गुठी जग्गाबारे नेक्राकिसङ्घको ध्यानाकर्षण
- जेष्ठ ५, २०८३
राकम, ४ असोज । नेपाल मजदुर किसान पार्टी आठवीस नगर समितिको आयोजनामा सोमबार राकम कर्णालीमा स्थानीय कार्यकर्ताहरूको भेला तथा प्रशिक्षण सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुँजीवादी पार्टीका गलत क्रियाकलापविरुद्ध जनतालाई सचेत पार्ने र समाजवाद स्थापनाको निम्ति सङ्घर्ष गर्ने नै नेमकिपाको उद्देश्य भएको बताउनुभयो । उहाँले पार्टीलाई घात गरी व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरू पनि वर्गशत्रु हुने चर्चा गर्दै निर्वाचनमा नातावाद होइन, सैद्धान्तिक सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
संरा अमेरिकी साम्राज्यवादले युक्रेनको काँधमाथि बन्दुक राखेर रुसविरुद्ध युद्ध गरिरहेको चर्चा गर्दै देशभक्त युक्रेनी जनता आफ्नो सार्वभौमसत्ता रक्षाका लागि साम्राज्यवादविरुद्ध सङ्घर्षरत रहेको बताउनुभयो । उहाँले संरा अमेरिकाले एमसीसीमार्फत नेपाली भूमिलाई चीनको सार्वभौमसत्ताविरुद्ध हमला गर्ने षड्यन्त्र गर्न लागेको उल्लेख गर्दै देशलाई दोस्रो युक्रेन बन्नबाट बचाउनु सबै देशभक्त नेपाली जनताको कर्तव्य भएको प्रस्ट पार्नुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले विदेशीलाई नेपाली नागरिकता दिने उद्देश्यले नागरिकता विधेयक पास गरिएको चर्चा गर्दै नागरिकता कागजको खोस्टोमात्र नभई यससँग देशको सार्वभौमिकता जोडिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले एमसीसी
सम्झौतामा भएको देश र जनताको हितविपरीतका बुँदाहरूबारे जानकारी दिनुभयो ।
पार्टी आठवीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालले स्थानीय चुनावको समीक्षा गर्दै जनताको चेतनास्तर बढाउन पार्टीले निर्वाचनको उपयोग गरेको बताउनुभयो ।
शिक्षक लोमन बडुवालले देश र जनताप्रति उत्तरदायी नयाँ पुस्ता तयारीका लागि शिक्षकहरू लाग्नुपर्ने बताउनुभयो ।
यसैबीच नेपाल मजदुर किसान पार्टी आठवीस नगरपालिका वडा नं. १ एकाइ समितिको आयोजनामा सात्तलामा कार्यकर्ता भेटघाट भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले शोषक सामन्तहरूले गरिब जनतामाथि शोषण कायमै राख्न र सत्ता सधैँ आप्mनै हातमा राखिराख्न जातीय तथा भाषिक विभेद कायम राखेको बताउनुभयो ।
उहाँले नेमकिपा कामदार जनताको पार्टी भएको चर्चा गर्दै दलितका नाममा कसैप्रति पनि हुने विभेद अन्त्यका लागि निरन्तर सङ्घर्षरत रहेको प्रस्ट पार्नुभयो । वर्गमुक्तिपछि मात्र जातीय तथा लैङ्गिक मुक्ति सम्भव हुने तर्क प्रस्तुत गर्दै उहाँले समाजवादी व्यवस्था स्थापनाका लागि नयाँ पुस्तालाई तयार पार्नुपर्नेमा जोड दिनुभयो ।
भेटमा अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले ग्रामीण भेगमा शिक्षा र स्वास्थ्य उपचार सेवा स्तरीय बन्न नसक्दा जनतालाई प्रत्यक्ष मार परेको उल्लेख गर्दै विद्यालय शिक्षा गुणस्तरीय बनाउन स्थानीय जनताको तर्फबाट नगरपालिकालाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षाको लागि सङ्घले केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
स्थानीय पार्टी समितिका अध्यक्ष मोती कामीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सौर्य कामी, विमला विकलगायतले स्थानीय समस्याको विषयमा जानकारी दिनुभयो ।
Leave a Reply