धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
भक्तपुर, १४ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घ भ.न.पा. ४ बोलाछेँ एकाइ समितिको आयोजनामा शुक्रबार शुभ विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका सचिव प्रेम सुवालले पुराना अन्धविश्वास छोडेर नयाँ ढङ्गले चाडबाड मनाउन शिक्षा र चेतनाको आवश्यकताबारे प्रकाश पार्दै चुनावबाट जनताका देशभक्त उम्मेदवार जिताएर पठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अतिथि सुवालले देश बेच्न उद्यत रहेका शासक दलका नेताहरू लेण्डुप दोर्जेको नयाँ संस्करण भएको पुष्टि गर्दै व्याख्यात्मक घोषणाको नाउँमा राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने विदेशी दलाललाई जनताले सजाय दिने बेला आएको बताउनुभयो ।
क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रोको “महिलालाई शिक्षा दिनु भनेको क्रान्तिभित्र पनि क्रान्ति गर्नु हो” भन्ने विचार व्यक्त गर्दै उहाँले प्रत्येक नेपालीको टाउकोमा पचहत्तर हजार वैदेशिक ऋण थोपर्ने, देशलाई परनिर्भरतामा धकेल्ने कार्यमा सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरू जिम्मेवार भएको पुष्टि गर्नुभयो । स्वदेशमै निःशुल्क उपचारको बन्दोबस्त गर्नुपर्ने चर्चा गर्दै उहाँले सिंहदरबार भ्रष्टाचारीहरूको अखडा भएको जनगुनासो व्यक्त गर्नुभयो । उहाँले ठूला पार्टीहरूभित्र भागबन्डा र पद बाँडफाँडको विषयमा कलह हुनु गलत भएको उल्लेख गर्दै सिद्धान्तहीन एकताभन्दा फुट धेरै राम्रो भन्ने भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भनसका सदस्य एवम् अधिवक्ता अनिता जधारीले देशलाई सिक्किम र फिजी बन्न नदिन राष्ट्रपतिले चालेको कदम स्वागतयोग्य भएको टिप्पणी गर्नुभयो । उहाँले न्यायप्रेमी शोसितपीडित जनताको मुक्तिका लागि पारिवारिक सुख, समृद्धिमात्र पर्याप्त नरहेको बरु सामाजिक र राजनीतिक परिवर्तन अपरिहार्य रहेको धारणा पनि व्यक्त गर्नुभयो ।
नेमकिपा भजिसका सदस्य एवम् भ.न.पा. वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले डेङ्गु रोगबाट बच्ने उपायहरूबारे बताउँदै वडाका विविध गतिविधिबारे बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भ.न.पा. बोलाछेँ एकाइ समितिका अध्यक्ष कृष्णलक्ष्मी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा हरिसुन्दर सुवाल, रामलक्ष्मी दुवाल, नर्स रशिला सुवाललगायतले बोल्नुभयो ।
Leave a Reply