भर्खरै :

तामाङ र नेपालभाषा कामकाजीको भाषा बनाइने

तामाङ र नेपालभाषा कामकाजीको भाषा बनाइने

हेटौँडा, २७ भदौ । बाग्मती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । बाग्मती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रूपमा विकास गरिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णशर्मा खनालले जानकारी दिनुभयो । प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *