भर्खरै :

नागरिकता विधेयक खारेज गरियोस्

नागरिकता विधेयक खारेज गरियोस्

मेरुदण्ड मानव शरीरको मूल जरो हो । त्यस्तै नागरिकता पनि नेपालको मेरुदण्ड हो । नागरिकता विधेयक भुलेर पनि पास गर्नुहुँदैन । नागरिकता विधेयक पास भएको खण्डमा देशको नेपाली नागरिक भएर कसरी बाँच्ने ? डाक्टर नभए व्यक्ति र समाजको के हालत हुन्छ होला ? डाक्टरबिनाको समाजले धेरै दुःख पाउँछ । अझ कैयौँको अकालबाट मृत्यु हुन्छ । त्यसैले असल काम गर्नेलाई मान्नुपर्छ ।
एक ठाउँबाट अर्काे ठाउँ पुल नभए कसरी पुग्छ ? घरको आमा बुबाले जन्म दिएर स्याहारसुसार नगरेको भए यो धर्ती र संसार देख्न पाउँदैन होला । शासकहरूको अज्ञानता र अकर्मण्यताको कारणले राजनीतिप्रति जनताको वितृष्णा पैदा भएको हो । हाम्रो नेपालको भूमि सम्पत्ति कति कहाँसम्म छ भन्ने कुरा सरकारले थाहा पाउनुपर्दैन ? भ्रष्टहरूलाई टिक्न दिने यो देशमा गुण्डाराज गर्ने नानीदेखि लाएको बानी कहिले हट्ने हो ? यहाँ कति बुद्धिजीवी र विद्वानहरू राजनीतिमा के भइरहेको छ भनेर वास्ता गर्दैनन् । सरकारको स्पष्ट दृष्टिकोण र सोच नभएका नेताको कारण ४० वर्षअघिको राजमार्ग अहिलेसम्म जस्ताको तस्तै छ । दाइजो प्रथा र मिटरब्याज कायम छ । महिलाहरूको हिंसा त्यस्तै छ । विकास निर्माणको स्थिति खराब छ । आजको दिनसम्म कृषिप्रधान देशमा मल छैन । मल नभएको कारणले किसानले सुखको अनुभूति गर्न पाएनन् । देशमा असल नेता कम भएकोले देशको राजनीति बिग्रेको हो । असल राजनीति नहुँदा देश र समाज पछि परेको छ । अतः देशद्रोहीलाई मङ्सिर ४ गते भोट दिनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *