भर्खरै :

भृकुटी र नेपाल–चीन सम्बन्ध – ३

बाबुराम आचार्यका अनुसार ध्रुवदेवपछि लगत्तै सोझा प्रवृत्तिका दाइ उदयदेव ध्रुवदेवको गद्दीमा गद्दीसीन हुनुभएको देखाउँछ । तथापि, वर्ष दिन पनि बित्न नपाउँदै युपग्राम भेगका अर्का शक्तिशाली सामन्त चन्द्रवर्मा गोमीले नयाँ राजा उदयदेवको विरूद्धमा राजनीतिक विद्रोह चलाइरहेका थिए । त्यही मौका छोपी आभीर वंशी जिष्णुगुप्तले सन् ६२३ ताका तत्कालीन युपग्रामस्थित नेपाल अधिराज्यको राजसत्ताबाट पदच्युत गराउँदै ध्रुवदेवलाई नै महाराजाधिराजका रूपमा मानगृहको राजसिंहासनमा राखिदिनुभएको बुझिन्छ (ऐजनः पृ. १२७) ।
यही बीचमा राजा उदयदेव आफ्ना छोरा नरेन्द्रदेवलाई लिएर यसै समय (सन् ६२३/२४) ताका तिब्बत पलायन हुनुभएको कतिपय स्रोतहरूको अनुमान रहे पनि यो अध्ययनले त्यसो नभई भृकुटीको विवाहपछि सन् ६३४ ताका राजा उदयदेव र छोरा नरेन्द्रदेव तिब्बत जानु भएको हुनसक्ने घटनाक्रमका तथ्यहरूबाट सङ्केत पाइन्छ । केही तिब्बती स्रोत र अन्य स्रोतहरूले त यतिसम्म भनेको पाइन्छ : नरेन्द्रदेव सन् ६२३/२४ ताका तिब्बत गएकै छैनन् । तत्कालीन राजनीतिक घटनाक्रमको परिणामबाट राजा उदयदेव तिब्बततर्फ नलागी कुर्पासीमा राजा अंशुवर्माको दरबारमा आई बस्नुभएको कुर्पासीको स्रोत भनिरहेको छ । यसरी कुर्पासी र युपग्रामद्रङ्गको कनेक्सनका चरहरू आकर्षित देखिन्छन् । तत्कालीन धार्मिक सांस्कृतिक व्यापारिक शक्तिको केन्द्र साँखु थियो भने तत्कालीन राजनीतिक शक्तिको केन्द्र युपग्रामद्रङ्ग थियो । तत्कालीन युपग्रामद्रङ्गलाई हाल पाटन सहरको नामले चिनिन्छ । अंशुवर्मा, उदयदेव, नरेन्द्रदेव, भृकुटीको सन्दर्भमा कुर्पासी र युपग्राम आवासीय दरबार (राजनिवास) र नेपाल दरबार (राजकाज कार्यकक्ष) ओहोरदोहोरको केन्द्र थिए । विशेषतः नरेन्द्रदेव र भृकुटीकालीन समयमा पाटन राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिको केन्द्र थियो । यो सहर नेपालको प्राचीन राजधानी सहर पनि हो । चिनियाँ (तिब्बती) बौद्ध भिक्षुहरू, धार्मिक दूतहरू, प्रशासक, कूटनीतिज्ञ, व्यापारिक, व्यावसायिक सबैको केन्द्र पाटन सहर थियो ।
अंशुवर्मा, उदयदेव, नरेन्द्रदेव, भृकुटीको दिनचर्याको मेलो पनि तत्कालीन ऐतिहासिक नगरी कुर्पासी र युपग्रामद्रङ्ग (हालको पाटन सहर) बीच आउजाउ बाक्लिएको बुझिन्छ । तर, तत्कालीन ऐतिहासिक युपग्रामद्रङ्ग राजनीतिक शक्तिको केन्द्र भएकोले राज्यसत्तामा कमजोर राजा र भाइ भारदारहरूको पहुँच यहाँको दरबारमा कमै पुग्ने गरेको पाइन्छ । राजा नरेन्द्रदेवलाई युपग्रामद्रङ्गका स्थानीय बासिन्दाहरूले जस्तोसुकै समस्या परेको बेलामा पनि ठूलो सहयोग गर्ने गर्थे भने राजा नरेन्द्रदेव पनि युपग्रामद्रङ्गवासीका लागि देवता समान कहलिनु भएको थियो । ती समयहरूमा नरेन्द्रदेवकी बहिनी तिब्बतकी महारानी भृकुटी आफ्नै घर ल्हासास्थित पोटाला दरबारमा विराजमान हुनुहुन्थ्यो । तत्कालीन धार्मिक सांस्कृतिक–व्यापारिक शक्तिको केन्द्र साँखु थियो भने तत्कालीन राजनीतिक शक्तिको केन्द्र युपग्रामद्रङ्ग थियो । अंशुवर्मा, उदयदेव, नरेन्द्रदेव, भृकुटीको सन्दर्भमा कुर्पासी र युपग्राम आवासीय दरबार (राजनिवास) र नेपाल दरबार (राजकाज कार्यकक्ष) ओहोरदोहोरको केन्द्र थिए । विशेषतः नरेन्द्रदेव र भृकुटीकालीन समयमा पाटन राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिको केन्द्र थियो । यो सहर नेपालको प्राचीन राजधानी सहर पनि हो । चिनियाँ (तिब्बती) बौद्ध भिक्षुहरू, धार्मिक दूतहरू, प्रशासक, कूटनीतिज्ञ, व्यापारिक, व्यावसायिक सबैको केन्द्र पाटन सहर थियो । स्थानीय स्रोतहरूका अनुसार अंशुवर्मा, उदयदेव, नरेन्द्रदेव, भृकुटीलगायतका तत्कालीन राजघराना, भारदारहरूको राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रहरूमा आउजाउ र चहलपहल बढ्ने गरेको पाइन्छ । त्यस सिलसिलामा अंशुवर्मा, उदयदेव, नरेन्द्रदेव, भृकुटीको व्यवहारहरूका लागि कुर्पासी, युपग्रामद्रङ्ग, शंखमूल, हाँडीगाउँ, लगन मञ्जुश्री टोल, विशालनगर, गोकर्ण, साँखुजस्ता भएकाले राज्यसत्तामा कमजोर राजा र भाइ भारदारहरूको पहुँच यहाँको दरबारमा कमै पुग्ने गरेको पाइन्छ । राजा दिनचर्याको मेलो पनि कुर्पासी र युपग्रामद्रङ्गबीच आउजाउ बाक्लिएको बुझिन्छ । तर, युपग्रामद्रङ्ग शक्तिको केन्द्र नरेन्द्रदेवलाई युपग्रामद्रङ्गका स्थानीय बासिन्दाहरूले जस्तोसुकै समस्या परेको बेलामा पनि ठूलो सहयोग गर्ने गर्थे भने राजा नरेन्द्रदेव पनि युपग्रामद्रङ्गवासीका लागि देवता समान कहलिनुभएको थियो ।
भृकुटी लिन तिब्बती मन्त्रीद्वय गार तोङत्सेन युलसुङ र थोनमी साम्भोटाको नेपाल आगमन
तत्कालीन तिब्बती राजा (व)स्रोङ(व) त्सन (स)गम पोले थाल्नुभएको तिब्बतको एकीकरण अभियानको क्रमिक सफलतासँगै दक्षिणी सँधियार देश हिमवत् खण्ड (हिमालय) नेपालकी राजकुमारी भृकुटीसँग विवाह गर्ने इच्छा प्रकट गरी आफ्ना मन्त्रीद्वय गार तोङत्सेन युलसुङ र थोनमी साम्भोटालाई भृकुटीको हात माग्न नेपाल पठाउनुभएको थियो । राजाको सो आदेश शिरोपर गर्दै मन्त्रीद्वय ल्हासाबाट केरूङको बाटो हुँदै नेपाल आउनुभएको देखिन्छ । त्यो समय यकिनसाथ भन्न नसकिए पनि घटनाक्रमहरूका समय, चरहरू र मणि काबुममा लेखिएको तथ्यलाई आधार मानी केलाउँदा तिब्बती क्यालेन्डरअनुसार अटम महिनाको ८ गते (मणि काबुममा ऋतु र दिन उल्लेख गरेको भेटिए पनि वर्ष उल्लेख गरेको पाइँदैन । यद्यपि, तिब्बती र केही नेपाली ऐतिहासिक स्रोतहरूको अध्ययन गर्दा त्यस वर्ष सन् ६३२ ताका हुनसक्ने सङ्केत पाइएको छ) तिब्बती मन्त्रीद्वय वि.सं. ६८९ को आश्विन अन्तिम हप्ताताका तद्अनुसार सन् ६३२ को अक्टोबरताका तिब्बतबाट नेपालतर्फ प्रस्थान गर्नुभएको बुझिन आएको छ । अटम महिना भन्नाले सामान्यतया नेपाली वेल्ट र सँधियार तिब्बती वेल्टमा शरद् ऋतु अर्थात् आश्विन/कार्तिक महिनालाई बुझिन्छ । यसरी हेर्दा मन्त्रीद्वयलगायतका विवाह प्रतिनिधिमण्डल सन् ६३२ को डिसेम्बर अन्तिम हप्ता तदनुसार वि.सं. ६८९ मङ्सिरको तेस्रो हप्ता ताका केरूङ–रसुवागढी हुँदै नेपाल आइपुगेको अनुमान गर्न सकिन्छ । तर, कतिपय विद्वानहरूले भृकुटी र (व) स्रोङ (व) त्सन (स) गम पोको विवाह भएको समय फरक–फरक लेखेको पाइएकोले यससम्बन्धी थप खोजको आवश्यकता रहे पनि भृकुटी र (व) स्रोङ (व) त्सन (स) गम पोको वैवाहिक बन्धन सन् ६३३ ताका भएको हुनसक्ने ऐतिहासिक घटनाक्रमले देखाएको पाइन्छ । यसमा धेरैको सहमति रहेको पाइएको छ । यद्यपि, यस सम्बन्धमा केही अङ्ग्रेज विद्वानहरूको धारणा यस्तो छ :
‘… … … अङ्ग्रेज विद्वान डे मिलोइले भृकुटीको विवाह सन् ६२८ देखि सन् ६३१ (वाच ? भी : १० जून २०१९) हुनसक्ने अनुमान गरेका छन् । त्यसैगरी, भारतका विद्वान ए.सी.दासलगायतले भृकुटीको विवाह भएको समय सन् ६२८ देखि सन् ६४१ बीचको देखिन आएको (आइवीआइडी) बुझिन्छ ।
अर्को एक स्रोतले पनि भृकुटीको विवाह समय सन् ६३२ र ६३४ को बीचमा सन् ६३३ ताका भएको हुनसक्ने अनुमान गरेको छ । ‘… … … भेल्सासँगको विवाह सन् ६३२ र सन् ६३४ को बीचमा भएको हुनसक्छ’ (स्मिथ, डब्लु. डब्लु. जीआर. । सन् १९८९ : पृ.६१ । तिब्बती नेसन ए हिस्ट्री अफ तिब्बती नेस्नालिजम् एन्ड सिनो–तिब्बती रिलेसन्स । न्यु दिल्ली : रूपा कम्पनी । ओल्ड तिब्बती एन्नाल्स, हेयर आफ्टर ओटिए १.२) ।
एक अर्को स्रोत भन्छ : ‘सातौँ शताब्दीमा तिब्बतका राजा (व) स्रोङ (व) त्सन (स) गम पोले नेपाली राजकुमारी भृकुटीसँग ई.सं.६३३ मा विवाह गर्नुभएको थियो र चिनियाँ राजकुमारी वेङचेन कोङचोसँग ई.सं.६४१ मा विवाह गर्नुभएको थियो’ (शाक्य, मीनबहादुर । सन् २००९ : पृ.२ । ‘दि लाइफ अफ नेपालिज बुद्धिष्ट मास्टर बुद्धभद्र (३५९–४२९ सन्) चिनियाँ स्रोहरूबाट’ । काठमाडौँ : चाइना स्टडी सेन्टर ।
चीन (तिब्बत) र भुटानमा गएर तिब्बती स्रोत र भुटानी स्रोतहरू जुटाएर त्यसबारे गहिरो स्थलगत अध्ययन अनुसन्धान गर्नुभएका मीनबहादुर शाक्यको खोजबाट प्राप्त तथ्याङ्कले चर सङ्ख्या ‘सन् ६३३’ लाई प्रस्तुत गर्नुभएको देखिन आउँछ । पाद टिप्पणी नं.१ मा हितनारायण झा, भुवनलाल प्रधानलाई उद्धृत गर्दै प्रस्तुत गर्नुभएको भृकुटी राजा उदयदेवकी छोरी, नरेन्द्रदेवकी बहिनी हुन् भन्ने तथ्य (मानन्धर, विजयकुमार । सन् २००४ : पृ. ३० । ‘ए कम्प्रिहेन्सिभ् हिस्ट्री अफ नेपाल–चाइना रिलेसन्स अप टु १९५५ ए.डी. भोलुम आई’ । न्यु दिल्ली : एड्रोइट पब्लिसर्स ।)
अतः विजयकुमार मानन्धरको सो कृतिको पाद टिप्पणी नं.१ मा उल्लिखित भृकुटी अंशुवर्माकी छोरी होइनन् भन्ने भुवनलाल प्रधानको धारणासँग पनि मेल खाएको देखिन्छ । अर्को एक तिब्बती स्रोत लेख्छ : (व) स्रोङ (व) त्सन (स) गम पोले सन् ६३३ मा नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका थिए जसले मिगजुर दोर्जी नामक ‘८’ वर्ष पुरानो शाक्यमुनि बुद्धको मूर्ति, मैत्रेय बुद्धको मूर्ति, श्रीखण्डले बनेको ताराको मूर्ति र अन्य उपहारहरू नेपालबाट तिब्बत लगेको पाइन्छ (लियाओ, तोफान । सन् २०१५ : पृ.२२ । ‘दि एनेक्डट्स् एवाउट ल्हासा’ । नेपाल : करेन्ट पब्लिकेसन प्राइभेट लिमिटेड । उद्धृत चाइना तिब्बतोलोजी पब्लिसिङ्ग हाउस ।) ।
यसरी चीनको थाङ (नेपाली उच्चारणमा ‘ताङ’) वृत्तान्तमा उल्लिखित तिब्बती शासक (व) स्रोङ (व) त्सनकी एक जना रानी नेपाली राजकुमारी भएको तथ्यलाई वर्तमान जनगणतन्त्र चीन सरकारले पनि मान्यता दिएको छ । त्यसैगरी, भृकुटीको विवाहको सन्दर्भमा अर्को तिब्बती स्रोतबाट यस्तो पनि बुझ्न सकिन्छ, त्यो के हो भने थाङ एनल्सका अनुसार उदयदेव सन् ६३१ मा गद्दीसीन भइसकेपछि विष्णुगुप्तले उनकै भाइ ध्रुवदेवलाई लिच्छवि राजप्रसादमा राखे र उदयदेवलाई पदच्युत गर्नुभयो । तिब्बती आचार्य कृति टुल्कु लोब्शाङ तेन्जिनले (व) स्रोङ (व)त्सनको विवाह सन् ६३२ मा ‘ह्वेशार गोचा’ की छोरी भृकुटीसँग भएको उल्लेख गर्नुभएको छ । ‘एचटीटीपीः//स्पिरिच्युअलबुक्स डटकम ब्लगस्पोट डटकम’/२०११/०६/ लाइफ–एन्ड–कन्ट्रिव्युसन–अफ–नेपालिज डट एचटीएमएल) ।
यसरी कृति टुल्कु लोब्शाङ तेन्जिनले उल्लेख गर्नुभएको विवाह वर्ष सन् ६३२ को सन्दर्भमा उता, तिब्बतमा (व) स्रोङ (व) त्सनले आफ्नो प्रार्थना/ध्यान गर्ने क्रममा नेपालकी राजकुमारी भृकुटी १६ वर्ष पुग्नुभएको कल्पना गरी तिब्बती मन्त्रीद्वयलाई नेपाल पठाउँदाको समयक्रम (अनुमानित सन् ६३२) लाई नै भृकुटीसँग विवाह भएको ठानेर सन् ६३२ उल्लेख गरेको पनि हुन सक्छ । तर, वास्तवमा त्यो समय ताका यता, राजकुमारी भृकुटीको उमेर करिब ८ वर्षदेखि ९ वर्षको बीचमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । कतिपय स्रोतहरूका अनुसार भृकुटीका बुबा भनिएका तत्कालीन नेपालका महाराजाको हैसियतमा रहनुभएको मानिएका उदयदेवलाई पनि सन् ६३२/६३३ ताकाको समयमा नै राजगद्दीसीन राजाको रूपमा रहनुभएको तथ्य उल्लेख गरेको पाइन्छ । यसले पनि भृकुटीको विवाह वर्ष र उदयदेव भृकुटीको बुबा छोरीको सम्बन्धको सङ्केत मिल्छ । साथै प्रायः अधिकांश स्रोतहरूका अनुसार तत्कालीन लिच्छवि राजप्रसादको रूपमा रहेको कुर्पासीस्थित राजा अंशुवर्माको दरबारमा बसेर त्यस क्षेत्रको अभिभावकत्व सम्हालेको नाताले पनि उदयदेवलाई त्यस क्षेत्रको महाराजा समानको व्यक्तित्व मानेको हुनसक्ने र तिब्बतबाट आएका प्रतिनिधिहरूले पनि उहाँलाई राजा नै भनेर सम्बोधन गरेकाले त्यो समयमा उदयदेव राजाको रूपमा नै कहलिनुभएको हुनसक्छ । यसरी सन् ६३२ ताका राजा हुनुभएको भनिएका उदयदेवलाई राजा मान्ने कतिपय स्रोतहरूको अनुमान सही पनि हुनसक्छ ।
स्रोत : आजको तिब्बत, वर्ष १५, अङ्क २, २०२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *