नेपालीहरू भारतविरोधी होइनन् – ३
- कार्तिक १३, २०८३
काठमाडौँ, ३१ भदौ । देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले शुक्रबार काठमाडौँमा विरोध जुलुस तथा सभा आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सच्चा नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ तर विदेशीलाई नागरिकता दिन नहुने विषय सुरुदेखि नै उठाउँदै आएको बताउनुभयो ।
उहाँले लुम्बिनीमा ध्यान गर्न आएका भारतीय प्रम मोदीलाई देउवा सरकारले अरूण ४ लगायतका नदीनाला सुम्पनु गलत भएको बताउँदै विदेशीहरूले सहयोगको नाममा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको र यही सिलसिला चालू रहे नेपाल सिक्किम बन्ने खतरा रहेको उल्लेख गर्नुभयो ।
आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने विषय संविधान निर्माणकै बेला नेपाल मजदुर किसान पार्टीले जोड दिएको उल्लेख गर्दै सांसद सुवालले नागरिकता विधेयकमा नेपालीसँग विवाह गरेका विदेशी महिलालाई तत्काल अङ्गीकृत नेपाली नागरिकता दिने, जन्मको आधारमा विदेशीसमेतले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्नेमा सो नगरी उनीहरूका सन्तानलाई वंशजको नेपाली नागरिकता दिनु देश र जनताको हितमा नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले विदेशीहरूको इसारामा नेपालका लेण्डुपहरूले देशघाती नागरिकता विधेयक ल्याएर देशको सार्वभौमिकता धरापमा पार्न खोजेको हुँदा देशभक्त नेपाली जनताले प्रतिकार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शासक दलहरूले एमसीसी सम्झौता संसद्बाट बहुमतले पारित गरे पनि नेपाली जनताले नस्वीकारेको हुँदा एकदिन नेपाली जनताले खारेज गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देश र जनताको विरुद्ध जानेहरूलाई भावी पुस्ताले धिक्कार्नेछन् ।”
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेपालको सार्वभौमिकता र भूअखण्डता जोगाउन पटक–पटक सङ्घर्ष गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै नेपाली जनताको भावनाविपरीत रहेको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो । काठमाडौँको रत्नपार्कबाट सुरु भएको विरोध जुलुस बागबजार, पुतली सडक, प्रदर्शनी मार्ग, सहिदगेट, न्युरोड, असन हुँदै रत्नपार्कमा आएर विरोध सभामा परिणत भएको थियो ।
Leave a Reply