भर्खरै :

हंसबाहिनीमा ट्रयाकसुट वितरण

हंसबाहिनीमा ट्रयाकसुट वितरण

भक्तपुर, ३० भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा हंसबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बुधबार ट्रयाकसुट तथा छात्रवृत्ति वितरण गरियो ।
कार्यक्रममा वडा सदस्य तारादेवी शाक्यले बाल विकास र बाल संरक्षण बालबालिकाहरूको नैसर्गिक अधिकार भएकोले परिवारजन, सरकारपक्षले बालबालिकाको विकासमा अहम् भूमिका खेल्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालले विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण राम्रो बनाउन शिक्षक–अभिभावकको सम्बन्ध राम्रो हुनुपर्ने भएकोले यसतर्फ कार्यरत शिक्षकहरूले ध्यान दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा ज्ञानकुमार मगजू, कृष्णबहादुर मुलगुठी, प्रअ सूर्यबहादुर फोजू, शिक्षकद्वय लक्ष्मीश्वरी कर्मचारी र चन्द्रलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *