिषासँग आफ्नो कुनै व्यक्तिगत रिसइबी नरहेको पौडेलको दाबी छ ।
उहाँका अनुसार केही दिनपहिले उहाँहरू अप्रेसन थिएटरमा बसेको बेला डा. अनिषाले भिडियो खिच्दै हुनुहुन्थ्यो । आफूले उक्त भिडियो नखिच्न भनेकोमा रिसाएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रमा अस्थायी, स्थायी कर्मचारीबीच विवाद भइरहेको र यसैको रिसइबी साँध्न गाडीमाथि क्षति पु¥याएको हुनसक्ने अनुमान पौडेलको छ ।
बिरामीको अप्रेसन गर्ने सर्जनजस्तो मान्छेले यति तुच्छ खालको हर्कत गर्नु निन्दनीय काम रहेको पौडेल बताउनुहुन्छ ।
“त्यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने डाक्टरले यतिसम्म अहङ्कार देखाउन मिल्छ ? यस्तो मानसिकता भएको मान्छेलाई बिरामीको अप्रेसन गर्न दिने कि नदिने ?” पौडेल प्रश्न गर्नुहुन्छ ।
उहाँको मतहतमा रहेर अप्रेसन थिएटरमा काम गर्नसमेत सङ्कोच मान्नुपर्ने अवस्था आएको पौडेल बताउनुहुन्छ ।
डा. अनिषालाई साउन २४ गतेको घटनाको विषयमा प्रत्यारोपण केन्द्रको व्यवस्थापनले एक साताअघि स्पष्टीकरण सोधेको थियो । बिदामा बस्नुभएकी उहाँले शुक्रबार बिहान आएर पत्र बुझ्नुभएको प्रत्यारोपण केन्द्रको प्रशासनले जानकारी दिएको छ ।
Leave a Reply