भर्खरै :

दसदिने नेपालभाषा उद्घोषण कला प्रशिक्षण सम्पन्न

दसदिने नेपालभाषा उद्घोषण कला प्रशिक्षण सम्पन्न

भक्तपुर, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ वडा ७ गोमारी एकाइ समितिको आयोजनामा भएको दसदिने नेपालभाषा उद्घोषण कला प्रशिक्षण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उहाँले हरेक भाषा स्थान, रहनसहन र मौसमअनुसार फरक–फरक हुन्छ भन्नुभयो ।
प्रशिक्षक नारायणप्रसाद शिल्पकारले नेपालभाषा उद्घोषण कलामा सहभागीहरूलाई धन्यवाद दिँदै सिकेको सीप र कलालाई भाषा उत्थानको निम्ति प्रयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
नेपालभाषा साहित्य तंःमुज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारले उद्घोषण कला कार्यक्रमको आकर्षण तत्व हो, उद्घोषण गर्दा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्छ भन्नुभयो ।
आदर्श आजाद कलेजका प्राचार्य एवं समाजसेवी श्रीकृष्ण किसीले भाषा भनेको अभिव्यक्त गर्ने माध्यम हो भन्नुभयो ।
कार्यक्रमका सभापति राकेश सुकुपायोले आगामी दिनमा यस्ता कार्यक्रमहरू गर्दै जाने जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *