भर्खरै :

संविधान संशोधन प्रस्ताव अस्वीकृत, नेमकिपा विपक्षमा

काठमाडौं, ५ भदौ । अङ्गीकृत नागरिक पनि वंशज सरह राष्ट्रप्रमुख लगायत मुख्य मुख्य पदमा जान पाउने, प्रदेशहरूको सीमा हेरफेर गर्ने, प्रदेशहरूबाट राज्यसभा सदस्य निर्वाचन समान सङ्ख्यामा गर्न पाउने अधिकार हटाई जनसङ्ख्याको आधारमा गर्नेलगायत देश र जनविरोधी प्रावधानसहितको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव अन्ततः असफल भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) लगायत चारै जना सांसदहरूले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियो । 

 
मधेसी मोर्चामा आवद्ध दलहरूको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भदौ ३ र ४ गते दफावार छलफल पछि ५ गते सोमबार निर्णयार्थ मतदान प्रक्रियामा लगिएको हो । तर सदनमा तत्काल उपस्थिति सदस्य सङ्ख्याको दुईतिहाइ मत नपुगेपछि विधेयक अस्वीकृत भएको छ ।
नेपाल मजदुर किसान पार्टी, एमाले, राजमो, राप्रपालगायत पार्टीहरूले विधेयकको विपक्षमा मतदान गरेका थिए भने सत्तारूढ नेका, माओवादी केन्द्र, फोरम (लोकतान्त्रिक) सङ्घीय समाजवादी फोरम, राजपलगायतले विधेयकको पक्षमा मतदान गरेका थिए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) लगायत चारै जना सांसदहरूले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियो ।
पहिले विधेयकको विरोध गर्दै आएको ५ सांसद सहितको नेकपा मालेका सांसदहरू सोमबार आएर आफ्नो अडान त्याग गर्दै मतदानमा भाग नलिने भन्दै संसद बैठकबाटै बाहिरिएका थिए । मालेको कदमलाई नेका–माओवादी केन्द्र सरकारमा सामेल हुने खुटा उचालीको अर्थमा विश्लेषण गरिएको छ ।  मतदानमा समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरूमध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा र २०६ जनाले विपक्षमा मत हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *