भर्खरै :

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ५

कासिङ्गा नरसंहार
दक्षिणी अङ्गोलामा कासिङ्गा नामको सहर छ । त्यहाँ नामिबियाबाट आएका शरणार्थीहरू बसेका थिए । उनीहरूलाई स्वापो लडाकुहरूको सानो समूहले सुरक्षा गरेको थियो । दक्षिण अफ्रिकीहरूले त्यसलाई स्वापोको महत्वपूर्ण सैनिक आधार मानेको थियो । त्यही बहानामा सन् १९७८ को मेमा दक्षिणी अफ्रिकी सेनाले कासिङ्गामा नरसंहार मच्चाएको थियो । उनीहरूले सहरमा बमबारी गरेका थिए । छ सय नामिबियालीहरूले ज्यान गुमाए । मारिनेमा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिक थिए ।
जवाफमा तत्कालै नजिकै रहेको एउटा क्युवाली सैनिक एकाइ ट्याङ्क र हातहतियारसहित नामिबियालीहरूको रक्षाको निम्ति तैनाथ गरियो । निकै अप्ठ्यारो अवस्थामा दक्षिण अफ्रिकी सेनाले यो एकाइमाथि हमला ग¥यो । क्युवाली लडाकुहरू घटनास्थलतिर अघि बढ्दै गर्दा हमला भएको थियो । त्यहाँ सोह्र जना लडाकु मारिएका थिए । त्यही बेला क्युवाली र नामिबियालीहरूले मिलेर पहिलो पटक रगत बगाए ।
साम्राज्यवादी सञ्चारमाध्यमले कासिङ्गा नरसंहारबारे केही पनि प्रचार गरेनन् ।
कासिङ्गा नरसंहारपश्चात् हरेक क्युवाली ब्रिगेडलाई निश्चित भूभाग तोकेर जिम्मा दिने निर्णय भयो । त्यसरी तोकिएको क्षेत्रमा क्युवाली टोलीले अनुमति नलिई स्वतन्त्र ढङ्गले काम गर्नसक्ने बनाइयो । यदि युनिटाका सिपाही आफ्नो क्षेत्रमा प्रवेश गरे क्युवाली एकाइको काम उनीहरूलाई त्यहाँबाट धपाउनु थियो । युनिटाले हमला नगर्दासम्म क्युवाली सिपाहीले उनीहरूलाई छोएनन् । एफएपीएलएले पनि त्यस्तै गरे ।
कलेरो : तपाईँ अङ्गोलामा हुँदा क्युवाले अङ्गोलाको सैनिकरूपमा मात्र सुरक्षा गरेन । सोह्र वर्षको अन्तरालमा ३ लाख ७५ हजार क्युवाली लडाकुहरूले अङ्गोलामा लडेनन् मात्र, अरू ५० हजार क्युवाली नागरिकले त्यहाँका सरकारी कर्मचारीको रूपमा काम गरे । उनीहरूले अङ्गोलामा शिक्षक, निर्माण मजदुर, स्वास्थ्यकर्मीलगायत विभिन्न पेशाकर्मी भएर काम गरे । तपाईँ त्यत्तिबेला उत्तरी अङ्गोलामा हुनुहुन्थ्यो । क्युवालीहरूको भूमिका त्यहाँ कस्तो थियो ?
भिल्लेगस : सुरुआती वर्षमा क्युवाली नागरिक मिसनले अङ्गोलाको अर्थतन्त्र बलियो बनाउन मद्दत गरे । उदाहरणको लागि उत्तरी अङ्गोलामा उनीहरूले कफी खेतीमा महत्वपूर्ण भूमिका खेले ।
कफी अङ्गोलाको सबभन्दा बढी निर्यात हुने बालीमध्ये पर्छ । उत्तरी पहाडी क्षेत्रमा कफी खेतीहरू थिए । म पहाडै पहाड ल्वान्डा जान यात्रा गर्दा बाटोमा अङ्कुराउँदै गरेको कफी फूलको सेतो समुद्र छिचोल्दै जानुपथ्र्यो । ज्यादै सुन्दर मनोरम दृश्य ।
लडाइँको कारण कफी बालीले निर्यातको निम्ति ल्वान्डासम्म पनि पु¥याउन सकिएको थिएन । सबै गोदाममै थन्किएको थियो । अङ्गोलामा सवारी चालक र कृषि प्राविधिकहरू निकै कम सङ्ख्यामा मात्र थिए । पोर्चुगालीहरूले नै त्यस्ता काम गर्दै आएका थिए । त्यत्तिबेला उनीहरूले अङ्गोला छोडिसकेका थिए ।
हजारौँ क्युवालीहरूले कफी खेती सपार्न मद्दत गरे । हाम्रा केही सिपाही ट्रक चालक र डाकको कर्मचारी बनेका थिए । उनीहरूले कफी ल्वान्डा ढुवानी गर्थे र जहाजमा पठाउँथे ।
क्युवाली सिपाहीहरूले अङ्गोलामा गएका क्युवाली नागरिक स्वयम्सेवकहरूको पनि सुरक्षा गर्नुपथ्र्यो । उनीहरूमाथि पनि एफएनएलए र युनिटाका डाँकाहरूले हमला गर्थे । स्वयम्सेवकहरू धेरैतिर छरिएका थिए । कोही घरमा बस्थे, कोही कफी खेतीमा । सबै खेतीमा आत्मरक्षा प्रणाली थियो । सबै आत्मरक्षा प्रणाली मिलेर काम गर्थे ।
तर, धेरै पटक हाम्रा सैनिक एकाइ गएर उनीहरूको उद्धार गर्नुपरेको थियो । एकपटक हाम्रा गुप्तचरहरूले क्युवालीहरू काम गरिरहेको उत्तरका सबै कफी खेतीमाथि एक समूह डाँकाहरूले हमला गर्न लागेको सूचना दिए । हामीले ठूलै कारबाही चलायौँ र केही समयको लागि सबै क्युवाली स्वयम्सेवकहरूलाई ती स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण ग¥यौँ ।

क्युवालीहरूले नागरिक तहमा पनि अङ्गोलामा सहयोग गरेका थिए । यो तस्बिरमा क्युवालीहरूले अङ्गोलाका जनतालाइ ट्रक चलाउन तालिम दिँदै छन् । अनि तल्लो तस्बिर एउटा अनाथालयको हो । त्यहा क्युवालीहरूले सेवा गरेका थिए ।

वाटर्स : सन् १९७९ मा तपाईँ क्युवा फर्केपछि उनीहरूका जिम्मेवारी के थिए ?
भिल्लेगस : सैनिक अवस्थामा प्रस्ट सुधार भएपछि सन् १९७९ को सुरुआतमा अङ्गोला सरकारसँगको सहमतिमा क्युवाले एफएपीएलए एकाइका सल्लाहकारहरूलाई फिर्ता गर्न थाल्यो । दक्षिणी अङ्गोलातिर नामिबियाली सिमानामा त्यहाँ तैनाथ क्युवालीहरू फर्के र नामिबे बन्दरगाहदेखि मेननग्यसम्म बलियो सुरक्षा रेखा बनाएर तैनाथ भए । यो सुरक्षा रेखा सीमाको उत्तरमा झन्डै २५० किलोमिटर लामो थियो । यो रेखाको मूल लक्ष्य दक्षिण अफ्रिकीहरू अघि बढ्ने कुनै पनि सम्भावनाको प्रतिरोध गर्नु थियो ।
केही महिनापश्चात् टोमिसेविच क्युवा फर्के । अनि म पनि फर्केँ । त्यसपछि दुई वर्ष मैले क्युवाली क्रान्तिकारी सशस्त्र सेना (एफएआर) को ट्याङ्क डिभिजनको मोटरबद्ध सैनिक टुकडीको नेतृत्व गरेँ ।

कोपेल : क्युवाले सैनिक सल्लाहकारहरू फिर्ता बोलाएपछि एफएपीएलएसँग सोभियत सल्लाहकारहरूमात्र बाँकी रहे । तर, उनीहरूसँग प्रस्ट मतान्तर थियो । सन् १९८१ को डिसेम्बरमा हवानामा क्युवाली नेताहरूसँग भेट्ने क्रममा अङ्गोलाका केन्द्रीय नेता लुसिओ लाराले यसबारे टिप्पणी गरेका थिए । सोभियत सल्लाहकारका सैनिक सल्लाह “हाम्रो क्षमताभन्दा परका छन्”, उनले भनेका थिए, “प्रस्ट शब्दमा भन्दा उनीहरूका सल्लाह अङ्गोलाको वास्तविक अवस्थासँग मेल खाँदैनन् । उनीहरूका सैनिक अधिकारीहरूसँग गुरिल्ला युद्धको अनुभव नै छैन । उनीहरू सबै कुरालाई पुरानै आँखाले मात्र नियाल्छन् । …उनीहरूले चौबीस घण्टाभित्र गर्न सकिन्छ भनेका काम हामीलाई पूरा गर्न छ दिन वा एक साता लाग्थ्यो । हामीसँग हवाईजहाज छैन अथवा विमान भए पनि तेल हुँदैन ।… क्युवालीहरूको अनुभव उनीहरूको तुलनामा निकै सान्दर्भिक छन् । त्यसकारण, क्युवाली अनुभव नै निर्णायक पनि छन् ।”

अङ्गोलाको स्वाधीनतामा खुसीयाली मनाउँदै

फिडेलले पनि यो भिन्नताबारे कुरा गर्नुभएको छ । अङ्गोलामा झेल्नुपरेका चुनौतीलाई क्युवाली नेतृत्वले कसरी हेरेका थिए ?
भिल्लेगस : सोभियत सल्लाहकारहरू दक्षिण अफ्रिकाबाट जोगिन अङ्गोलाले ट्याङ्क र भारी हातहतियारसहितको पुरानो शैलीको सेना बनाओस् भन्ने चाहन्थे ।
फिडेलले दक्षिण अफ्रिकी सेना नै अङ्गोलाको मूल शत्रु भए पनि एफएपीएलएसँग दक्षिण अफ्रिकीहरूसँग लड्ने सैनिक क्षमता नभएको भन्नुहुन्थ्यो । दक्षिण अफ्रिकीहरूको हमलाबाट अङ्गोलाको रक्षा गर्ने काम क्युवालाई दिएर एफएपीएलएले आफूलाई युनिटाविरुद्धको लडाइँमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।
त्यसको निम्ति उनीहरूलाई पुरानै शैलीको सेनाको आवश्यकता थिएन । उनीहरूलाई हलुका सामानसहितका लडाकु एकाइ र अनियमित लडाइँको लागि तालिममात्र भए पुग्थ्यो ।
सन् १९७९–८० मा सोभियत सल्लाहकारहरूको कुरा सुनेर एफएपीएलएले युनिटाविरुद्धको कारबाहीबाट पछाडि हट्यो । अनि नियमित सेना बनाउनेमा बढी मिहिनेत लगाए । त्यसपछि दक्षिण अफ्रिका र संरा अमेरिकी समर्थनमा युनिटा फेरि टङ्ग्रियो र फैलियो ।
सन् १९८१ मा अङ्गोलाले फेरि क्युवालाई एफएपीएलएका लागि सैनिक सल्लाहकारहरू पठाउन आग्रह ग¥यो । त्यसको लागि हाम्रो नेतृत्वले क्युवामा डाँकाहरूविरुद्धको सङ्घर्ष (लुचा कोन्ट्रा बान्डिडोस) मा भाग लिएका सैनिक अधिकारीहरूलाई छानियो । क्युवाली क्रान्तिको सुरुआती दिनमा हामीले संरा अमेरिकाको साथ पाएका इस्काम्ब्री पहाडमा रजगज चलाई बसेका प्रतिक्रान्तिकारी डाँकाहरूलाई ठेगान लगाउन त्यो अभियान चलाइएको थियो । अङ्गोला खटाइएका ती अधिकांश अधिकारीहरूले पहिला पनि अङ्गोलामा सेवा गरिसकेका थिए । हामीले आफ्ना अनुभव अङ्गोलाका जनतासँग साट्यौँ ।
यसरी अहिले ‘ओपेरासिओन ओलिभो’ भनी चिनिएको अभियानको थालनी भएको थियो । यसको नेतृत्व गर्न टोमासेविच अङ्गोला फर्के ।
‘ओपेरासिओन ओलिभो’ कारबाहीमा सहभागी भएका सबै क्युवाली लडाकुहरू त्यसपछिको दशकमा अङ्गोलामा युनिटाविरुद्ध लड्न सल्लाहकार भई सेवा गर्ने क्रममा ‘ओलिभो’ नामले नै चिनियो ।
आवश्यकतावश युनिटाका डाँकाहरूविरुद्धको लडाइँ अनियमित खालको लडाइँ थियो । त्यसको निम्ति एफएपीएलएले हलुका हातहतियार बोक्ने सैनिक ब्रिगेड बनायो । त्यसका सल्लाहकारहरू क्युवालीहरू थिए । त्यो थियो ‘ओपेरासिओन ओलिभो’ । सोभियत सल्लाहकारहरू भने अङ्गोलाका नियमित सेनाका एकाइहरूसँगै रहे ।

क्युवाली सैनिक कमान्डरहरू लडाइँ भूमिमा आफै खट्दै

वाटर्स : टोमासेविचलाई नै नेतृत्वको लागि किन छानिएको थियो ?
भिल्लेगस : टोमासेविच क्युवामा ‘लुचा कोन्ट्रा बान्डिडोस’ अभियानका कमान्डर थिए । सन् १९७७ देखि ७९ सम्म उनले अङ्गोलामा क्युवाली सैनिक मिसनको नेतृत्व गर्दा उनीप्रति अङ्गोलाका जनताले गहिरो सम्मान गरेका थिए । उनीहरूसँग उनको ¥याङठ्याङ मिल्थ्यो पनि ।
वाटर्स : सन् १९८१ मा टोमासेविच क्युवा फर्के । त्यहीबेला अङ्गोलामा तपाईँको दोस्रो चरणको मिसन सुरु भयो । तपाईँका नयाँ जिम्मेवारी के के थिए ?
‘उदाहरण बन्नु छ’
भिल्लेगस : हवानामा विदेश पठाइने सैनिक मिसनको विशेष कमान्ड पोस्ट थियो । त्यसको नेतृत्व फिडेलले गर्नुहुन्थ्यो । त्यत्तिबेला क्युवाली सैनिक मिसन अङ्गोला इथियोपिया र निकारागुआमा पनि थिए । सन् १९८१ को मध्यमा मलाई हवानास्थित विशेष कमान्ड पोस्ट र ओपरासिओन ओलिभोको सम्पर्क अधिकारीको जिम्मेवारी दिइयो । म लगातार क्युवा र अङ्गोलामा आउजाउ गरिरहन्थेँ । फिडेलले अङ्गोलाका एकाइहरूमा सल्लाहकार बनेका क्युवालीहरूलाई आफ्नो व्यवहार र उदाहरणबाट दिनरात सबै समय आफ्नो प्रभाव बनाउनमा जोड दिनुहुन्थ्यो । उनीहरू सधैँ एफएपीएलएका सिपाहीहरूसँगै रहनुपर्छ र हमला हुँदा उनीहरूसँगै लड्न र प्रतिकारमा उत्र्न तयार हुनुपर्ने उहाँको जोड थियो ।
हाम्रा क्युवाली सल्लाहकारहरू अङ्गोलाका सिपाहीहरूसँगै बस्थे । उनीहरूले अङ्गोलियालीहरूले सामना गरेका जटिल अवस्था र खतरा सामना गर्थे । तर, राति उनीहरू अङ्गोलाका एकाइहरूसँग सुत्नभन्दा क्युवाली कमान्ड केन्द्र वरपर झुमिन्थे । त्यसो नगर्नभन्दा पनि उनीहरूले त्यसै गरे । उनीहरूलाई त्यसो गर्न सुरक्षित अनुभव हुन्थ्यो । कतै हमला भए क्युवालीहरूमाथि एक ठाउँमा हुँदा प्रतिकार गर्न सजिलो हुने उनीहरूलाई लाग्थ्यो ।
आखिरमा कुरा फिडेलसम्म पुग्यो । उहाँले क्युवाली सल्लाहकारहरूलाई उनीहरूलाई जिम्मा दिइएको अङ्गोलाका टोलीसँगै सुत्न निर्देशन दिनुभयो । उहाँले क्युवालीहरूले चल्ला र माउ कुखुरीको जस्तो व्यवहार गरेको भन्नुभयो । राति कुखुरीको पखेटामुनि शरण लिन खोज्ने चल्लाहरूजस्तै ।
फिडेल जे जस्तो भए पनि क्युवालीहरू उदाहरण बन्नुपर्ने भन्नुहुन्थ्यो ।
यो विषयमा हामी सोभियत सल्लाहकारहरूभन्दा फरक थियौँ । सन् १९६५ मा हामी कङ्गोमा चे ग्वेभाराको नेतृत्वमा लडिरहेका थियौँ । त्यहाँ हाम्रो बुल्गेरियाबाट तालिम पाएका गुरिल्लाहरूसँग कुरा मिलेन । बुल्गेरिया र अन्य सोभियत सङ्घसम्बद्ध कम्युनिस्ट पार्टीहरूले उनीहरूकै शब्दमा ‘कार्यकर्ताको रक्षा गर्ने’ नीतिअनुसार काम गर्थे । उनीहरू कङ्गोका कार्यकर्तालाई आक्रमणमा नजान भन्थे । भविष्यमा सत्तामा आफ्नो हातमा आएपछि देशको नेता बन्नुपर्छ भनेर उनीहरू भविष्यको लागि कार्यकर्ता ‘जोगाउनु पर्ने’ कुरा गर्थे ।
हामी त्यसलाई फरक ढङ्गले बुझ्थ्यौँ । हामी नेतृत्वले लडाइँमा लड्नमा सबभन्दा अब्बल उदाहरण हुनुपर्ने मान्यता राख्थ्यौँ । त्यसको अर्थ आफुलाई अनावश्यकरूपमा बलिदान दिनु वा मर्न तम्सिनु होइन । तर, आक्रमण गर्ने उपयुक्त समयमा नेता नै आफ्नो फौजको सबभन्दा अग्रपङ्क्तिमा हुनुपर्छ ।
त्यसो गर्ने भएकाले फिडेल नैतिक बलका साथ केही कुरा बोल्न सक्नुहुन्थ्यो । उहाँ आफ्ना लडाकुहरूलाई ‘लम्क’ भन्नुहुन्नथ्यो । उहाँ भन्नुहुन्थ्यो, “जाऔँ ।” उहाँ आपैm सधैँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो । सन् १९५३ मा मोनकाडा व्यारेकमाथि हमलाको उहाँले नेतृत्व गर्नुभयो । उहाँ प्लाया गिरोन मोर्चामा हुनुहुन्थ्यो ।
अङ्गोलामा हाम्रा सैनिक अधिकारीहरूले आफ्ना टोलीको नेतृत्व गरे । अङ्गोलामा मारिएका प्रत्येक चारजना सिपाहीमध्ये एकजना क्युवाली थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *