हेयर कटिङ, सिलाइ तथा पाक शिक्षा तालिम सम्पन्न
- भाद्र २१, २०८३
आफैँ भित्र हारेकालाई
पनि विजयको
आभाष दिलाउने
दसैँको त्यो रातो टीका ।
गाउँका कुना कन्दरादेखि
सहरको चोक र
गल्लीसम्म
शान्ति, सद्भाव र उत्साह
फैलाउने त्यो रातो टीका ।
पल्लाघरे साइँलाको घरमा
दसैँले खुसीयाली ल्याएछ
कमेरोले सेताम्य पारी
घर पनि लिपिएछ ।
उसको सन्तान पनि
अब त नयाँ लुगा
लगाउन पाइयो भन्दै
वरपिपलमा हालिएको
लिङ्गे पिङमा च च हुइ
गर्दै रहेछन् ।
वास्तवमै दसैँको त्यो
रातो टीकाले
हरेकको मुहारमा खुसीयाली छाएको छ
केही समयलाई भए पनि ती
गरिबका जीवनमा
गुलाबी रङ्ग भरिदिएको छ ।
Leave a Reply