व्यवसाय दर्ता तथा सञ्चालन ऐनहरू एक चर्चा
- कार्तिक १४, २०८३
राजनीति तरल हुनुपथ्र्यो, सलल बग्नुपथ्र्यो । राजनीति भनेकै तरलता हो, सरलता हो । तर, त्यो सरलता एवं तरलता नेपालको राजनीतिमा देखिएन । नेपालको राजनीति जम्यो, बाक्लियो । उदाहरणका लागि भक्तपुरको ‘जुजु धौ’ जस्तो भो । सत्ता यस्तो आकर्षक हुँदोरहेछ पाएपछि नछोड्ने । के शक्ति छ राजनीतिमा एकपल्ट पाएपछि छोड्दै नछोड्ने । तैपनि विश्व परिवर्तनशील छ । बढी समय राजनीतिमा बसे पनि केही सय वर्ष हो । इतिहासका पाना पल्टाउँदा वा हेर्दा संसारमा कुनै वंशले पनि एक हजार वर्ष नघाएका छैनन् । यसको तात्पर्य राजनीति तरल हुँदोरहेछ भन्ने स्पष्ट भयो होइन र ? यो तथ्य अङ्गीकार गर्ने हो भने कुनै वर्ग र वंश पनि तयार छैन, देखिँदैन । अझ नेपालमा त राजनीतिलाई वंशमा लैजाने इच्छा पनि राजनीतिक नेताहरूमा खासै पाइँदैन । नेपालको विगत पल्टाउँदा गोपालवंशदेखि आजसम्म एउटै वंशले हजार वर्ष राज गरेको पाइँदैन । अब अहिले केही शक्तिमा आफै बस्ने, त्यो नभए श्रीमतीलाई राख्ने त्यो पनि अनुकूल नपरे छोरा, छोरी, त्यो पनि अनुकूल नपरे बुहारीलाई नै भए पनि पदमा, शक्तिमा राख्ने अभ्यास भइरहेको छ । यस्तो सोच वास्तवमा नै प्रजातान्त्रिक, गणतान्त्रिक र जनतान्त्रिक त हुँदैन होइन । तर, नेपालमा भइरहेको छ त्यही । शेरबहादुरपछि आरजु राणा देउवा, त्यसपछि गोरखबहादुर देउवा पङ्क्तिमा छन् । अरु पनि धेरै दलमा यो परिवारवादको अभ्यास चलिरहेको छ । श्रीमान् बितेपछि श्रीमतीलाई सांसद बनाउन उदाहरण गणतन्त्र नेपालमा मनग्य छन् ।
गतिमान बनाऊ, होइन गतिहीन
यी सबै केका उदाहरण हुन् भने राजनीति तरल, सरल नभएकोले हो । अब अहिले राजनीति सलल नबग्नुको उदाहरण पनि यही हो भन्ने लाग्छ । नेतृत्व उदार भएन, नेतृत्व सामन्ती भयो भन्न अहिले जुन अवस्था देखापरेको छ त्यो नै प्रशस्त भएन र ? अहिले नेपालको औपचारिक राजनीति गठबन्धनमा चलिरहेको छ । सङ्घीय संसद् र प्रादेशिक संसद्मा सत्तारुढ गठबन्धनका कुन दलका कति जना रहने भन्ने कुरामा गाँठो परेको छ । सहमतिको प्रयास निकै अघिदेखि जारी छ । नेपालमा पार्टी एउटा भो । पार्टीभित्र उपपार्टी धेरै छन् । पार्टीलाई मात्र चित्त बुझेर मुद्दा छिनिँदैन । उपपार्टीहरूलाई पनि चित्त बुझ्नुपर्छ । यो काम सरल छैन । मेरो सामान्य विश्लेषण यसो हेर्छ, राजनीतिमा पैसा पस्नु हो । सङ्घीय संसद्मा गणपूरक सङ्ख्या नपुगेर बैठक चल्दैन । यदाकदा अपवादमा यस्तो हुनु अस्वाभाविक नहोला तर हाम्रो संसद् एकै हप्तामा तीन–चार चोटि संसद् बैठक रोकिएका खबर आइहाल्छन् । एकातिर सत्तारुढ गठबन्धन आपसमा स्थान बाँड्न नसकेर छुट्टी, अर्कोतिर संसद्को बैठक स्थगित गर्नुपर्ने–चार भागको एक भाग पनि सांसद बैठकमा नबसे र ¤ कस्तो अन्तर्घाती अवस्था ¤ यो राजनीतिक पार्टीका नेताहरूकै कारण भएको हो छर्लङ्ग छैन र ? पार्टीका ठूला नेता नै जब सदनको बैठकलाई प्राथमिकता दिँदैनन् । त्यस्तो नेतृत्वलाई किन मान्ने भन्ने प्रतिक्रिया आउँछ कहिले त ? राजनीतिलाई गतिमान बनाऊ, गतिहीन होइन ।
सेवा कि मेवा एउटा रोजौँ
पार्टी राजनीतिलाई कमाउनेमात्र बनाएपछिको परिणाम हो यो । लौन न राजनीति कमाउने भाँडो होइन विशुद्ध सेवा गर्ने मञ्च हो भन्ने गराऊँ । सांसद हुने लोभी र पापी मान्छेले राजनीतिक दलको छायाँ पर्ला भनी भाग्छ । के यो राजनीति भो ? त्यसो गर्ने आँट छ ? पार्टीको उच्च नेतृत्वमा । सांसद मन्त्री हुन नपाउने पद्धति बसालौँ त परिणाम कस्तो आउला ? संसारका कतिपय देशले यो प्रणाली लागू पनि गरिसकेका छन् जहाँ सांसद हुन कुनै कष्ट नै हुँदैन । प्रत्येक समाज र समुदायमा सेवालाई एक नम्बर दिने सन्तान पनि जन्मेका छन् । के हाम्रो आजको नेतृत्व राजनीतिलाई कमाउने र नाफा गर्ने भन्नेमात्र ठान्छ हो ? लौ न कमाउनमात्र लाग्ने हो भने राजनीतिमा होइन व्यापार–व्यवसायमा लागौँ । राजनीतिलाई सेवा गर्नेहरूलाई छोडिदिउ त ¤ हुन्छ ? हुँदैन त्यो त हुँदैन भनेको होइन हिजोमात्रै ? जनताको विशुद्ध सेवा गर्छु भनेर लाग्ने सेवाको फाँटमा तब विजयको माला लगाएपछि सेवा बिर्सने मेवा खोज्ने ? मेवा खोज्ने हो भने त्यो बाटो पनि खुला छ । त्यतै लागे भैगो नि ? मेवा खोज्ने बाटाहरू पनि प्रशस्त छन् त्यतै लागौँ न ? कुम्ल्याउन पाइन्छ । यहाँ त सेवा गर्ने बाटो रोज्ने, खोज्नुपर्ने मेवा ? यो मिलेन, पटक्कै मिलेन । त्यो बाटो नभएको भए एउटा कुरा तर त्यो मेवा कमाउने विकल्प नभएको कहाँ हो र ? नेताहरू अहिल्यै विचार गर्नु राम्रो सेवा गर्ने कि मेवा कमाउने । तर के भने पक्कै हो सेवा र मेवा सँगै सम्यक हुँदैन ।
कि गरौँ नत्र छोडौँ
सत्तारुढ गठबन्धन सधैँ भन्ने गर्छ, हामी सहमति नजिक पुग्यौँ । अमुक बैठकपछि यो टुङ्गिन्छ । तर कति भो यसो भन्ने गरिएको ? होस छ ? होस भए यसो घोत्लिनोस् त ? ममात्र हो र तपाईं अझै आत्तिनु हुन्छ । म त पत्याउँदिन तपार्इँको कुरा । तर मेरो जिज्ञासा तपाईंको परिवारका मान्छे पत्याउँछन् । अनि तपाईंको त्यो घरमा के स्थान ? घरमा, परिवारमा, मावलीमा, ससुरालीमा समेत पत्यार पार्न नसक्ने मान्छेको । समाजमा मूल्य हुन्छ ? भाउ हुन्छ ? यस दिशातिर कहिल्यै सोच्नुभएको छ ? तपाईंसँग परिवारका सदस्यहरूको, इष्टमित्रहरूको पनि पक्कै अपेक्षा थियो होला तर त्यो पूरा हुने अपेक्षा गर्छन् अहिले पनि ? तपाईं भूमिगत हुँदा को को कहाँ कहाँ कसी सघाए ? यसो गम खानोस् त ? तपाईंलाई लुकाएर राख्न कस्ताको सकस भोग्नुपथ्र्यो गृहस्थहरूले । यसो पुनरावलोकन गर्नु नि ? कहिलेकाहीँ । भएन है भएन । यही पद र पैसामा लोभ गर्नु थियो भने धेरै ठाउँ छ अहिले पनि राजनीति छोडिदिनुस् । बाटो नरोक्नोस् । कति कमाउनु भो अहिलेसम्म । पहिले सापट भनेर लिएको पैसो लिइसक्यो । चन्दा भनेर लिएको भए तिर्नुपरेन । सापट भनेर लिएको भए तिर्नुप¥यो नि ¤ हामीलाई राजनीति बनाउने अधिकार छ बिगार्ने अधिकार छैन । नेताहरू बनाउनेतिर लागौँ बिगार्नेतिर नलागौँ । राजनीतिप्रति आस्थावान हुनुप¥यो । नसक्ने हो भने पन्छिनु प¥यो । आजको चालाले हामीलाई माथि लाँदैन । तल भीरमा खसाल्छ । के हो स्पष्ट होऊ ।र
Leave a Reply