ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
भक्तपुर, ११ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा मङ्गलबार भक्तपुर दरबार क्षेत्रको खौमा ढोकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गर्नुभयो ।
‘च्भतजष्लपष्लन तयगचष्कm’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गर्ने जर्मनी, अस्ट्रिया र बुल्गेरियाका ४ जना पर्यटकहरूलाई लाखे प्याखंका साथ भक्तपुरमा स्वागत गरिएको थियो ।
पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरूको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो ।
कोभिडका कारण लकडाउन भएपछि पर्यटन क्षेत्रमा नराम्रो असर पुगेको बताउँदै उहाँले भक्तपुर नपाले पर्यटकहरूको लागि आवश्यक स्थानीय पथप्रदर्शकहरूको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाहरूको प्रशिक्षण, ठाउँ—ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको बताउनुभयो ।
काठमाडौँ उपत्यकालाई प्रदूषणमुक्त, सफा र सुन्दर बनाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुपर्ने धारणा राख्दै उहाँले भक्तपुरलाई संसारकै हेर्न र घुम्नलायक सहरको रूपमा विकास गर्ने उद्देश्यका साथ नपा लागिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रहरूमा विशेष सरसफाइ, समय–समयमा सांस्कृतिक विधाहरूको प्रतियोगिताको आयोजना गर्नुका साथै सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम पनि गर्दै आएका छौँ ।”
पर्यटकहरूलाई स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरका प्रकाशनहरू, काठको मयुरको झ्याल प्रदान गर्नुभएको थियो ।
सोही क्रममा भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्ये एकजना प्रतिनिधिले भक्तपुरमा गरेको न्यानो स्वागत अविस्मरणीय भएको र सोको लागि धन्यवादज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्यहरू, कर्मचारीहरू र पर्यटनसँग सम्बन्धित सरोकावाला सङ्घ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
४३ औँ विश्व पर्यटन दिवसको दिन भक्तपुर प्रवेश गर्ने पहिलो विदेशीहरू:
Rebecca Tritz (Austria)
Andry saidesch (Germany)
Mimi Reumova (Bulgeria)
George Golev (Bulgeria)
हुन् ।
Leave a Reply