भर्खरै :

मुखमा लाउने माड छैन, राजनीति गर्ने !

मुखमा लाउने माड छैन, राजनीति गर्ने !

मुखमा लाउने माड छैन, राजनीति गर्ने ! यो हेपिएर बोलेको शब्द हो । पसिना बगाएर खानेले त राजनीतिक विषयमा बुझ्नै नहुने, चासो राख्नै नहुने कुरा पुँजीवादी विचारले ग्रस्त मानिसले गर्छ । दबाएर, हेपेर खान पल्केकाहरूले यस्तो कुरा बोलेको सुनिन्छ ।
राजनीति हुनेखाने र टाठोबाठोले मात्र गर्ने हो भन्ने सङ्कीर्ण सोच समाजमा अझै व्याप्त छ । राजनीति बुझ्ने भनेको समाजको आर्थिक, सांस्कृतिक, भौगोलिक, नीतिनियम, समग्र देशको स्थिति र अन्तर्राष्ट्रिय विषयमा समेत जानकारी राख्नु हो । सचेत मानिसले यस्तो सामान्य विषयमा चासो राख्नुपर्दछ । यो पार्टीको सरकारले यस्तो ग¥यो, नेताले उस्तो ग¥यो भन्दै सराप्दै बसेर देश र समाजको विकास हुँदैन । शासक दलहरूको गलत काम कुराहरूको खण्डन गर्दै स्वयं राजनैतिक सङ्घर्षमा उत्रनु पर्दछ । पुँजीवादी राजनीतिक विचारको विरुद्धमा लाग्नु पर्दछ र लागेकालाई सहयोग गर्नुपर्दछ । यो पुँजीवादी शासन व्यवस्था हो । एकले अर्कोलाई सहयोग गर्नुपर्दछ भन्ने भावना ओझेलमा परेको छ । आफूले सहयोग गरेबापत तत्काल के फल पाउइन्छ, के फाइदा हुन्छ भन्ने सोचको हावी भएको हामी पाउँदछाँै ।
मानवताको भावना हरार्उँदै गएको छ । इमानदारिता, नैतिकता भन्ने कुरा नागरिकको सेवा गर्न भनी बसेका राजनीतिक दल र नेता, सरकारी कर्मचारीहरूबाट समेत पाउन मुस्किल हुँदै छ । भ्रष्टाचार, कमिसनखोरी, बेइमानी, झूटा कुराहरू गरेर जसरी पनि धेरै धन सम्पत्ति थुपार्ने दाउमा समाजका ‘मै हुँ’ भन्नेहरू मौका हेरेर बसेका छन् । पुँजीवादी शासक दलहरूको कार्यशैलीले राजनीति कमाइधन्दा हो भनेर गलत अर्थले बुझ्नमा सामान्य मानिसको मनमा समेत पारिदिएको छ । इमानदार मानिसले राजनीति गर्नसक्दैन र गर्न हुँदैन भन्ने गलत कुरा सोझा सिधा मानिसमा पर्न गएको छ । यस्तो विकृत समाजमा ‘मुखमा लाउने माड छैन, राजनीति गर्ने’ भन्ने सङ्कीर्ण सोचका कुरा आउनु स्वाभाविक भएको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *