धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
देशको लागि सत्ताभक्त होइन देशभक्त दल र जनताको खाँचो छ । दल सत्ताभक्त भए पनि देशभक्त भएन भने देश जोगाउन सकिँदैन । दलका नेता तथा कार्यकर्ताहरू देशभक्त भएनन् भने ठूला देशका शासकहरूले नेपाली भूमि मिचे पनि, अतिक्रमण गरे पनि चुइँक्क बोल्दैनन् । नेपालको भूमि मिचिनु, नेपाल–भारतका सीमास्तम्भ उखेलेर नेपाली भूमिमा गाड्नुको कारण पनि सरकार देशभक्त नभएर हो, सत्तासीन दलका प्रम, मन्त्री र नेताहरू देशभक्त नभएर हो । देशभक्त भएका भए उनीहरूले समयमै उक्त कार्यको विरोध गर्थे । देश र जनताभन्दा सत्ता प्यारो ठान्ने दलको सरकारले राजस्व बढाउनेभन्दा राजस्व सकाउने काम गरिरहेको छ । देशको आयस्रोत बढाउने र सन्तुलित विकास गर्नेतर्फ सरकारको पटक्कै ध्यान गएको देखिँदैन ।
देशभक्त सरकार र देशभक्त दलले कुनै पनि देशको थिचोमिचो सहने छैनन् । नेपाल मजदुर किसान पार्टीले पार्टी स्थापनाकालदेखि नै विदेशी हस्तक्षेप र आक्रमणको विरोध गर्दै आएको हो । पाँच दशकभन्दा अघि नै भारतले सुस्तामा भूमि मिच्दा नेमकिपाले विरोध जुलुस तथा प्रदर्शन गरेको थियो । साम्राज्यवादी देश अमेरिकाले विभिन्न देशमा गरेको आक्रमणको विरोधमा नेमकिपाले विरोध गरेको थियो । किनभने, कम्युनिस्टहरू देशभक्त मात्र होइन अन्तर्राष्ट्रवादी पनि हुन्छन् । नेमकिपाले त्यही भूमिका निर्वाह गरिरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ र अन्य दलहरूको गठबन्धन पनि सत्ताकै निम्ति हो । सिद्धान्त र विचारको आधारमा चल्नुपर्ने दलका नेताहरू सत्ताको निम्ति भागबन्डामा अल्झिएका छन् । भागबन्डा मिलेपछि सिद्धान्त र विचार पाखामा थन्काउने नेताहरूले आफूलाई प्रजातन्त्रवादी, गौरवशाली र समाजवादी भनी फुकिरहेका छन् । निर्वाचनको सन्दर्भमा बहुमत ल्याएर देशको नेतृत्व गर्ने उद्देश्यले कम्युनिस्ट भनिने दलहरू पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेका र सामन्तको प्रतिनिधि गर्ने दल राप्रपासँग गठबन्धन गर्न जुटेका छन् । निर्वाचनमा जित्ने नाउँमा नेका र राजावादी दलसँग मिल्ने पनि कम्युनिस्ट ¤
कुन दल कम्युनिस्ट हो या होइन भन्ने कुरा उनीहरूको कुरा र विधानले होइन, व्यवहारले हुन्छ । नेताले बोलेको र पार्टीको विधानको आधारमा कुनै दललाई कम्युनिस्ट पार्टी या समाजवादी भन्न मिल्दैन । माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेको सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । तर, ती दलले साँच्चै माक्र्सवादी–लेनिनवादी नीतिअनुसार काम गरिरहेका छैनन् । दलको सिद्धान्त देखाउने दाँतजस्तो भएको छ । यसरी सिद्धान्त र विचार थन्काएर गरिएको राजनीति कसरी सद्दे हुन्छ ? यसबारे आम जनताले पनि बुझ्नुपर्छ र खालि सरकारमा जानको निम्ति राजनीति गर्ने दलका उम्मेदवारलाई हराउनुपर्छ । यसतर्फ सबै मतदाता सचेत हुुनुपर्छ ।
Leave a Reply