भर्खरै :

अमेरिका, बेलायत र अस्ट्रेलियाको ‘आणविक षड्यन्त्र’ सफल नहुने

पेइचिङ, ४ अक्टोबर (सीआरआई) । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको सम्मेलनमा अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको आणविक पनडुब्बी सहकार्य समस्याबारे चलाइएको बहस चर्को देखिएको छ । हाल सम्पन्न भएको अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको ६६ औँ महासभाको अवस्थाबारे चर्चा गर्दै चिनियाँ प्रतिनिधिले उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार, अमेरिका, बेलायत र अस्ट्रेलियाले आणविक पनडुब्बी सहकार्यलाई वैधानिक बनाउन खोजेको संशोधित मस्यौदालाई अस्वीकार गरेका छन् । त्यो कुरा अमेरिका, बेलायत र अस्ट्रेलियाको ‘आणविक षड्यन्त्र’ सफल नहुने प्रतीक पनि हो ।
गत वर्षको सेप्टेम्बरदेखि यता अमेरिका, बेलायत र अस्ट्रेलियाले सँगै मिलेर आणविक पनडुब्बी सहकार्य चलाउने घोषणा गरेकाले विश्वको संवेदनशीलतालाई उत्तेजित पारेको छ । तर, ती ३ वटा मुलुकले जुनसुकै तरिका र साधनको प्रयोग गरे तापनि विफल हुने नतिजा भोग्नुपर्छ । किनकि, उनीहरूको षड्यन्त्र अन्तर्राष्ट्रिय ऐन कानुन र परिपाटीविपरीत भएकाले मानिसको स्वीकार र मनलाई जित्न सक्दैन ।
मानव जाति एउटा अविच्छिन्न सुरक्षित समुदाय नै हो । आणविक अस्त्ररहित विश्वको स्थापना गर्ने, सँगै मिलेर शान्ति र सुरक्षाको संरक्षण गर्ने भन्ने विभिन्न मुलुकको साझा अभिलाषा नै हो । त्यो अमेरिका, बेलायत र अस्ट्रेलियाको ‘आणविक षड्यन्त्र’ सफल नहुने मूलभूत कारण पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *