धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
त्यत्ति नै बेला तेलले सम्पन्न कालिन्डा क्षेत्रमा भने लडाइँ भइरहेको थियो । त्यो क्षेत्रमाथि जायरियाली सेनाले कब्जा जमाइसकेको थियो । जनरल रामोन इस्पिनोसाको नेतृत्वमा गएका एफएपीएलए फौज र क्युवाली प्रशिक्षकहरूले कालिन्डाबाट जायरियालीहरूलाई लखेटे ।
त्यही बेला एफएनएलए उत्तरतिर आफ्नो मुख्यालय कारनोमातिर भाग्दै थिए । हिजोआज त्यो सहर वीज नामले चिनिन्छ । सन् १९७६ को जनवरीमा महिनामा जनरल भिक्टर स्च्युग कोलासले नेतृत्व गरेको अङ्गोला र क्युवालीहरूको सैनिक फौजले उत्तरतिर हमला ग¥यो । उनीहरूले कार्नोमामाथि कब्जा जमाए र जायरको सीमामा पुगे । जायरियाली र एफएनएलएका सबै सिपाहीलाई उत्तरी अङ्गोलाबाट धपाउन उनीहरू सफल भए ।
जनरल स्च्युग सन् १९६५ मा चे ग्वेभारासँगै कङ्गोमा थिए । मैले माथि नै चर्चा गरिसकेँ–त्यही साल राफेल मोरासेन एमपीएलएका गुरिल्लाहरूलाई तालिम दिन कङ्गो–ब्राज्जभिल्ले गएका थिए । अनि सन् १९७५ मा मोरासेन कालिन्डामा अङ्गोलाको रक्षार्थ लड्दै थिए । त्यही भएर मैले कङ्गोमा गएको चेको दस्ता र कङ्गो–ब्रज्जभिल्लेमा गएको दस्ताले दस वर्षपछि अङ्गोलाको स्वाधीनताको रक्षाका लागि लड्न एमपीएलएसँग हाम्रो सहकार्यको आधार तयार बनाएको थियो ।
जायरियाली र एफएनएलए फौजलाई ल्वान्डा पस्नबाट रोकेपश्चात र उत्तरतिर धपाउन सके पछि दक्षिणी अफ्रिकीहरू अङ्गोलामाथि कब्जा जमाउन असफल भए । जायरसँग लड्नु एउटा कुरा थियो । तर, शक्ति र अनुभवी सेना भएको दक्षिणी अफ्रिकासँग भिड्नुको अर्थ अलगै थियो ।
सन् १९७५ को नोभेम्बरमा युनिटाको फौज दक्षिण अफ्रिकीहरूसँगै उत्तरतिर अघि बढ्दै थिए । दक्षिण अफ्रिकाको त्यो टोली खासमा बाटो खोल्दै जाने लड्ने शक्ति रहेछ । उनीहरू हतियारबद्ध वाहन, विमान र अन्य सामग्रीसहित आएका थिए । उनीहरूका ती सरसामान युनिटासँग भएका हातहतियारभन्दा निकै अब्बलखालका थिए । दक्षिण अफ्रिकाले ‘मुक्त’ गरेको सहरमा युनिटा गएर बस्थे । त्यहाँ उनीहरू विजयी शक्तिको रूपमा बस्थे र ‘सरकार’ चलाउँथे ।
सन् १९७५ का अन्तिम सातामा मध्य क्षेत्रमा लडाइँ चर्कियो । क्युवाली विशेष टोलीले दक्षिण अफ्रिकीहरूलाई पोर्टो एमबोइमतिर जानबाट रोक्यो । डाएज अर्गुलसले नेतृत्व गरेको हाम्रो फौजले इबोमा दक्षिण अफ्रिकीहरूलाई पराजित ग¥यो । अरू लडाइँमा पनि उनीहरूलाई हारको स्वाद चखायो । डिसेम्बर ११ मा डाएज अर्गुलसले काटोफेको लडाइँमा शहादत प्राप्त गरे ।
त्यो ठाउँमा सबभन्दा साहसिकमध्ये एउटा लडाइँ भएको थियो । हाम्रा लडाकुहरूले दक्षिण अफ्रिकीहरूको नियन्त्रणबाट मेडुन्डा पर्वत शृङ्खला फिर्ता लिएको थियो । दक्षिण अफ्रिकी र युनिटाको फौजले प्रत्याक्रमण गरेको थियो । शत्रुको फौज हाम्रो थल सेनाको टुकडीको आमनेसामने भएको थियो । टुकडी कमान्डरले आफ्ना सिपाहीलाई गुफामा लुकेर तम्तयार अवस्थामा बस्न आदेश दिए र अर्का हतियारधारी सिपाहीहरूलाई थुम्को पछाडिबाट आफू बसेको ठाउँमा गोलाबारी गर्न आदेश दिए । सिपाहीहरू गोलाबारी गर्न अनकनाए । कमान्डरले फेरि पनि आदेश दोहो¥याए । आदेश पालना गर्दै उनीहरूले गोलाबारी गरे । शत्रु भागाभाग भयो ।
हजारौँ हजार क्युवालीहरू अङ्गोलामा ओइरिए । सन् १९७६ मार्च महिनाको अन्त्यसम्ममा अङ्गोलामा लडिरहेका क्युवालीको सङ्ख्या ३६ हजार पुगिसकेको थियो । एफएपीएलएसँग मिलेर उनीहरूले दक्षिण अफ्रिकी सेना र युनिटालाई पराजित गर्न सफल भए । दक्षिण अफ्रिकी सेना धपाइए । सन् १९७६ को २७ मार्चमा दक्षिण अफ्रिकाका अन्तिम फौजले अङ्गोलाको सिमाना पार गरेर नामिबियातिर गए । क्युवाली मिसनको यो चरणमा स्वाधीन अङ्गोलालाई बलियो बनायो र एमपीएलए सरकारलाई शक्तिशाली बनायो ।

क्युवाली र अंगोलाका लडाकुहरू काङ्म्बामा प्राप्त विजयमा खुशियाली मनाउँदै ।
युनिटा र दक्षिण अफ्रिका : एउटा अनियमित लडाइँ (सन् १९७६–८७)
वाटर्स : अङ्गोलामा तपाईँको पहिलो मिसन सन् १९७७ मार्चदेखि सन् १९७९ को मध्यावधिसम्म थियो । त्यत्तिबेला तपाईँका जिम्मेवारी के थियो ?
भिल्लेगस : म अङ्गोला पुग्दासम्म जायर र दक्षिण अफ्रिकाका सेना सबै धपाइसकिएको थियो । उत्तरमा एफएपीएलएले आफ्नो अवस्था बलियो बनाइसकेको थियो । जायरबाट हुन सक्ने कुनै पनि सम्भावित नयाँ हमलाबाट हाम्रो फौजले अङ्गोलाको रक्षा गरेको थियो । एफएनएलएका केही सिपाही अझै बाँकी थिए । तर, उनीहरूले कुनै सहरमाथि कब्जा जमाएका थिएनन् । केही सङ्ख्यामा गाउँहरूमाथि कब्जा जमाएर बसेका थिए । समय–समयमा उनीहरूले साना कृषि क्षेत्र वा केही गाउँमाथि हमला गर्थे । एफएनएलए विभाजित भइसकेको थियो । उनीहरूका धेरै गतिविधि मालान्जे क्षेत्रमा केन्द्रित थियो ।
मलाई उत्तरी क्षेत्रको मोटर सुसज्जित टुकडीको जिम्मेवारी सुम्पिएको थियो । अङ्गोलाको जनमुक्ति सेना एफएपीएलएका लागि क्युवाली सल्लाहकारहरूको त्यो एकाइ थियो । हिजोआज अङ्गोलाका उत्तरी प्रान्तहरू यूजी, जायर, क्वान्जा नोर्टे र मालान्जे त्यत्तिबेला हाम्रो जिम्मेवारी क्षेत्रभित्र पर्थे । हाम्रो मुख्यालय नेगागे सहरमा थियो । पोर्चुगलको उपनिवेशकालीन समयमा त्यो सहर हवाई आधार क्षेत्र थियो ।
एफएनएलएसँग हामीले धेरै पटक लडाइँ लड्नुप¥यो । म पनि दुई पटक त घाइते भएको थिएँ ।
कलेरो : फिडेल र राउलले बारम्बार क्युवामा क्रान्तिकारी लडाइँ चलिरहेको बेला विद्रोह सेनाले पक्राउ गरेका बाटिस्टा अधिनायकवादी शासनका सिपाही र सर्वसाधारणलाई ठूलो सम्मानका साथ व्यवहार गरिएको बताउनुभएको छ । क्युवाली नेतृत्वको यो पहिलेदेखिको राजनीतिक मान्यता रहँदै आएको छ । यो सन्दर्भमा अङ्गोलाको अनुभव कस्तो पाउनुभयो ?
भिल्लेगस : यो कुरा अङ्गोलाको सन्दर्भमा पनि लागु भएको थियो । एफएनएलए र जायरियाली सेनाका धेरै सिपाहीहरूले हामीसमक्ष आत्मसमर्पण गर्ने बाटो छाने किनभने उनीहरूलाई हामीले युद्धबन्दीलाई राम्रो व्यवहार गर्ने थाहा थियो । एफएनएलएले सर्वसाधारण जनतालाई गर्ने दुव्र्यवहार र हामीले गर्ने सम्मानपूर्ण व्यवहारबीच ठूलो अन्तर थियो । यस्तो व्यवहारले एमपीएलएप्रति जनताको विश्वास जित्न निकै मद्दत गरेको थियो ।
एउटा प्रसङ्ग । क्युवाली बिमान चालकले गल्तीवश एउटा सानो गाउँमा केही बम खसाले । आक्रमणमा परी केही सर्वसाधारणको ज्यान गयो । फिडेलले दोषी बिमान चालकलाई अङ्गोलाको कानुनअनुसार नै कानुनी कारबाही गर्न निर्देशन दिनुभयो । नेटोले बिमान चालकले जानाजान बम नखसालेको बताए । त्यसैले बिमान चालकलाई सजाय गरियो ।
क्युवा सरकार कोही पनि क्युवाली त्यस्ता घटनामा संलग्न भएको पाइए उनीहरूलाई अङ्गोलाको कानुनअनुसार नै कारबाही गर्नुपर्ने अडानमा थियो । संरा अमेरिकाको सन्दर्भमा भने यो ठ्याक्कै उल्टो थियो । बमबारी गरेर सर्वसाधारणलाई मार्ने आफ्ना सिपाहीलाई कुनै पनि सजाय नगर्न संरा अमेरिकाले अरू देशमाथि हमला गर्छ ।
क्युवाली बिमानचालकले गल्ती गरे । उनको गल्तीले सर्वसाधारणको ज्यान गयो ।
फिडेलले त्यो बिमान चालकलाई लडाइँबाट फिर्ता गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “युद्धले मानिसको मनोविज्ञानमा प्रभाव पार्न थालेको छ ।” मृत्युसँग तपाईँको बारम्बारको अन्तरक्रियाले जीवनलाई तपाईँले दिने महत्वलाई न्यून बनाउँछ । तपाईँ मृत्युसँग अभ्यस्त हुनुहुनेछ । फिडेलले हरेक उपाय अङ्गालेर पनि मनोवैज्ञानिकरूपमा विकृत बन्नबाट जोगाउनुभयो । हामीलाई जीवनको मूल्यबोध नभएको मानिस बन्नबाट जोगाउनुभयो ।
त्यही भएर पनि फिडेलले हामी आफ्नै मान्छे सखाप पार्ने लडाइँमा सामेल नहुन भन्नुभएको थियो । उहाँले क्युवाको भूमिकालाई विदेशी हमलाबाट अङ्गोलालाई जोगाउनुभएको व्याख्या गर्नुभएको थियो । हामी दक्षिण अफ्रिकी सेनासँग लड्दै थियौँ । अङ्गोलाको सेनालाई मद्दत गर्न हामीसँग सैनिक सल्लाहकारहरू थिए । तर, युनिटा र एफएनएलए फौजसँग आखिरमा लड्ने एफएपीएलए थियो ।
हामी अङ्गोली जनताबीचको लडाइँमा भाग लिन गएका थिएनौँ । न हामीले हाम्रा मान्छेलाई मृत्युप्रति असंवेदनशील हत्यारा औजारमात्र बनाउन तयार थिएनौँ ।
म आफैले एफएनएलएले सर्वसाधारण जनतालाई लडाइँमा मानव ढालको रूपमा प्रयोग गरेको देखेको छु । एकपटक एफएपीएलएले एफएनएलएका डाँकाहरूविरुद्ध हमला गरिरहेको थियो । मैले एउटा बटालियनको नेतृत्व गरेको थिएँ । त्यो बटालियन नेगागेतिर अघि बढिरहेको थियो । त्यहाँ हामीले ती गुण्डाहरूले सर्वसाधारण जनतालाई बन्दी बनाएको थाहा पायौँ । हामीले गोली नचलाओस् भनेर उनीहरूले महिला र केटाकेटीलाई प्रयोग गरेका थिए । उनीहरूलाई मानवीय संवेदनशीलता भएका क्रान्तिकारीहरू भएकाले हामीले सर्वसाधारण नागरिकमाथि गोली नहान्ने कुरा थाहा थियो । त्यत्तिबेला समयले उनीहरूलाई दिएको मौकाको फाइदा उठाउँदै नदीतिर भागेका थिए ।
अर्को एउटा उदाहरण । हाम्रो एउटा समूह दुई वटा हेलिकप्टरमा उडिरहेका थियौँ । एफएनएलएले एउटा हेलिकप्टरमाथि मेसिन गनले हमला गरे । हेलिकप्टर रुखहरूमा गएर जोतियो । म दोस्रो हेलिकप्टरमा थिएँ । हेलिकप्टर अवतरण गरेर हामी हाम्रा कमरेडहरूलाई जोगाउनतिर लाग्यौँ । तर, रात परिसकेकोले हामीले उनीहरूलाई भेटाउन सकेनौँ । अर्कोतिर हामी फर्किँदा एफएनएलएका मान्छेहरूले बञ्चरोले पन्ध्र वटा लासलाई टुक्रा टुक्रा पारेको देख्यौँ ।
पछि हामीले क्युवाली र एफएपीएलएका बटालियन परिचालन गरेर यूजी क्षेत्रका एफएनएलएका आधारहरूमाथि प्रतिरक्षात्मक कारबाही गरेर ध्वस्त बनाएका थियौँ ।
राष्ट्रपति अगस्टिनो नेटोविरुद्ध सत्ता कब्जाको प्रयास
वाटर्स : सन् १९७७ को मे महिनामा तपाईँ अङ्गोला पुगेपछि अगस्टिनो नेटोको सरकार फाल्न असफल प्रयास भएको थियो । एमपीएलएका नेता निटो एल्भिसको नेतृत्बमा त्यो प्रयास भएको थियो । खासमा के भएको थियो र त्यसप्रति क्युवाली अन्तर्राष्ट्रवादीहरूको प्रतिक्रिया कस्तो थियो ?
भिल्लेगस : निटो एल्भिस गृहमन्त्री तथा एमपीएलएका नेता थिए । एमपीएलएको एउटा खेमा उनको पक्षमा थियो । उनले सबै प्रान्तका राजनीतिक अधिकारी र नेतृत्वका अन्य पदमा आफ्ना मान्छे राखेका थिए । एफएपीएलएका प्रधानसेनापति मोनस्ट्रो इमोर्टल (ज्याकोब कैतानो जोआओ) र एपीएलएका अरू नेताहरू पनि सत्ताकब्जामा सामेल भएका थिए । एफएपीएलएको नवौँ बिग्रेड पनि निटो एल्भिसले गरेको विद्रोहमा साथ दिएको थियो । सत्ता कब्जाको प्रयास गरेकाहरूले राष्ट्रिय रेडियो स्टेसन, प्रहरी मुख्यालय, कारागार र राजधानीका अन्य केही महत्वपूर्ण स्थानमाथि कब्जा जमाएका थिए ।
सत्ता कब्जा प्रयास भएको दुई महिनाअघि जायर प्रान्तको कातांगामा अङ्गोलामा बस्दै आएका निर्वासित कातांगालीहरूले गरेको हमलाका कारण राजधानीमा सरकार कमजोर भएको अवस्थामा सत्ता कब्जाको प्रयास भएको थियो । जायर प्रान्तमा कातांगालीहरूले सीमावर्ती क्षेत्रमा पृथकतावादी गतिविधि चलाएका थिए । जायरका राष्ट्रपति मोबुटुको आग्रह र संरा अमेरिका तथा फ्रान्सको समर्थनमा मोबुटु सरकार जोगाउन मोरोक्को सरकारले जायरमा एक टोली फौज पठाएको थियो । कातांगाली आप्रवासी बललाई अङ्गोलाबाट धपाइयो ।
अङ्गोलाको रक्षा तथा जायरियाली फौज सीमाभित्र पस्न रोक्न हामीले जनरल इनरिक एसिभिडोको नेतृत्बमा राजधानी ल्वान्डाबाट पूर्वतिर सिपाही पठाएका थियौँ ।
त्यसकारण, निटो एल्भिसले सत्ता कब्जाको प्रयास गर्दा ल्वान्डाको सुरक्षाको निम्ति तैनाथ क्युवालीहरूको सङ्ख्या पनि कम थियो । राजधानीमा रहेका सीमित क्युवालीहरूमध्ये राफेल मोरासेनले नेतृत्व गरेको सल्लाहकारहरूको एउटा समूह थियो । त्यो समूहलाई राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी तोकिएको थियो ।
ल्वान्डामा क्युवाली कमान्डको समन्वयमा हाम्रा सिपाहीले सत्ता कब्जा गर्न खोज्ने सबैलाई उनीहरूले नियन्त्रणमा लिएका सबै स्थानबाट लखेटे । मोरासेनको कमान्डमा राष्ट्रपतिको सुरक्षा दस्ताको एउटा एकाइले राष्ट्रिय रेडियो स्टेसन फिर्ता लियो । मोरासेनले माइक्रोफोनबाट निटो नै राष्ट्रपति भएको घोषणा गरे । त्यत्तिबेलाको हतारको समयमा उनले स्पेनियाली भाषामै त्यो घोषणा गरेका थिए ।
सत्ता कब्जाको प्रयास त्यो दिन असफल भयो । एक थोपा पनि रगत बग्न पाएन । सत्ता कब्जा गर्न खोज्नेलाई पछि एफएपीएलएले पक्राउ ग¥यो । एफएपीएलएसँगै क्युवाली प्रशिक्षकहरू पनि थिए ।
केही प्रान्तमा डगमगाएका एफएपीएलएका कमान्डरलाई क्युवाली लडाकुहरू गएर साथ दिनुपरेको थियो । कार्मोनाका कमान्डर निकै डराएका थिए । मैले उनलाई क्युवाली मुख्यालयमा लिएर गएँ । सत्ता कब्जा गर्ने सबै मानिस पक्राउ नगर्दासम्म उनको सुरक्षाको लागि त्यहाँ राखियो ।
निटो एल्भिस भागेर उत्तरतिर लागे । केही सातापछि क्युवाली सल्लाहकारहरूको समूहले गृहमन्त्रीलाई भेटाए र सरकारको जिम्मा लगाए ।
वाटर्स : त्यो सत्ता कब्जा पछाडि खास कुरा के थियो ? एल्सिभ र नेटोबीचका राजनीतिक मतान्तर के थिए ?
भिल्लेगस : त्यो शक्तिको प्यास थियो । निटो एल्भिस निटोलाई हटाएर आफू राष्ट्रपति बन्न चाहन्थे । जहाँसम्म मलाई थाहा छ, त्यो कुनै वैचारिक मतभिन्नताको कारण भएको थिएन । तर, निटोलाई सोभियत सङ्घको साथ आफूलाई भएको ठान्थे । त्यसैले पनि उनको सो योजना अझ बलियो बनेको हो ।
युनिटाविरुद्ध सङ्घर्ष
कलेरो : पहिलो हमलाको पराजय र एफएनएलएलाई उत्तरबाट धपाउने अभियान चल्दै गर्दा अङ्गोलाका अन्य भूभागमा के भइरहेको थियो ?
भिल्लेगस : सन् १९७६ को मार्चमा दक्षिण अफ्रिकी सेना अङ्गोलाबाट फर्कियो । तर, भित्रभित्र लडाइँलाई भने फेरि पनि चालु राखियो । दक्षिण अङ्गोलामा युनिटा फौजको तालिममा दक्षिण अफ्रिकी प्रशिक्षकहरू घुसे । उत्तरी नामिबियामा पनि उनीहरूले युनिटा फौजलाई तालिम दिइरहेका थिए । युनिटाले आफ्नो आक्रमणलाई जारी राखेको थियो ।
त्यस परिस्थितिमा भाडाका सिपाहीविरुद्ध सङ्घर्षले रेजिमेन्ट गठन गरियो । त्यसको मुख्यालय मध्य क्षेत्रको ह्वाम्बोमा थियो । युनिटाविरुद्ध सङ्घर्ष गर्न त्यो रेजिमेन्टले एफएपीएलएसँग सहकार्य ग¥यो । दक्षिणी अङ्गोलामा हाम्रो नियमित सेना थियो । त्यसको काम भनेको दक्षिण अफ्रिकी घुसपैठ रोक्नु थियो ।
सन् १९७७ मा म अङ्गोलामा पुगेको केही समयपश्चात् जनरल राउल मेनेन्डेज टोमाशेविचले हाम्रो सैनिक मिसनको नेतृत्व सम्हाले । त्यसको दुई वर्ष क्युवाली प्रशिक्षकहरूसहित एफएपीएलएले युनिटाविरुद्ध हमलालाई तीव्र बनायो । त्यसकारण, युनिटा फौज कुनै पनि महत्वपूर्ण स्थानमाथि नियन्त्रण जमाउन सफल भएन । युनिटा एफएनएलएभन्दा पनि बलियो शत्रु थियो । उनीहरू दक्षिण अफ्रिका र संरा अमेरिकी सरकारबाट प्राप्त पैसा र हातहतियारसहितको व्यवस्थित गुरिल्ला सेना थिए । हरेक क्षेत्रमा उनीहरूका सैनिक तथा सरकारी संरचना थिए । उनीहरूले बाटोको सञ्जाल बनाएका थिए ।
एक समय युनिटाले लुकपा र लुन्डा नोर्टे प्रान्तमा रहेका केही ठूला हिरा खानीमाथि कब्जा जमाएको थियो । त्यहाँको विमानस्थलबाट उनीहरू सिधै हिरा युरोपतिर निकासा गर्थे । हिराखानी उनीहरूको लागि आर्थिक बन्दोबस्तको बलियो आधार बन्यो ।
मैले यसअघि पनि चर्चा गरिसकेँ, युनिटा मध्य अङ्गोलाका केही स्थानमा बसोबास गर्ने सबभन्दा ठूलो आदिवासी ओभिमबुन्डु समुहमा आधारित सङ्गठन थियो । शक्तिको लागि साभिम्बीले प्रतिक्रियावादी नीति अङ्गाले । उनले अङ्गोलालाई ‘कालाहरूको राज्य’ बनाउने घोषणा गरेका थिए । उनी काला समुदायलाई मात्र समावेश नगरी मिश्रित रगतका अङ्गोलीहरूलाई पनि समावेश गरेकोमा एमपीएलएको विरोध गर्थे । एमपीएलए भने जातीय सङ्कीर्णताबाट माथि उठ्न खोजिरहेको थियो । त्यसकारण, युनिटालाई भन्दा जनताको समर्थन एमपीएलएप्रति थियो ।
साभिम्बी युनिटा ‘काला समाजवादी गणराज्य’ स्थापनाको निम्ति लडिरहेको र क्युवाले ‘भौगोलिक भाग्यवाद’ को कारण एमपीएलएलाई समर्थन गरेको भन्थे । उनी आफूले क्युवालाई सुरुमा सम्पर्क गरेको भए क्युवालीहरूले आफूलाई समर्थन गर्ने तर क्युवाले नेटोलाई समर्थन गरिसकेको अवस्थामा आफूसँग दक्षिण अफ्रिकाको पछि लाग्नुको विकल्प नभएको बताउँथे ।
युनिटा पनि एफएनएलएजस्तै प्रतिक्रियावादी शक्तिसँग मिल्यो । साभिम्बी साम्राज्यवादका ज्यावल थिए । स्वाधीनता सङ्घर्षको क्रममा उनले एमपीएलएमाथि हमला गर्न पोर्चुगालीहरूसँग मिलेमत्तो गरेका थिए ।
खासमा युनिटाको कुनै खास सिद्धान्त थिएन । त्यसकारण, उनीहरू कुनै क्षेत्रमा पुग्दा मानिसहरू स्वेच्छाले युनिटा सेनामा भर्ती हुँदैनथे । त्यसकारण, उनीहरूले मानिसहरूलाई जबरजस्ती आफ्नो सेनामा भर्ती गर्थे । उनीहरू गाउँघरमा पसेर कोही युवकलाई देखे आफूसँगै लिएर जान्थे । ती युवाहरूलाई राइफल ठम्याइन्थ्यो र गोली हान्न तालिम दिइन्थ्यो । त्यत्ति गरेकै भरमा ऊ युनिटाको सदस्य बन्थ्यो ।
दक्षिण अफ्रिकी सेनाले साथ समर्थन गरेको युनिटाले अनियमित युद्ध छेड्थ्यो । दक्षिण अफ्रिकीहरूले ३२ वटा बटालियन बनाएको थियो । ती बटालियनलाई भैँसी बटालियन भनिन्थ्यो । दक्षिण अफ्रिकी अधिकारीहरू पनि भएका ती कुलीन दस्ताहरू मुख्यतः अङ्गोलाकै जनताले बनेका थिए । उनीहरूमध्ये अधिकांश पहिला एफएनएलएका सदस्य थिए । एफएनएलए पराजित भएपछि उनीहरूले नामिबियामा शरण लिएका थिए ।
नामिबियाका आधारहरूबाट भैँसी बटालियनहरू दक्षिण अफ्रिकी विशेष सेनाका अन्य एकात्न्दा अङ्गोलाको भित्रभित्रसम्म घुसपैठ गरेका थिए । उनीहरूले अङ्गोलाका धेरै गाउँमा नरसंहार मच्चाए । उनीहरूले दक्षिण पश्चिम अफ्रिकी जनताको सङ्गठन (स्वापो) का गुरिल्ला लडाकुहरूलाई दमन गरे ।
स्वापो नामिबियाको स्वाधीनताको लागि लडिरहेको थियो । पहिलो विश्वयुद्धको अन्त्यपछि नामिबिया जर्मनीबाट दक्षिण अफ्रिकाको उपनिवेश बन्यो । स्वापोका आधारहरू दक्षिण अङ्गोलामा थिए । हमला र कारबाही गर्न उनीहरू अङ्गोला र नामिबियाको सीमा पार गरेर नामिबिया पुग्थे । दक्षिण अफ्रिका सरकार आफू स्वापोविरुद्ध लडिरहेको भन्दै अङ्गोलाका गतिविधिलाई जायज ठह¥याउँथ्यो ।
नेपाली अनुवादः नीरज
Leave a Reply