कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल क्रान्तिकारी मजदुर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी डकर्मी सङ्घको पुनःगठन एवम् १० औँ बृहत् डकर्मी भेलाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले कुनै सङ्घ, सङ्गठनमा आबद्ध हुँदा पेशागत हकहितबारे एकीकृतरूपमा आवाज उठाउन मद्दत पुग्ने बताउँदै पेशाकर्मीहरूको समस्या समाधानमा पनि सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेमकिपा र नेमकिपाका पेशागत सङ्गठनले इमानदारिता, पारदर्शिता र आत्मनिर्भरतामा जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुरलाई संसारकै हेर्नलायक सुन्दर नगरको रूपमा विकास गर्न भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
उहाँले समाजवादी देश क्युवाको चिकित्सा विज्ञान निकै अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै भक्तपुरका जनतालाई सहज र सुलभरूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नपाले १०० बेडको ख्वप अस्पताल सञ्चालनमा ल्याई हाल अस्पतालबाट निःशुल्करूपमा रगत र अक्सिजन वितरण गरिरहेको अवगत गराउनुभयो ।
प्रमुख प्रजापतिले डकर्मीहरू व्यवहारिक सीप र ज्ञान भएका प्राविधिक र इन्जिनियरसरह रहेको बताउँदै डकर्मीहरूले भक्तपुरलाई सुन्दर नगरको रूपमा विकास गर्न घरधनीहरूलाई मौलिक स्वरूपमा घर निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एमसीसी र एसपीपीजस्ता देशघाती सम्झौताले नेपाललाई विदेशीहरूको दास बनाउने प्रस्ट पार्नुभयो । उहाँले कुनै पनि पेशागत सङ्घ तथा सङ्गठनले सामूहिक हितमा काम गर्नुपर्ने धारणा राख्दै एकता नै बल हो भन्ने हिसाबले राजनैतिकरूपमा सङ्गठित र प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नागरिकता विधेयक देशको हितमा नभएको चर्चा गर्दै यसको खारेजीको माग राखी नेमकिपाले देशका विभिन्न जिल्लाहरूमा विरोधका कार्यक्रम चालु राखेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामजदुरसङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले डकर्मीहरू प्रविधिमैत्री भएनन् भने आफ्नो पेशाबाट पछि हट्न सक्ने स्थिति उत्पन्न हुनसक्ने बताउँदै भक्तपुर नपाले विदेशी सहयोगविना पुनःनिर्माण गरिएको सम्पदाको आकर्षण र महत्व देशमा मात्र नभई छिमेकी देशहरूको निम्ति महत्वको विषय बनेको बताउनुभयो ।
सङ्घका अध्यक्ष विष्णुराम दुमरुले सङ्घमा आबद्ध हुनुको उद्देश्य र महत्वबारे प्रस्ट पार्दै सङ्घले पेशाकर्मीहरूको हकहितमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेक्रा सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछु, वडा नं. ४ का वडाध्यक्ष एवम् सङ्घका सल्लाहकार उपेन्द्र सुवाल, नेपाल इको प्यानलका कृष्णभक्त दुवाललगायतले बोल्नुभएको थियो ।
भेलाले सङ्घका अध्यक्ष विष्णुराम दुमरुको अध्यक्षतामा २० सदस्यीय नेपाल क्रान्तिकारी डकर्मी सङ्घ पुनःगठन गरेको छ ।
Leave a Reply