धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
भक्तपुर, १४ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा बडा दसैँ र दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
अध्यक्ष बिजुक्छेँले ख्वप अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको सन्दर्भमा अस्पतालको व्यवस्थापन अझ राम्रो बनाउनुपर्ने र गरिब जनताको सेवा गर्ने उद्देश्यले अस्पतालका चिकित्सक र कर्मचारीहरूले काम गर्नुपर्ने बताउनुभयो ।
अस्पतालले बिरामीलाई सहज र सुलभरूपमा स्वास्थ्य उपचार सेवा दिन सके बिरामीको आत्मबल बलियो हुने विश्वास व्यक्त गर्दै उहाँले अस्पतालको विषयमा आउने रचनात्मक सुझावबारे अस्पताल व्यवस्थापन समितिले समयमै सुनुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कर्मचारीहरूको कामको उचित मूल्याङ्कन हुनुपर्ने प्रसङ्ग जोड्दै कर्मचारीहरूको नियमित बैठक राखिनुपर्ने, कर्मचारीहरूलाई तालिम तथा पुनःताजगीको व्यवस्था हुनुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
अस्पतालमा आउने बिरामीहरूको लागि स्वच्छ खानेपानीको व्यवस्था गरी कर्मचारी र चिकित्सकले असल व्यवहार र आचरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले जनताका आधारभूत आवश्यकता पूरा गर्ने काममा विशेष जोड दिँदै आएको उल्लेख गर्दै गरिब जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सहज ढङ्गले उपलब्ध गराउने उद्देश्य ख्वप अस्पतालको रहेको बताउनुभयो ।
उहाँले विकास निर्माणको काममा भक्तपुर नपाले कहिल्यै सरकारको भर नपरेको हुँदा समयमै सहज ढङ्गले काम गरिरहेको चर्चा गर्दै भक्तपुर नपाले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले डेङ्गु रोगको जोखिम बढेको प्रसङ्ग जोड्दै सबैको हातेमालो र सहकार्यले जुनसुकै सङ्कट पनि सजिलै समाधान गर्न सकिने बताउनुभयो ।
ख्वप अस्पतालका डा. अमर प्रजापतिले डेङ्गु रोगको निश्चित उपचार नभएको हुँदा यसबाट सुरक्षित हुन समुदाय नै सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. महजेशप्रताप मल्ल, ख्वप अस्पताल आयोजना प्रमुख विजयराम कोजु र ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभाग प्रमुख ईश्वरीले अस्पतालको सेवा प्रवाह, भवन निर्माणको प्रगति विवरण र कलेजको शैक्षिक अवस्थाबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य रत्नसुन्दर लासिवा र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply