कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
सम्माननीय प्रधानमन्त्रीज्यू,
मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुर ।
विषयः ज्ञापनपत्र
बजारमा रासायनिक मलको अभावले किसानहरूलाई बाली लगाउन समस्या भएको छ । खेतमा लगाइएको बालीमा किसानले मल हाल्न पाएको अवस्था छैन । गत असारमा पनि सरकारले मल उपलब्ध नगराएकै कारण धानको उत्पादन धेरै घटेको थियो । नेपाल सरकारले बङ्गलादेशबाट मल ल्याउने कुरा पनि वर्षाैँ भइसकेको छ । तर, अहिलेसम्म मल आइपुगेको छैन । भूकम्प र नोबेल कोरोना भाइरसका कारण अस्तव्यस्त किसानको लागि समयमा रासायनिक मल उपलब्ध नभए खाद्यान्नको गम्भीर सङ्कट सिर्जना हुने कुरा जगजाहेर छ । नेपाल क्रान्तिकारी किसान सङ्घले नेपाली किसानको समस्याबारे नेपाल सरकारको समय – समयमा ध्यानाकर्षण गर्दै आएको छ । विगतमा नेपाल क्रान्तिकारी किसान सङ्घले नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी पार्टीको सरकारसँग पनि किसानको समस्यालाई लिएर समय – समयमा ज्ञापनपत्र दिँदै आएको थियो । अहिले पनि हामी निम्न मागहरू राखी ज्ञापनपत्र दिन आएका छौँ ।
१) मल कारखाना नेपालमै खोल्नुपर्ने विषयमा नेपाल क्रान्तिकारी किसान सङ्घले पञ्चायतकालदेखि नै माग गर्दै आएको र प्रजातन्त्र प्राप्तिपछि पनि मल कारखाना नेपालमै खोल्नुपर्ने आवश्यकताबारे सरकारको ध्यानाकर्षण गर्दै आएको थियो । तर, पनि सरकारले हालसम्म यस विषयमा ध्यान नदिएकोेले नेपाली किसानहरूले लगाएको बालीको उत्पादन कम हुँदै आएको छ । यसको कारण खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । गणतान्त्रिक व्यवस्थाको बदनाम भएको छ । त्यसैले तत्काल बाली लगाउन तुरुन्त मल सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने ।
२) मल आयातमा कमिसन र भ्रष्टाचार व्याप्त भएको जनगुनासो भएकोले नेपाली किसानहरूले बढी मूल्यमा मल खरिद गर्नुपर्ने बाध्यता रहेका कारण मल आयात र वितरणमा कमिसन र भ्रष्टाचार गर्ने सरकारी कर्मचारी र वितरकहरूलाई कडा कारबाही गर्नुपर्ने । नेपाल सरकारको अनुमतिविना नै कृषि सामग्री संस्था लि. र साल्ट टे«निङ कर्पोरेसन लि. ले मलको मूल्यमा गरेको वृद्धिप्रति नेपाल क्रान्तिकारी किसान सङ्घको ध्यानाकर्षण भएको छ । सरकारको अनुमतिविना मलको मूल्यमा गरिएको वृद्धिप्रति नेपाल क्रान्तिकारी किसान सङ्घको घोर आपत्ति छ ।
३) तराईका उखु खेती गर्ने किसानहरूलाई प्रत्येक वर्ष शोषण र अन्याय भएकोले उखुको उचित मूल्य तोकी खरिद गर्नुपर्ने, हालसम्म उखु खेती गर्ने किसानहरूलाई विभिन्न चिनी मिलहरूका मालिकहरूले दिनुपर्ने मूल्य तत्काल दिनुपर्ने । उखु खेती गर्ने कमैया किसानहरूलाई मोहियानी हक दिनुपर्ने ।
४) जमिन जोत्नेको सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्ने ।
५) गुठी जग्गा कमाउने मोही किसानहरूले रैतानी गर्न कानुनी व्यवस्था गर्नुपर्ने
६) निजी गुठीको जग्गा कमाउने मोहीले त्यस्तो जग्गाको मोहीले पाउने ५० प्रतिशत जग्गामा निजी गुठी नजनाउने कानुनी व्यवस्था गर्नुपर्ने ।
७) कृषि उत्पादन र राष्ट्रिय आयमा गरेको योगदानको कदर गर्न ५८ वर्ष उमेर पुगेका ज्येष्ठ किसानहरूलाई पुग्दो निर्वाह भत्ता, आदर निकेतन र हेरचाहको व्यवस्था गर्नुपर्ने ।
८) राज्य संरचनाका सबै अङ्गमा जनसङ्ख्याको अनुपातमा किसानहरूको प्रतिनिधित्व गराउनुपर्ने
९) किसानहरूलाई शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गरी कृषि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ।
१०) नेपाल सरकारले ट्रान्समिन्सन लाइन (विद्युत्को तार लाने) राख्ने समयमा तारमुनि जग्गा परेका जनतालाई जग्गाको मूल्याङ्कनको १० प्रतिशत दिदै आएको न्याय सङ्गत नभएको र ती जग्गा अन्य कुनै पनि कार्यमा उपयुक्त नभई खेर जाने भएकोले उक्त जग्गाको मूल्याङ्कनको ७५ प्रतिशत दिनुपर्ने नेपाल क्रान्तिकारी किसान सङ्घको माग रहेको छ ।
११) हिमाल, पहाड, तराईको हावापानी सुहाउँदो बीउबिजन नेपालमै उत्पादन गर्नुपर्ने माग नेपाल क्रान्तिकारी किसान सङ्घले पहिलेदेखि उठाउँदै आएको र यस सम्बन्धमा कुनै पनि सरकारहरूले ध्यान नदिएकोले यथाशीघ्र सरकारको ध्यानकर्षण गर्न चाहन्छौँ ।
१२) नेपाल सरकारको अनुमति लिई कृषि मन्त्रालयका कर्मचारीहरू सरकारी अनुदानमा विभिन्न देशहरूमा कृषि विषयमा उच्च शिक्षा हासिल गर्न गएको नेपाली कृषि विशेषज्ञहरू विदेशमा नै पलायन भएको समाचारप्रति नेपाल क्रान्तिकारी किसान सङ्घको ध्यानाकर्षण भएको छ । यसरी विदेशमा नै पलायन हुने कृषि विज्ञहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्नुपर्ने ठहर नेक्राकिसङ्घको रहेको छ ।
बोधार्थ
माननीय कृषिमन्त्रीज्यू,
मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौँ ।
गोविन्द दुवाल
अध्यक्ष
नेपाल क्रान्तिकारी किसान सङ्घ
भक्तपुर जिल्ला समिति
०७९÷६÷५
Leave a Reply