सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
वीरेन्द्रनगर, ७ असोज । नेपाल मजदुर किसान पार्टीको प्रथम वीरेन्द्रनगर नगर सम्मेलन शुक्रबार सम्पन्न भयो । सम्मेलनले शेरबहादुर शाहीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति निर्वाचित ग¥यो ।
सम्मेलनको बन्दसत्रमा प्रशिक्षण दिँदै पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टी कार्यकर्ताहरू जनताका आँखाका नानी बन्नुपर्ने र जनताको हरेक समस्याप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादी शासक दलका नेताहरू जनतालाई झुक्याएर आपूmमाथि जाने र जनताको मालिक बन्न खोज्ने हुँदा सर्वसाधारण जनतामा राजनैतिक कार्यकर्ताप्रति सकारात्मक दृष्टिकोण नभएको उल्लेख गर्दै उहाँले नेमकिपाका कार्यकर्ताहरू जनताको सेवक बन्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीका अग्रजहरूले अत्यन्त कठिन परिस्थितिमा सङ्गठनलाई हुर्काउने कार्य गरेको चर्चा गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्दै पार्टीमा नयाँ पुस्ताको आकर्षण बढाउन विभिन्न जनमुखी गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेमकिपाले क्रान्तिकारी संसदवादी नीतिअनुरूप पुँजीवादी निर्वाचनलाई उपयोग गर्ने उल्लेख गर्दै निर्वाचनको प्रचारको क्रममा समाजवादी प्रचार अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
पार्टीका सुर्खेत जिल्ला समिति अध्यक्ष हरिबहादुर बोहराले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पार्टी समितिले कर्णालीका जनताको भावनाअनुसार प्रदेश सरकारलाई जनताको समस्या अवगत गराई समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनको बन्दसत्रमा तयारी समितिका संयोजक शेरबहादुर शाहीले पार्टीको साङ्गठनिक प्रतिवेदन पेश गर्नुभयो । प्रतिवेदनमाथि प्रतिनिधि तथा पर्यवेक्षकहरूबीच छलफल गरी संशोधनसहित पारित गरियो ।
नवनिर्वाचित समितिका पदाधिकारीहरूलाई केन्द्रीय सदस्य गोसाईले गोपनियताको शपथ ग्रहण गराउनुभयो ।
निर्वाचित समितिको पहिलो बैठकले पार्टीको नगर सम्मेलन सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको स्रोतले बताएको छ ।
Leave a Reply