भर्खरै :

भक्तपुरमा डेङ्गुविरुद्ध जनसचेतनामूलक ¥याली

भक्तपुर, २७ भदौ । भक्तपुर नगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा डेङ्गु रोग नियन्त्रण गर्न जनचेतनामूलक प्रभात ¥याली सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको पर्यटन तथा स्वास्थ्य समितिका संयोजक रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा सम्पन्न उक्त ¥यालीमा डेङ्गु रोग नियन्त्रण गर्न बेवास्ता भएको खण्डमा महामारीको रूप लिनसक्ने सम्भावना भएकोले समयमै यसलाई रोकथाम तथा नियन्त्रण गर्न विद्यालयका शिक्षक तथा सामाजिक अगुवा कार्यकर्ताहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय परिसरमा रहेका खाल्डाखुल्डीमा पानी जम्न नदिने र झारपातहरूलाई सफा गर्ने तथा प्रत्येक नगरवासीहरूले आ–आफ्नो घर आँगन, सडक, घरको खानेपानीका भाँडाहरू दुई दिनको एकपटक पूरै आफैले सफा गर्ने अभियान सुरु गरे सम्भावित महामारीको अवस्थालाई रोक्न सकिने विचार उहाँले राख्नुभयो ।
विशेषगरी कौसीको गमला, पानी ट्याङ्क, खानेपानीको भाँडामा डेङ्गु रोग सार्ने लामखुट्टे बस्ने भएकोले जनता आफै सचेत हुनुपर्ने विचार व्यक्त गर्दैै उहाँले अशक्त, अपाङ्ग, बालबालिका तथा सुत्केरी महिलाहरूलाई बढी प्रभावित हुने खतरा भएकोले रोग लागेको अवस्थामा स्वास्थ्यकर्मीहरूको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले अहिले वर्षाको मौसम भएको कारण डेङ्गु रोग सार्ने लामखुट्टेको सङ्ख्या बढ्ने भएकोेले लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली राख्नुपर्ने, झुल टाँगेर सुत्नुपर्ने बताउनुभयो ।
उक्त ¥यालीमा भ.न.पा. वडा नं. ४ का शान्ती नकेतन माध्यमिक विद्यालय, साइनिङ स्टुडेन्ट एकेडेमी, सेकरिड हार्ट एकेडेमीलगायत विभिन्न स्कूलका शिक्षक, विद्यार्थी, स्वयंसेविका, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरू सहभागी थिए ।
उक्त ¥यालीमा स्टार्फ नर्स रसिला सुवाल, वडा सचिव साहिला बैद्य, पञ्तरत्न सैंजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *