नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
काठमाडौँ, २७ भदौ । नेपालको ज्येष्ठ अस्पताल वीर अस्पतालमा भइरहेको अराजकता कुनै पनि सरकारले रोक्न सकेनन् । पञ्चायतदेखिको यो अराजकता बहुदल र गणतन्त्रमा पनि यथावत छ । २०७९ भदौ २७ गतेको गोरखापत्र दैनिकमा प्रकाशित ‘वीर अस्पतालको फार्मेसी दुई महिनादेखि बन्द’ समाचारले अराजकताको श्रृङ्खलालाई पुष्टि गर्छ ।
“वीर अस्पतालमा सरसफाइ छैन । बिरामीको घुइँचो लाग्छ । व्यवस्थित छैन । डाक्टर, नर्स र कर्मचारीहरूको उपस्थिति नियमित छैन । भ्रष्टाचार रोकिएको छैन ।” यी सबै जनताका पुराना गुनासा हुन् ।
कहिले एक्सरे मेसिन बिग्रिने, कहिले प्रयोगशाला नचल्ने, कहिले भिडियो एक्सरे बिग्रिने पनि यहाँको पुरानो रोग भएको जनताको मत हो ।
केही स्वास्थ्य कार्यकर्ता र कर्मचारीहरूले बाहिर निजी मेसिन र प्रयोगशाला सञ्चालन गरेको हुँदा जानाजान वीर अस्पतालको मेसिन बिगारेकोमा पनि जनताको विरोध रहेको समाचार छ । स्वास्थ्य मन्त्रीहरू नै नालायक हुँदा वीर अस्पतालमा यो अराजकता दोहोरिएको पनि भुक्तभोगीहरू बताउँछन् ।
Leave a Reply