कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, ६ असोज । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत आयोजना स्थलको सांस्कृतिक सम्पदाको स्क्रिनिङ्ग र सोको स्थलगत सूची तयारीसम्बन्धी सूचना सङ्कलन गर्न स्थानीय जनप्रतिनिधि, जनसमुदाय तथा सरोकारवालाहरूसँगको छलफल कार्यक्रम बिहीबार भक्तपुर नगरपालिकाको सभाहलमा सम्पन्न भयो ।
छलफल कार्यक्रममा जनप्रतिनिधिहरूले भक्तपुर नगरका सांस्कृतिक सम्पदा क्षेत्रभित्रका बस्तीहरूमा केही घरधुरीहरू रहेकाले ती बस्तीमा पानीको आपूर्ति गर्ने व्यवस्था गरिनुपर्ने, आयोजना निर्माण तथा सञ्चालन गर्दा सम्पदा क्षेत्रमा सकेसम्म नकारात्मक असर नपर्ने गरी कार्यान्वयन गरिनुपर्ने, आयोजना निर्माण गर्दा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग आवश्यक समन्वय गरिएमा प्रदूषण कम हुने तथा खर्चको बचत हुने र निर्माण चरणमा उत्खनन गरिएका स्थललाई निर्माण समापनपश्चात् पूर्व अवस्थामा पुनःस्थापना गरिनुपर्ने सुझाव दिनुभएको थियो । गाईजात्रा, बिस्केटजात्रा, दसैँ, इन्द्रजात्रालगायतका मुख्य पर्वहरूमा निर्माण कार्य गर्न नहुने, निर्माण कार्य गर्दा सम्भव भएसम्म दोहो¥याएर पाइप बिछ्याउनु नपर्ने, निर्माण कार्य गर्दा वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने, निर्माण कार्य गर्दा स्थानीय निकाय तथा भनपाको सम्पदा शाखासँग आवश्यक समन्वय गरिनुपर्ने, निर्माण सामग्री भण्डारण तथा व्यवस्थापन उपयुक्त स्थानमा गरिनुपर्नेलगायतका सुझाव पनि उहाँहरूले दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपा ६ का वडाध्यक्ष हरिराम सुवाल, भनपा ७ का वडाध्यक्ष उकेश कवां, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, कार्यपालिका सदस्यहरू, भनपाका सम्बन्धित शाखाका शाखा प्रमुखहरू, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवाल र इन्जिनियरहरूलगायत पी.आई.डी. का कन्सल्ट्यान्टहरूको उपस्थिति थियो ।
Leave a Reply