कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुुर, ३ असोज । भक्तपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा डेङ्गु रोगसम्बन्धी अभिमुखीकरण ¥याली सम्पन्न भयो ।
¥यालीको शुभारम्भ गर्दै वडाध्यक्ष हरिप्रसाद बासुकलाले डेङ्गु रोगलगायत सम्पूर्ण रोगबाट बच्न सफाइमा ध्यान दिनुपर्ने बताउँदै नगरपालिकाले सरसफाइमा दैनिकरूपमा सफाइ कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
सरसफाइको लागि टोल–टोलमा चुनफिनेल छर्कनेजस्ता कार्यलाई निरन्तरता दिई डेङ्गुलाई रोक्ने प्रयास भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका २ नं.वडाका विभिन्न स्थानहरूमा ¥याली परिक्रमा गरी डेङ्गु रोगबाट सचेत रहन र बच्नको लागि आह्वान गरियो । भक्तपुर नगरपालिका वडा नं.२ मा रहेको ८ वडा विद्यालय, सहकारी, टीम क्लवको सहभागिता रहेको उक्त ¥याली वडा परिक्रमापछि वडा कार्यालय ब्यासीमा सभा भयो ।
कार्यक्रममा वडा सदस्यहरू श्यामसुन्दर माताँ र मञ्जुमैँया लाखाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply