नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
काठमाडौँ, ३१ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेट ढिलो हुँदा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका बिरामीको उपचार र ख्वप कलेजहरूका विद्यार्थीहरूको अध्यापनमा अवरोध भएको उल्लेख गर्दै सभामुखमार्फत सम्बन्धित मन्त्रीलाई नेट छिटो हुने व्यवस्थाको लागि निर्देशनको आग्रह गर्नुभयो ।
संरा अमेरिका नेतृत्वको पुरानो विश्व सुरक्षा व्यवस्था विश्वमा द्वन्द्व, विनाश तथा युद्ध निम्त्याएको, एक ध्र्र्रुव र प्रभुत्वको वकालत र अभ्यास गरेको उल्लेख गर्दै सांसद सुवालले गत अप्रिल १८ देखि २१ सम्म चलेको बोआओ सम्मेलन (भिडियो कन्फरेन्स) मा चीनका राष्ट्रपति सि चिनफिङले बहुधु्रव तथा बहुपक्षीयता, विश्व शान्ति, सुरक्षा र स्थायीत्वका लागि साझा अगुवाइ एवम् सहकार्य उद्देश्यका साथ विश्व सुरक्षा अगुवाइ (जीएसआई) प्रस्ताव गर्नुभएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले जीएसआई प्रस्ताव अमेरिकी नेतृत्वको नाटो, क्वाड, पाँच आँखा, अन्जुस, अउकस, एमसीसी सम्झौता, आईपीएस, एसएसपीजस्तो सैन्य मोर्चा नभएको पनि स्पष्ट गर्नुभयो ।
Leave a Reply