आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, ६ भदौ । वि.सं. २०४५ सालमा निर्दलीय पञ्चायती राज्यस्तरबाट नेमकिपाविरुद्ध रचित षड्यन्त्र भक्तपुर काण्डको भत्र्सना र विरोधस्वरुप नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले भक्तपुर काण्ड पञ्चायतको समर्थन गराउने र आत्मसमर्पण गराउने उद्देश्यबमोजिम षड्यन्त्र भएको बताउनुभयो । उहाँले ज्यान सजायको माग, गोलघरको कैदी जीवन र अमानवीय शारीरिक यातनाले नेमकिपाका कार्यकर्तालाई झुकाउन सकेन र नेमकिपाको निःस्वार्थ सेवा तथा जनपक्षीय कार्य नै पञ्चायतको निम्ति हाँक बनेको औंल्याउनुभयो । उहाँले परिवारका एक–दुई जनामात्र नभई सबैजना राजनीतिक रुपमा सचेत र सङ्गठित गर्नुपर्ने शिक्षा हामीले लिनुपर्ने भन्दै, नयाँ पुस्ता र महिला राजनीतिमा सक्रिय भए समाज परिवर्तनले गति पाउने बताउनुभयो ।
अध्यक्ष रोहितले प्रतिक्रियावादीहरूबाट फेरि पनि षड्यन्त्र हुने सम्भावनालाई मनमा राखेर सङ्घर्ष जारी राख्नुपर्ने कुरामा उहाँले सचेत बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादविरुद्ध नेमकिपाले निरन्तर सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
पञ्चायती व्यवस्थाभित्रै गएर नेमकिपाले जनताको हितमा सङ्घर्ष गरेको उहाँले औंल्याउनुभयो । उहाँले किसान सङ्घर्ष, शैक्षिक अभियान, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेमकिपाको योगदानबाट तिर्मिराएकाहरूद्वारा नेमकिपामाथि चर्को दमन भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका सचिव सुलोचना छ्वाजुले महिलाहरूलाई सचेत र सङ्गठित हुन आग्रह गर्नुभयो । नेक्रामहिला सङ्घ नगर अध्यक्ष रोशनमैयाँ सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सदस्यहरू धर्मलक्ष्मी लघु, राज्यश्वरी प्रजापति र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो ।
Leave a Reply