सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
भक्तपुर ६, असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा हाडा बिजुक्छेँ दिगुःद्य जीर्णोद्धार समितिको प्रकाशन ‘स्मारिका—२०७९’ को लोकार्पण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै अतिथि बिजुक्छेँले भक्तपुरको सम्पदा पुनःनिर्माणको निम्ति जर्मन सरकारले रकम उपलब्ध गराउन चाहे पनि उक्त सहयोग रकम लिँदा जर्मन सरकारको अनावश्यक सर्त मान्नुपर्ने र सर्त मान्दा आफ्नो स्वाभिमान गुम्ने भएकोले भक्तपुर नपाले अस्वीकार गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर आफैले पुनःनिर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हाम्रो सम्पदाको संरक्षण र संवद्र्धन हामीले नै गर्नुपर्छ । अर्काको आश गर्नु भनेको भोकै बस्नुजस्तै हो ।”
अध्यक्ष बिजुक्छेँले ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व राख्ने पुराना घर र कला संस्कृतिलाई जोगाउन भक्तपुरका जनता एकजुट भएर लाग्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले निजी शैक्षिक संस्था तथा निजी मेडिकल कलेजहरूको दबाबमा सरकारले ख्वप विश्वविद्यालयको विधेयक अगाडि नबढाएको उल्लेख गर्दै शासक दलहरू भनपालाई ख्वप विश्वविद्यालय स्वीकृृति दिएमा जिल्ला–जिल्लामा नेमकिपाको सङ्गठन विस्तार हुने रआफूहरूलाई अप्ठ्यारोमा पर्ने मानसिकताले ग्रस्त रहेको बताउनुभयो ।
केही व्यक्तिहरूले ख्वप विश्वविद्यालय नदिने सरकारविरूद्ध सडकजाम गरेर र टायर बालेर आन्दोलन गर्नुपर्ने सुझाए पनि उहाँले हामीले नै ल्याएको प्रजातन्त्रविरूद्ध ढुङ्गा हान्नु र टायर बाल्नु नैतिकरूपले मिल्दैन भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीको समयमा भक्तपुर नपाको आग्रहलाई स्वीकार गरी हाडा बिजुक्छेँ समाजले अक्सिजन प्लान्ट स्थापनाको निम्ति रू. १ लाख सहयोग गरेको स्मरण गर्दै ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणको कार्य भनपाले जनतासँगै मिलेर गरिरहेको बताउनुभयो ।
भक्तपुरका १२४ वटा सम्पदा कसैसँग सहयोग नलिई भक्तपुरका जनताको सहयोगले पुनःनिर्माण सम्पन्न गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पारदर्शिता र इमानदारितालाई ध्यान दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संस्कृति र सम्पदा संरक्षणको ठेक्का लिनेहरूले केही गरेनन् । पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकाको निम्ति रू. ५ करोड छुट्याएको भने पनि सो रकमको ५० प्रतिशत ठेक्कामा र ५० प्रतिशत अमानतमा दिनुपर्ने सर्त राखेर सम्पदा संरक्षणमा बेइमानी ग¥यो ।”
उहाँले सिद्धपोखरीको पाटी पुनःनिर्माणमा लागत इस्टिमेट ७३ लाख भएकोमा ३७ लाख, सुधारिएको शवदाह गृह निर्माणमा ५६ लाखको लागत इस्टिमेट भए पनि २८ लाखमा सम्पन्न भएको दृष्टान्त प्रस्तुत गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेमकिपाको उद्देश्यअनुरूप भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन आफूहरू लागिपरेको बताउँदै जनताको साथ–समर्थनमा जस्तै गा¥हो काम पनि गर्न सम्भव हुने उल्लेख गर्नुभयो ।
हाडा बिजुक्छेँ समाजका नरेन्द्रभक्त हाडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लेखक तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो भने उद्घोषण कलामा प्रथम हुनुभएका रोशनी हाडालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सुदिप हाडा, सुरेन्द्र हाडा, न्हुजमान बिजुक्छेँ, आयुशराज बिजुक्छेँ, कृषा हाडा, प्रजन हाडा, राजेन्द्रप्रसाद हाडालगायतले बोल्नुभएको थियो । मनोजकुमार हाडाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । औपचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
Leave a Reply