धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
काङगाम्बाको लडाइँ
वाटर्स : तपाईँले व्याख्या गर्नुभएजस्तै सन् १९८० दशकको सुरुआतमा युनिटा सेनाले आफ्नो आक्रामक गतिविधिलाई तीव्रता दियो । त्यही बेला दक्षिण अफ्रिकी सेनाले पनि हमलालाई सघन बनायो । त्यत्तिबेला भएका महत्वपूर्ण हमलामध्ये दक्षिणपूर्वी अङ्गोलाको काङगाम्बामा सन् १९८३ को अगस्टमा भएको हमला पनि एउटा थियो । त्यो हमलामा सङ्ख्यात्मकरूपमा बलियो शत्रु सेनालाई क्युवाली र अङ्गोलियाली सेनाले पराजित गर्न सफल भएका थिए । तपाईँ आफैं त्यो लडाइँमा सामेल हुनुहुन्थ्यो । त्यो घटनालाई कसरी सम्झनुहुन्छ ?
भिल्लेगस : त्यो बेला दक्षिण अफ्रिका र संरा अमेरिकी सरकारको आडभरोसामा युनिटा बलियो बनेको थियो । उनीहरू अङ्गोलाको भित्र भित्रसम्म पुगेका थिए । उनीहरू उत्तरपूर्वतिर अघि बढ्ने योजना बनाउँदै थिए । उनीहरूको लक्ष्य भनेको मध्यपूर्वी क्षेत्रको मोक्सिको प्रान्तको राजधानी लुइनामाथि कब्जा जमाउनु थियो । त्यो सहर कब्जा गरेपछि उनीहरू छिमेकी देशहरू जायर र जाम्बिया जोड्ने रेलमार्गमाथि कब्जा जमाउन सफल हुने थिए । त्यसको निम्ति लुइनालाई अलग बनाउन उनीहरूले काङगाम्बा र मोक्सिको प्रान्तका अन्य सहर कब्जा गर्नु थियो । उनीहरूले यदि काङगाम्बामाथि नियन्त्रण जमाउन सके त्यहाँ क्युवाली सल्लाहकारहरूलाई पक्राउ गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमक्ष देखाउन सक्ने आशा गरेका थिए ।
यस्ता गतिविधिमार्फत युनिटाले उत्तर दिशामा थप भूमिमाथि कब्जा जमाउने लक्ष्य पनि राखेका थिए । विशेषतः हिराखानी भएका प्रान्तहरू लुन्दा नोर्टे र लुन्दा सुरमाथि कब्जा जमाउने उनीहरूको लक्ष्य थियो ।
सन् १९८३ को २ अगस्टमा युनिटा फौजले ठूलो मात्रामा हातहतियार र मोर्टारसहित आएर काङगाम्बा सहरमाथि हमला ग¥यो । त्यो सहरको सुरक्षा ८१८ जना लडाकू रहेको एफएपीएलएको बत्तीसौं हलुका हातहतियार सहितको ब्रिगेडले गरेको थियो । त्यसमा ९२ जना क्युवाली सल्लाहकारहरू पनि थिए । युनिटाले त्यहाँ झन्डै तीन हजारको फौज परिचालन गरेको थियो । उनीहरूलाई दक्षिण अफ्रिकी सैनिक सल्लाहकार र विशेष फौजले मद्दत गरेको थियो । उनीहरूले पूरै सहरमा घेरा हालेका थिए ।
काङगाम्बाको अवस्था एफएपीएलए र हाम्रो लागि निकै जटिल थियो । त्यो ठाउँ पुग्न निकै कठिन थियो । आकाशबाट हमला र थप सैनिक बल प्राप्त हुन सक्ने सबभन्दा नजिकको नगर मेनोनग्युबाट त्यो ठाउँ २५० किलोमिटर टाढा पथ्र्यो ।
त्यही दिन अगस्ट २ मा सबैले पोलो भनी चिनिएका जनरल लियोपोल्दो सिन्ट्रा फ्राएस क्युवाबाट अङ्गोला फर्केका थिए । म उनीसँगै थिएँ । पहिला दक्षिण अङ्गोलामा हाम्रो फौजका प्रमुख पोलो त्यो बेला क्युवाली सैनिक मिसनका नयाँ प्रमुख थिए ।
अङ्गोलामा नेतृत्वमा केही हेरफेरबारे सल्लाह गर्न हामी हवाना गएका थियौँ । पोलोले अङ्गोलाको मध्य भाग ह्वाम्बोमा कमाण्ड चौकी स्थापना गर्ने प्रस्ताव गरेका थिए । लडाइँ भइरहेका क्षेत्रको नजिक बस्न आफू अन्य अधिकारीहरूसहित त्यहाँ बस्ने उनको प्रस्ताव थियो । त्यसो गर्दा एफएपीएलएको मुख्यालय भएको राजधानी ल्वान्डामा क्युवालीहरूको सानो काम गर्ने टोलीमात्र बस्ने थियो ।
यो प्रस्तावमा फिडेल असहमत भए । पोलोको लागि महत्वपूर्ण काम भनेको एफएपीएलएका नेताहरूसँग काँधमा काँध मिलाएर बस्नु हो, अलग बस्ने होइन भनी फिडेलले उनलाई सम्झाउनुभयो । हामीले सबै समस्याको समाधान अङ्गोलियालीहरूसँग मिलेर गर्नुपर्छ, ल्वान्डामा सोभियत सल्लाहकारहरूलाई मात्र यो काम छोड्न दिन नहुने उहाँको भनाइ थियो । फिडेल सही हुनुहुन्थ्यो ।
हामी ल्वान्डा विमानस्थलमा पुग्दा ‘ओपिरासिओन ओलिभो’ का कमान्डर जनरल इनरिक लुस्सोन र मिसनका प्रमुख कर्मचारी जनरल एमेल्स इस्कालान्टेले काङगाम्बाको अवस्थाबारे पोलोलाई जानकारी दिए । पोलोले तत्काल त्यहाँ हेलिकप्टरबाट केही सय लडाकू थप परिचालन गर्न निर्देशन दिए ।
हातहतियार सहित दुई दस्ता लडाकू–एउटा ह्वाम्बोबाट र अर्को मेनोनग्युबाट काङगाम्बामा पठाइयो । उनीहरूले युनिटा फौजले नियन्त्रणमा लिएको भूभाग छिचोल्नुपर्ने र बाटोमा बिछ्याइएका विस्फोटक छल्दै जानुपर्ने भएकोले त्यो निकै लामो तर धिमा गतिको हिँडाइ थियो । काङगाम्बामा एकपछि अर्को हमला ग¥यो । उनीहरूले सहरका केही भागमा कब्जा जमाइसकेका थिए ।
लडाइँ एक साता चल्यो । एफएपीएलए र क्युवालीहरू घेराबन्दीमा परे । उनीहरूसँग हातहतियार र रसदपानी सकिँदै थियो । खुम्चिँदा खुम्चिँदै उनीहरू एउटा फुटबल मैदान जतिको परिधिमा सीमित भएका थिए । पानीका स्रोत भएका सबै ठाउँमा युनिटाले कब्जा जमाइसकेको थियो ।
मेनोनग्युबाट हामीले आकाशबाट हमला गर्न केही विमान परिचालन ग¥यौँ । हामीले लगातार विमानबाट हमला जारी राख्यौँ । एउटा विमान फर्किन नपाउँदै अर्को विमान त्यहाँ पुगिसक्थ्यो । हाम्रा विमानचालकहरूले सयौँ पटक विमान उडाए ।
हाम्रो फौजलाई युनिटाको फौजबाट अलग राखेका केही साना घर टहरामाथि हामीले आगो लगायौँ । तर, हाम्रा विमानचालकहरूलाई शत्रुमाथि नै बम हान्न निकै कठिन भयो किनभने हाम्रा मान्छेहरू पनि शत्रुको निकै नजिकै थिए ।
मैले भनिसकेको छु, लडाइँ अवधिभर क्युवाली लडाकूहरूले हामीले मानिसको जीवनलाई कति सम्मान गर्छौँ भन्ने कुराको सबभन्दा उत्तम उदाहरण प्रस्तुत गरेका थियौँ । हामीले गरेका प्रगतिको एउटा उदाहरण काङगाम्बामा हेर्न सक्छौँ । वर्षौँ वर्ष हामीसँग मिलेर काम गरेको परिणामस्वरूप एफएपीएलएका लडाकूहरू रणभूमिमा मारिएका आफ्नै साथीका लास फिर्ता ल्याएर पुर्ने काम गरे । त्यस्तो काम हामी क्युवाली लडाकूहरू गथ्र्यौँ । तर, अङ्गोला र समग्र अफ्रिकामा लडाइँमा यस्तो अभ्यास हुन्थेन । सिपाहीहरूले लास त्यत्तिकै रणमैदानमा छोड्थे र सिकारी पक्षीहरूले ती लास लुछ्थे । यसले पनि हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेको देखाउँछ ।
काङगाम्बाको लडाइँको एक चरणमा हाम्रा विमानहरूले आफूसँग भएका सबै सी–५ मिसाइल प्रयोग गरे । हामीले सोभियत अधिकारीहरूसँग ती हतियार दिन आग्रह ग¥यौँ । तर, उनीहरू आलटाल गरिरहेका थिए । हाम्रा नेताहरूले क्युवामा भएको जगेडा हातहतियार निकाल्ने र अङ्गोलामा पठाउने निर्णय गरे । क्युवाबाट पानीजहाजमा हातहतियार पठाउन निकै टाढा पर्ने भएकोले फिडेलले आइएल–६२ विमानका सबै सिट निकालेर यात्रुवाहक विमानलाई मालबाहक बनाउन निर्देशन दिनुभयो । त्यसो गर्दा सी–५ मिसाइल ल्वान्डा चाँडै पुग्थ्यो । युद्धकविमान अवतरण स्थलमा पुगे । उनीहरूले मिसाइल बोकेका थिए । त्यहाँबाट मिसाइल बोकेर विमान मेनोनग्यु पुगे । त्यहाँबाट मिसाइल हाम्रा लडाकू विमानहरूले प्रयोग गर्न सक्ने थिए ।
हाम्रा गठ्ठाघर रित्तिँदै थिए । त्यसकारण, सिपाहीहरूले आफूसँग भएका अन्तिम अस्त्र प्रयोग गर्दै थिए । शत्रुलाई अघि बढ्नबाट रोक्न अग्नी उत्सर्जक बमका साथै अन्य सामान्य खालका हातहतियार प्रयोग गर्न थालेका थिए । त्यो वास्तवमै रक्तपातपूर्ण र कठिन लडाइँ थियो । काङगाम्बामा हाम्रो फौज पोलोले घेरा तोड्न भनी गरेको निर्णयअनुसार तोकिएको बिन्दुमा पुग्न व्यग्र थिए ।
फिडेलले लडाइँलाई नजिकबाट नियालिरहनुभएको थियो । उहाँले दैनिकरूपमा पोलोसँग संवाद र सम्पर्कमा हुनुहुन्थ्यो । पोलोले जब आफूले त्यस्तो निर्देशन दिएको जानकारी दिए, फिडेलले त्यो ठूलो गल्ती भएको बताउनुभयो । किनभने वरपरका भीरमा पनि युनिटाकै डाँकाहरूकै जगजगी थियो ।

काङगाम्बा लडाइँमा युनिटाको घेरामा परेका क्युवाली र अगोलियालीहरूको उद्वारको लागि
परिचालित क्युवाली हेलिकप्टर ।
‘जुनसुकै मूल्यमा पनि’
फिडेलले काङगाम्बामा लडिरहेका क्युवाली र एफएपीएलएको ३२ औँ ब्रिगेडलाई यस्तो सन्देश पठाउनुभएको थियो । उहाँले उनीहरूलाई क्रान्तिको नेतृत्वले कहिल्यै पनि साथ नछोड्ने बताउनुभयो । दुई वटा सशस्त्र दस्ता उनीहरूलाई साथ सहयोग दिन जाँदै थिए । थप सेना नपुग्दासम्म उनीहरूले प्रतिरोधलाई जुनसुकै मूल्यलाई पनि ठाम्नुपथ्र्यो ।
फिडेलले भन्नुभयो, “मलाई तपाईँहरूको साहस अदम्य भएकोमा पूर्ण विश्वास छ । हामी तपाईँहरूलाई जस्तोसुकै मूल्यमा पनि उद्धार गर्नेछौँ ।”
कोपेल : सिपाहीहरूमा फिडेलको सन्देशको प्रभाव कस्तो प¥यो ?
भिल्लेगस : निकै ठूलो प्रभाव प¥यो । लडाकूहरूको साहस फिडेलको त्यो सन्देशले निकै धेरै बढायो । उनीहरूसँग रसद पानी वा थप सेना बिना नै एक साताभन्दा लामो समयसम्म प्रतिरोधलाई जारी राखे । त्यो साहसिक घटना थियो ।
पछि हाम्रा विमानचालकहरूले गरेको बम हमलाले युनिटालाई ठूलो क्षति पारिसकेको थियो । अन्ततः अगस्ट ९ मा उनीहरू पछाडि हट्न बाध्य भए । हाम्रा दुई वटा सशस्त्र दस्ता बाटोमा आएका अनेकन अवरोधका कारण अझै तोकिएको गन्तव्यमा पुग्न सकेका थिएनन् । युनिटा फौज फर्केपछि ती दुवै दस्ता एउटा लुइना र अर्को मेनोनग्युमा फर्के । लडाइँमा अठार जना क्युवाली र ६० जना एफएपीएलएका लडाकूहरूले ज्यान गुमाए । युनिटा फौजतर्फ सयौँ जना लडाकू मारिए ।
मारिएका क्युवालीहरूमध्ये एकजना विमानचालक तथा पूर्व लडाकू मेजर पोलिकार्पो अल्भारेज पिलेटा थिए । एकपटक मेनोनग्युबाट आएको दस्ता कहाँ पुगेको छ, पत्ता लगाउन सकेनौँ । उनीहरूको खोजी गर्न पोलोले दुई वटा हेलिकप्टर परिचालन गरे । हेलिकप्टर लिएर उनीहरूलाई खोज्ने जानेमा म र पोलिकार्पो थिए ।
जङ्गलमा हामीले बाटो नदेखेपछि हाम्रो हेलिकप्टर खोजीको निम्ति अलि तल गएर उड्यो । पोलिकार्पोले त्यहाँ केही ट्रक देखे र उनीहरू युनिटाका फौज भएको बताए ।
हामीलाई हराएका क्युवाली खोज्न परिचालन गरिएको थियो । त्यसकारण, मैले त्यत्तिबेला युनिटाका लडाकूलाई केही नगर्न भनेको थिएँ । त्यसमाथि हाम्रो विमानमा रकेट पनि थिएन । हामीले आफ्नो सुरक्षा गर्न सक्दैनथ्यौँ ।
“म यहाँ युनिटाबाट भाग्न आएको होइन । म यहाँ उनीहरूसँग लड्न आएको हुँ”, पोलिकार्पोले भने ।
हामीले एउटा हेलिकप्टर तलबाट उड्ने र अर्को माथि बस्ने निधो ग¥यौँ । शत्रुले हामीमाथि गोली वर्षाउन थाल्यो । जवाफमा पोलिकार्पोले पनि गोलाबारी गरे । उनीहरूले विमानलाई हान्ने गोली हानेका थिए । पोलिकार्पोलाई गोली लाग्यो । हामीले उनलाई मेनोनग्यु लग्यौँ । तर, उनको ज्यान रक्षा गर्न सकेनौँ । मैले हवाई सहायता मागेँ र दुई वटा एमआइजी–२ आइएसले युनिटाको शिविर ध्वस्त बनायौँ ।
अगस्ट ११ मा युनिटा पछाडि हट्यो । फिडेलले हामीलाई त्यही दिन काङगाम्बा छोड्न निर्देशन दिनुभयो । युनिटाको पराजयको बदला दक्षिण अफ्रिकी विमानहरूले लिनेमा उनी विश्वस्त थिए ।
पोलोले अङ्गोलाका राष्ट्रपति जोसे दोस सान्तोस र एफएपीएलए कमाण्ड पछाडि हट्नुपर्ने प्रस्ताव गरे । तर, सोभियत मिसनका प्रमुख जनरल कोन्स्टाटिन कुरोच्किनले ठीक उल्टो प्रस्ताव राखे । उनले बैठकमा विजयको लाभ उठाउन एफएपीएलए सेना काङगाम्बाबाट दक्षिणपश्चिमतिर लम्किनुपर्ने प्रस्ताव गरे । अङ्गोलियालीहरू त्यहीँ बस्ने निधो गरे ।
फिडेलले अङ्गोलियालीहरूका निर्णयबारे थाहा पाएपछि तत्काल पोलोलाई आकस्मिक खबर पठाएर उनीहरूलाई सम्झाउन निर्देशन दिनुभयो । काङगाम्बामै सेना राख्नु गम्भीर गल्ती हुने कुरा अङ्गोला सरकारलाई सम्झाउन उहाँले पोलोलाई पठाउनुभएको खबरमा उल्लेख थियो । तत्कालै त्यहाँबाट सबै जना अन्यत्र गइहाल्नुपर्ने उहाँको सल्लाह थियो । “हामी विजय फेरि पनि पराजित भएको हेर्न चाहँदैनौँ”, फिडेलले भन्नुभयो ।
हामी त्यहाँबाट फर्केपछि घटनाक्रम फिडेलले पूर्वानुमान गर्नुभएजस्तै अघि बढ्यो । दुई दिनपछि दक्षिण अफ्रिकी हवाई सेना आए र बमबारी गरेर काङगाम्बालाई ध्वस्त बनाए । एफएपीएलए पछि हट्यो । तर, धेरै मानिस घाइते भइसकेका थिए । युनिटाले बाँकी रहेको सहरमाथि कब्जा जमाए ।
काङगाम्बाका क्युवाली र अङ्गोलियालीहरूलाई सन्देश
–फिडेल क्यास्ट्रो कमान्डर इन चिफ (सन् १९८३ अगस्ट ७)
काङगाम्बामा आफूभन्दा सैनिक क्षमता र सङ्ख्या दुवै आधारमा बलियो दक्षिण अफ्रिकी कठपुतली सेनासँग तपाईँहरूले गरिरहनुभएको प्रतिरोधको हामी प्रत्येक घण्टा खबर लिइरहेका छौँ । तपाईँहरूलाई मद्दत गर्न हामीले सम्भव सबै उपाय प्रयोग गरिरहेका छौँ ।
हेलिकप्टरबाट आएका क्युवाली थप सेनाले त्यो लडाइँ जित्ने हाम्रो कटिबद्धतालाई अझ बलियो बनाएको छ । शक्तिशाली सशस्त्र दस्ताहरू अहिले तेज गतिमा काङगाम्बातिर अघि लम्किरहेका छन् ।
अब सबै कुरा ती फौज आफ्नो गन्तव्यसम्म पुग्दासम्म तपाईँहरूको प्रतिरोध गर्ने क्षमतामा निर्भर रहनेछ ।
धैर्यतापूर्वक र आत्मविश्वासका साथ तपाईँहरूले शत्रुका हमलाको प्रतिकार गर्न सक्नुहुनेछ । हामीले हातहतियारको फारो गर्नुपर्छ । निशाना सही ढङ्गले लगाउनुपर्छ । रसद पानी कम हुँदै गएको अवस्थामा भोक र प्यास पनि सहनुपर्ने हुन्छ ।
कब्जा हुनबाट तपाईँहरूलाई जोगाउन सबै उपायको प्रयोग गरिनेछ । तीन–चार दिनमा हाम्रो फौज त्यहाँ आइपुग्नेछ । तर, कदाचित अवरोधले उनीहरूलाई छेके तपाईँहरूले प्रतिरोधलाई जारी राख्नुपर्छ किनभने हामी जुनसुकै मूल्यमा पनि त्यहाँ पुग्नेछौँ ।
अफ्रिकाको स्वतन्त्रता र आत्मसम्मानको निम्ति अङ्गोलियाली र क्युवालीहरूले बगाएको रगत खेर नगएको कुरा हामीले काङगाम्बामा देखाउनुपरेको छ । तपाईँहरूको अदम्य साहसप्रति मलाई पूर्ण विश्वास छ । जुनसुकै मूल्यमा पनि हामी तपाईँहरूलाई उद्धार गर्नेछौँ ।
Leave a Reply