भर्खरै :

देशघाती नागरिकता विधेयकविरुद्ध सुर्खेतमा विरोध जुलुस तथा सभा

देशघाती नागरिकता विधेयकविरुद्ध सुर्खेतमा विरोध जुलुस तथा सभा

वीरेन्द्रनगर, ६ असोज । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको प्रथम सम्मेलनको उद्घाटन एक समारोहका बीच बिहीबार सम्पन्न भयो । स्थानीय मङ्गलगढी चोकबाट ¥याली सुरु भई पिपल चौतारामा उद्घाटन समारोह भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले देशघाती नागरिकता विधेयक पारित नगर्न देशभक्त नेपाली जनताले व्यापक दबाब दिएकै कारण राष्ट्रपतिले विधेयकमा हस्ताक्षर नगरेको बताउनुभयो ।
उहाँले पार्टीले नागरिकता विधेयक पास नगर्न देशव्यापी आन्दोलन गरेको र राष्ट्रपतिलाई समेत जनभावना बुझ्न आग्रह गरेको चर्चा गर्दै संविधानको रक्षक भएको नाताले राष्ट्रपतिको कदम संवैधानिक भएको प्रस्ट पार्नुभयो ।
शासक दलहरू सत्तामा जान र टिकिरहन भारतीय विस्तारवादको स्वार्थअनुकूल काम गरिरहेको उल्लेख गर्दै प्रमुख अतिथि गोसाइले शासक दलका सबै कार्य देश र जनताको हितमा नहुने बताउनुभयो ।
उहाँले देशघाती कार्य गर्नेहरूलाई निर्वाचनमार्फत जनताले सजाय दिनुपर्नेमा जोड दिनुभयो ।
भारतीय विस्तारवादले नेपाल स्वाधीन र स्वतन्त्र देशको रूपमा हेर्न नचाहेको चर्चा गर्दै उहाँले भारतीय प्रथम प्रधानमन्त्री नेहरूले छिमेकी देशहरूमाथि नियन्त्रण गर्ने नीति लिएको र सोही नीतिलाई भारतीय शासक दलहरूले निरन्तरता दिएको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य नर्मा गुरुङले कर्णाली प्रदेशलाई पछाडि पार्ने र यस क्षेत्रका जनतालाई सधैँ गरिबीमा राख्ने काम शासक दलहरूले नै गरेको बताउनुभयो ।
उहाँले प्रदेश सांसद र मन्त्रीहरू आ–आप्mनो व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित भएको आरोप लगाउँदै प्रदेशको बजेट एकचौथाइ पनि खर्च गर्न नसक्नेहरू असक्षम भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता ऐनमा संशोधन विधेयक नेपाली जनताको लागि नभई विदेशीहरूलाई सजिलै नागरिकता दिनका लागि ल्याइएको चर्चा गर्दै यसको विरोधमा देशभक्त जनताले सङ्घर्ष गरेको बताउनुभयो । उहाँले लेण्डुप दोर्जेले नियोजितरूपमै सिक्किमलाई भारतमा विलय गराएको स्पष्ट पार्दै नेपालको सार्वभौमसत्ता विदेशीलाई सुम्पन खोज्नेहरू देशघाती र जनविरोधी हुने बताउनुभयो ।
पार्टी सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराले निर्वाचन कार्यालयका आयुक्त र कर्मचारीहरूसमेत शासक दलको पक्षमा रहेको उल्लेख गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरुङले पुँजीवादी शासक दलहरूले शिक्षालाई निःशुल्क र अनिवार्य नगर्दा शिक्षा महँगो भएको र सर्वसाधारण जनता शिक्षाबाट वञ्चित भएको बताउनुभयो ।
पार्टी चामुण्डा विन्द्रासैनी नगर समितिका अध्यक्ष निरकबहादुर शाही र नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर रानाले सम्मेलनले जुझारु र क्रान्तिकारी नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक समितिका संयोजक शेरबहादुर शाहीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा गणेश खड्का र मनबहादुर विकले पनि बोल्नुभएको थियो ।
समारोहमा पार्टी कार्यकर्ताहरू विजुकला राना र टिका पोखरेलले समसामयिक राजनीतिप्रति व्यङ्ग्य गर्दै प्रगतिशील साहित्यहरू प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *