भर्खरै :

अमेरिकी जासुसी संस्था विश्वको सबैभन्दा ठूलो ‘ह्याकर’ नेटवर्क

अमेरिकी जासुसी संस्था विश्वको सबैभन्दा ठूलो ‘ह्याकर’ नेटवर्क

विश्वको सबैभन्दा ठूलो ‘ह्याकर’ नेटवर्क कुन हो ? सेप्टेम्बर ५ मा चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपत्कालीन प्रतिक्रिया केन्द्र र कम्प्युटर भाइरसप्रतिरोध कम्पनी ३६० ले बेग्लाबेग्लै रूपमा चीनको उत्तर–पश्चिमी पोलिटेक्निकल विश्वविद्यालय लक्षित विदेशी साइबर आक्रमण अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा ब्युरो (एनएसए) अन्तर्गतको स्पेशल इन्ट्रुजन अपरेसन अफिस (टाउ) ले चीनको उत्तर–पश्चिमी पोलिटेक्निकल विश्वविद्यालयलक्षित क्रमिक ४१ किसिमका विशेष नेटवर्क आक्रमण ‘हतियार’ प्रयोग गरेर हजारौँ पटक हमला गरेको बताएको छ । ती गतिविधिहरूबाट मुख्य प्राविधिक डाटा चोरेको छ । सो प्रतिवेदनबाट के देखाइएको छ भने वर्षौँदेखि, टाउले प्रमुख चिनियाँ उद्यमहरू, सरकारी संस्थाहरू, विश्वविद्यालयहरू, चिकित्सा संस्थाहरू, वैज्ञानिक अनुसन्धान केन्द्रलगायतका संस्थाहरूलाई लक्षित गरी गोप्य ह्याकिङ आक्रमणहरूमार्फत उच्च–मूल्य भएका डाटा चोरी गरेको शङ्का छ । साथै सो अमेरिकी एजेन्सीले चीनमा मोबाइल फोन प्रयोगकर्ताहरूको भ्वाइस मेसेजको पनि सुनुवाइ गरिरहेको छ जसबाट अवैधरूपमा टेक्स्टहरू चोरेको साथै वायरलेस पोजिसनिङ पनि सञ्चालन गरेको छ । ती प्रमाणहरूबाट के देखाइएको छ भने साइबरस्पेसमा अमेरिकी सुरक्षा ब्युरोले ठूलो मात्रामा घृणित कार्यहरू गरिरहेको छ ।
खुलासा गरिएको जानकारीअनुसार, चीनलाई मात्रै निशाना बनाएको होइन, अमेरिकाको कालो हात विश्वभर फैलिएको छ । चोरलाई पक्रने अमेरिका आफैँ विश्वको सबैभन्दा ठूलो साइबर ‘ह्याकर’ भएको कुरामा शङ्का छैन ।
ठूलो मात्राको प्रमाणबाट प्रमाणित गरिसकेको छ कि अमेरिका एक वास्तविक म्याट्रिक्स साम्राज्य, निगरानीको साम्राज्य र गोप्य कुरा चोर्ने साम्राज्य हो । साइबर प्रभुत्वबाट ‘निरपेक्ष सुरक्षा’ ल्याउन सकिँदैन र चोरले चोरलाई पक्रन चिच्याएबाट तिनीहरूका अपराधहरू अझ स्पष्ट हुने गर्छ । विश्वमा सबै शान्तिप्रेमी देशहरूले अमेरिकी साइबर प्रभुत्वको दृढतापूर्वक विरोध गर्दै विश्वलाई सफा स्पेस फिर्ता गर्न संयुक्तरूपमा कदम चाल्नुपर्छ ।–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *