सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतको गोटी भएको आरोप खेप्दै आएका छन् । उनका विभिन्न क्रियाकलापले यस्तो आरोपको पुष्टि गर्दछ ।
केही महिनाअघि अध्यक्ष प्रचण्डले भारतको भ्रमण गरेर फर्किने बित्तिकै नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट पारित गराउन मुख्य भूमिका खेले । राष्ट्र हितविपरीतको प्रावधान रहेको भन्दै व्यापक विरोध भइरहेको यो विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नैपर्ने प्रचण्डले बताइरहेका छन् ।
यसैबीच चुनावको मुखैमा प्रचण्डले गरेको अर्को गोप्य भेटलाई लिएर माओवादीकै नेता कार्यकर्ता आक्रोशित छन् । प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न श्रीवास्तव २२ सिडि ३५ नम्बरको गाडीमा शनिबार खुमलटार पुगेको स्रोतले बतायो ।
स्रोतका अनुसार श्रीवास्तवसँगै नेपालका लागि भारतीय गुप्तचर संस्था रअका स्टेसन प्रमुख राघव भटनागर दाहाल निवास पुगेका थिए । नागरिकता विधेयक, सत्ता गठबन्धनबीच सीटको बाँडफाँड र चिनियाँ जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने तयारी भइरहेको बेला भारतीय राजदूतले दाहाललाई भेट्नुलाई अर्थपूर्णरूपमा लिइएको छ ।
प्रचण्डको गोप्य भेटको खबर विभिन्न अनलाइन मिडियाहरूमा आएपछि माओवादीकै नेता कार्यकर्ताले यही बेला किन यस्तो भेट गरेको होला भन्दै प्रचण्डमाथि प्रश्न उठाएका छन् ।
दाहालले पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक अस्वीकार गर्ने भए राजीनामा दिएर सडकमा आउन भनी अभिव्यक्ति दिनुका साथै आफू र प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणबारे चिनियाँ राजदूतले चासो राखेको बताएका थिए ।
दाहालले चिनियाँ राजदूतको प्रसङ्ग निकालेको भोलिपल्ट भारतीय राजदूत रअ प्रमुखलाई लिएर खुमलटार पुगेका हुन् । माओवादी अध्यक्ष दाहाल चीन भ्रमणमा जाने तयारीमा छन् ।
तर, चिनियाँ पक्षले भने उनको भ्रमणको लागि ग्रीन सिग्नल नदिएको स्रोत बताउँछ । दाहालले आगामी मङ्सिरपछि हुने निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रयास सुरु गरिसकेका छन् ।
दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्न खोजे पनि चिनियाँ पक्षले भने त्यो सम्भव नभएको जवाफ दिएपछि दाहाल निरास बनेको बताइन्छ । उनले भारतपछि जापानको भ्रमण गरेका थिए । दाहालको भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम भने अन्तिममा रद्द गरिएको थियो ।
रअ प्रमुख सामन्त गोयलले उनको भेट रोकेको चर्चा छ । पछिल्लो समय दाहाल र अमेरिकी अधिकारीहरूबीच बाक्लो छलफल हुने भएको छ । उनले अमेरिका भ्रमणका लागि प्रयास गरिरहेका छन् ।
Leave a Reply