भर्खरै :

विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउनुपर्ने

विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउनुपर्ने

भक्तपुर, १४ असोज । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा शुक्रबार शुभकामना कार्यक्रम भयो ।
प्रभात सार्वजनिक शैक्षिक गुठी साधारणसभाबाट मनोनीत नयाँ सदस्यहरूको परिचयात्मक कार्यक्रमसमेत भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले भक्तपुर सांस्कृतिक नगर भएकोले यहाँका हरेक विद्यार्थीले एउटा नृत्य या वाद्यवादन भए पनि सिक्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउनुका साथै अतिरिक्त क्रियाकलापमा सरिक गराउनेतर्फ शिक्षकहरूले उत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मनोनीत सदस्यहरूलाई बधाई दिँदै सचिव सुवालले सदस्यहरूको सुझावलाई मनन गरी विद्यालय अगाडि बढ्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना सैँजूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सरकारले योग्य शिक्षक नियुक्ति गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, दसैँको समयमा सिर्जनशील पुस्तकहरू अध्ययन गरी अन्तरक्रिया र पुस्तक वार्ता गर्नु आवश्यक छ ।”
भनपा वडा नं. ६ का वडा अध्यक्ष डा. हरिराम सुवालले डेङ्गु महामारीबाट बच्न सरसफाइलाई जोड दिनु अहिलेको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापति, राज्यश्वरी गाइँजू र सुजाता ध्वजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *