कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
काठमाडौँ, ४ असोज । नेपाल मजदुर किसान पार्टी, टोखा नगर समितिको आयोजनामा सोमबार नेपाल मजदुर किसान पार्टीको हालै सम्पन्न (भदौ १८, १९) केन्द्रीय परिषद्द्वारा पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव, पार्टीको प्रतिवेदन र पार्टीको निर्णयबारे जानकारी दिन कार्यकर्ता भेला टोखामा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाको विचार, पारित प्रस्ताव र निर्णयको सन्देश कार्यकर्ताबीच पु¥याउनु जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले देशको स्थिति खस्कँदै जानुको कारण शासक दलहरूको अदूरदर्शिता र अकर्मण्यताले भएको उल्लेख गर्दै यसमा आजसम्मका सत्तासीन दलहरू दोषी छन् भन्नुभयो ।
उहाँले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित गरेर राष्ट्रघात गर्ने काम नगर्ने विश्वास व्यक्त गर्दै देशलाई सिक्किमीकरण गर्न रोक्नुपर्नेमा जोड दिनुभयो ।
देशमा नेमकिपाको आवश्यकता सबैले महसुस गरेको बेला कार्यकर्ता जनताबीच जानुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सबै नगर समितिले परिषद् बसी वार्षिक समीक्षा गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोल, जिल्ला सदस्य रमेश डंगोल, टोखा नगर समितिका शैलेष डंगोल, मदन श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
Leave a Reply