त्यो भदौ २४ र यो भदौ २४
- भाद्र २२, २०८३
भक्तपुर, ९ असोज । सूनपा वडा नं १० स्थित देउजागाउँ आधारभूत विद्यालयमा १९ औँ अभिभावक दिवस, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् निवर्तमान बाग्मती प्रदेशका सांसद सृजना सैंजूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सैंजूले शिक्षालाई निःशुल्क र अनिवार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारी विद्यालयलाई बलियो बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै शिक्षकहरूलाई तालिमका साथै समय–समयमा परीक्षा लिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सूनपा १० का वडाध्यक्ष शिवराम राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सूर्यभक्त त्वाती, सूर्यविनायक नपाका प्रशासकीय अधिकृत राजेन्द्र कडेल, प्रअ सविना राजभण्डारी, शिक्षक निर्मल माकले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिबाट छात्रवृत्ति तथा पुरस्कार वितरण गर्नुका साथै कार्यक्रमको बीच–बीचमा विद्यार्थीहरूको नृत्य प्रस्तुत भएको थियो ।
Leave a Reply